४ वर्षअघिको अभिव्यक्तिलाई लिएर सोविता गौतमले गरिन् पश्चाताप
२ पुस, काठमाडौं । एक पुरानो अन्तर्वार्तामा दिएको विवादित अभिव्यक्तिप्रति नवनिर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद) सोविता गौतमले पश्चाताप गरेकी छन्।
चार वर्षअघि दिएको अन्तर्वार्तामा बलात्कारको घटनाबारे असंवेदनशील टिप्पणी गरेकी थिइन् । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएपछि गौतमले थुप्रै प्रश्नको सामना गर्नु परेको छ ।
अधिकारकर्मी र आम नागरिक तहबाटै चर्को विरोध भएपछि गौतमले उक्त अन्तर्वार्ताबारे ट्वीटरमा स्पष्टीकरण दिंदै लेखेकी छन्, ‘यहाँहरूको प्रश्नले मलाई थप संवेदनशील हुन घच्घच्याएको छ । अभिव्यक्तिको आशयभन्दा अन्यथा अर्थ लागेर प्रभावितमाथि पर्न गएको आघातप्रति मलाई खेद छ ।’
गौतमले अन्तर्वार्तामा ‘बलात्कार सामान्य हो । यसले महिलाको शरीलाई कुनै हानी नोक्सानी हुँदैन’ भन्नेवाक्य प्रयोग गरेकी थिइन् । त्यसका साथै बलात्कारको विषयमा महिलाहरू धेरै भावुक भएको र केह...









