जसले बनाएको छालाको ज्याकेट राजा वीरेन्द्रले मन पराएका थिए
कुनै समय थियो, नेपालमा छालाको जुत्ता उत्पादन गर्न 'बाँसबारी छालाजुत्ता कारखाना' बाहेक अन्य उद्योग थिएनन्। बजारमा छालाको सामान भन्नु विदेशबाट आयातित मात्र हुन्थ्यो।
छालाका उत्पादनमा विभिन्न प्रकारका झोला, ज्याकेट, पेटीलगायत सामग्री हुन्छन्। कपडाको तुलनामा छालाको उत्पादन महँगो पर्छ।
त्यो बेला बाँसबारी कारखानाले भने जुत्ता मात्र उत्पादन गर्थ्यो। छालाको सामानका पारखीहरू आयातितमा भर पर्नु पर्थ्यो।
२०३६ सालतिर भक्तपुरका वीरमणि बज्राचार्य काठमाडौंको न्युरोडमा साझेदारीमा 'ह्युमनफिट टेलर' नाममा टेलरिङ व्यवसाय चलाउँथे। छालाको ज्याकेट मर्मतको काम गर्थे। यो टेलर अहिले जमलमा छ। ह्युमनफिट सुरू गर्नुअघि वीरमणिले करिब एक दशक सर्टिङ–सुटिङमा सिलाइको काम गरेका थिए।
ज्याकेट मर्मत काममा वीरमणिले आयातित सामानमा व्यापारीले एकाधिकार र चर्को मूल्य लिने गरेको भेउ पाए।
'नेपालमा छालाका वस...









