२०८१ जेष्ठ ४

Tag: SYM NETWORK

लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय ट्राभल मार्ट सुरु

लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय ट्राभल मार्ट सुरु

देश, समाचार
बुुद्धजन्मस्थल लुम्बिनी भ्रमणको निम्तोसहित लुम्बिनीमा आजदेखि दोस्रो अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२३ सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना, नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल (नाट्टा)को संयोजनमा लुम्बिनीमा तीनदिने सो मार्ट सुरु भएको हो । लुम्बिनीस्थित मायादेवी मन्दिरमा आज बिहान दीप प्रज्ज्वलन र ध्यान गरेपछि शुुभारम्भ भएको मार्टको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षुु मैत्तय (अवधेशकुमार त्रिपाठी)ले उद्घाटन गर्नुभयो । त्यस अवसरमा उपाध्यक्ष भिक्षुु मैत्तयले बुुद्धले महापरिनिर्वाण हुुनअघि जीवनमा एकपटक भए पनि बुुद्धजन्मस्थल लुम्बिनी पुुग्दा पुण्य प्राप्त हुने शिक्षा दिएको प्रसङ्ग उल्लेख गर्दै विश्वभरका बौद्धमार्गीहरूले लुुम्बिनीबाटै यात्रा थालनी गर्नुपर्नेमा जोड दिनुभयो । बुद्धकालीन अवस्थाबाटै भ्रमण यात्रा सुरु भएको...
कडीपत्ता बेचेर जीवन निर्वाह

कडीपत्ता बेचेर जीवन निर्वाह

उद्यमशीलता
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाका रङ्गे बुढा ७३ वर्ष हुनुभयो । उहाँ डेढ दशकअघि डडेल्धुराबाट बसाइँ सरी खल्ला झर्नुभएको थियो । जङ्गलमा पाइने कडीपत्ता बिक्री गरेर बुढाले जीविकोपार्जन गर्दै आइरहनुभएको छ । “छोराहरू स्वदेशमा काम नपाएर विदेश गएका छन्, घरमा म एक्लै छु”, उहाँले भन्नुभयो, “खल्लामा बस्न थालेपछि यहाँको वनमा पाइने कडीपत्ता बेचेर जीवन निर्वाह गरिरहेको छु ।” टुँडिखेलका लोकबहादुर थापाले पनि यसलाई आम्दानीको स्रोत बनाउनुभएको छ । बस्ती नजिकैको वनबाट सङ्कलन गरेर भारतमा बिक्री गर्ने उहाँले यसबाट मनग्य आम्दानी गर्नहुन्छ । “पत्ता सङ्कलन गरेर भारतमा बिक्री गर्छौँ, यो काम गर्न थालेको धेरै भयो”, उहाँले भन्नुभयो, “उब्जाउ हुने जमिन छैन, खेतीपाती हँुदैन, यसैबाट रासनको जोहो गर्नुपर्छ ।” चुरे भेगमा पर्ने भीमदत्त नगरपालिका–९ को खल्ला, मुसेट्टी र टुँडिखेलका स्थानीयको आम्दानीको स...
‘सामुदायिक वनका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ ’

‘सामुदायिक वनका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ ’

देश
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामुदायिक वन उपभोक्ताको प्रयासले प्रदेशमा वन क्षेत्र विस्तार भएको बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल कोशी प्रदेशको दोस्रो अधिवेशनको आज शुभारम्भ गर्दै उहाँले वन क्षेत्र ४४ प्रतिशत विस्तार हुनुमा उपभोक्ताको योगदान उल्लेखनीय रहेको बताउनुभयो । मुख्यमन्त्री कार्कीले वन क्षेत्र विस्तारले सकारात्मक एवं नकारात्मक दुवै असर पारेको चर्चा गर्दै मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई न्यूनीकरण गर्नुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले सामुदायिक वनको माध्मबाट मुलुकमा रोजगारी सिर्जना, राजस्व वृद्धि, उत्पादकत्व वृद्धि, पर्यटन क्षेत्रमा योगदान, वन पैदावरको विकास भएको बताउनुभयो ।साझा सभ्यताको स्रोत एवं सबै समुदालाई जोड्ने भएकाले प्रदेशको नाम रुपमा ‘कोशी’ राखिएको जानकारी दिँदै उहाँले प्रदेशसभामा प्रतिनिधित्व गर्ने ९२ प्रतिशतको मतदान, ...
मुकेशलाई शहीद घोषणा गरिन्छ :मन्त्री मोदी

मुकेशलाई शहीद घोषणा गरिन्छ :मन्त्री मोदी

देश, समाचार
सङ्घीय मामला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जनआन्दोलनका घाइते मुकेश कायस्थलाई शहीद घोषणा गरिने बताउनुभयो । बुधबार साँझ निधन हुनुभएका दोस्रो जनआन्दोलनका घाइते बनेपा नगरपालिका–८ का मुकेशको श्रद्धाञ्जली सभालाई आज सम्बोधन गर्दै उहाँले मुकेशलाई शहीद घोषणा गर्नेमा शङ्का नगर्न आग्रह गर्नुभएको हो ।“ मुकेशलाई शहीद घोषणा गर्नेमा शङ्का नगर्नुस् । उहाँको निधनले राष्ट्र आज शोकाकुल छ”, मन्त्री मोदीले भन्नुभयो । लोकतन्त्र प्राप्तिमा मुकेशले पु¥याउनुभएको योगदानप्रति काभ्रेली नागरिकले गौरव मान्नुपर्ने बताउँदै उहाँले शोकलाई शक्तिमा बदल्न कायस्थ परिवारजनलाई आग्रह गर्नुभयो । मन्त्री मोदीले भन्नुभयो “इतिहासमा ‘जिउँदो शहीद’ निकै कम हुने गर्छन्, मुकेश त्यसमध्ये एक हुनुहुन्थ्यो । उहाँले १८ वर्षसम्म शय्याबाटै मृत्युसँग जुधिरहनुभयो ।” सामान्यभन्दा विशेष नागरिकको मृत्यु ‘विशेष’नै हुनेगरेको...
‘मोहरेडाँडा’मा पर्यटक आकर्षण बढ्दो

‘मोहरेडाँडा’मा पर्यटक आकर्षण बढ्दो

SYM शुद्ध सकारात्मकता
घना जङ्गलको शीरमा रहेको धुरीबाट दन्तेलहरजस्तै हिमाल देखिन्छन् । समुद्र सतहदेखि तीन हजार तीन सय १३ मिटर उचाइमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ ‘मोहरेडाँडा’ बाट देखिने हिमशृङ्खलाको यो दृष्यले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । दर्जन बढी हिमाललाई एउटै प्राकृतिक भ्यू प्वाइन्टबाट अवलोकन गर्न सकिने भएकाले पछिल्लो समय मोहरेडाँडाको अवलोकनका लागि जाने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । वरिपरि गुराँसे जङ्गल भएकाले चैत–वैशाखको यो सिजनमा मोहरेडाँडा क्षेत्र रङ्गीविरङ्गी गुराँसका फूलले चिटिक्क सजिएको छ । अभियान्ता डाक्टर महाविर पुनको अगुवाइमा सन् २०११ देखि सञ्चालनमा रहेको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेटिएको मोहरेडाँडामा आन्तरिकसँगै बाह्य पर्यटकको समेत आकर्षण बढेको मोहरेडाँडामा सञ्चालित सामुदायिक लजका व्यवस्थापकन विनपुनले बताउनुभयो । “यहाँ आउने पर्यटक लोभिएर फर्कने ...
कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भासीका विजयराज पन्त आठ वर्षदेखि श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्दै आउनुभएको छ । उहाँ श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्ने सुदूरपश्चिमकै पहिलो व्यक्ति हुनुहुन्छ । विसं २०५० यता झण्डै दुई दशकसम्म विभिन्न गैरसरकारी संस्थामा काम गर्नुभएका पन्त अहिले सबै काम छाडेर श्रीखण्ड, रक्तचन्दन र अगरउडको बिरुवा उत्पादनमा सक्रिय हुनुहुन्छ । “कृषिमा आधारित कुनै नयाँ व्यवसाय गर्ने सोचअनुसार अघि बढ्दै जाँदा यसमा राम्रो हुने देखँे”, उहाँले भन्नुभयो । पन्तले २०७२ सालमा नेपाल चन्दन प्रालि फार्म खोल्नुभयो । वन विभागको अनुमति लिनुभएका पन्तले भन्नुभयो, “रक्तचन्दनको खेतीबारे यहाँका किसान जानकार छैनन ।” काठमाडाँैमा छँदा विभिन्न बालीका विषयमा अनुसन्धानसमेत गर्नुभएका पन्तले सन् २०१६ मा दक्षिण भारतबाट तालिमसमेत लिनुभयो । हाल उहाँले झण्डै डेढ बिघा जग्गामा ...
भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

देश, समाचार
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन तथा सुशासन कायम गर्न भ्रष्टाचारको नियन्त्रणलाई सरकारले मूल प्राथमिकतामा राखेको बताउनुभएको छ । आज गृह मन्त्रालयमा नेपाली कांग्रेसका नेताहरूसँगको भेटघाटका क्रममा उहाँले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता राखेर काम गरेको र यस कार्यमा संलग्नहरुलाई पूर्वाग्रह नराखी काम गर्ने बताउनुभयो । नक्कली शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगीमा संलग्न भएका जो कोहीलाई कारबाही हुने उहाँले स्पष्ट पार्नुभयो । गृहमन्त्रीसँगको भेटमा कांग्रेस नेताहरूले भ्रष्टाचारविरुद्ध उहाँले चालेको कदमको प्रशंसा गर्नुभएको थियो । नक्कली शरणार्थीसम्बन्धी यो पछिल्लो अनियमितताको अझै अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याएर तार्किक निष्कर्षमा पु¥याउनसमेत नेताहरूले अनुरोध गर्नुभएको थियो । ...
सामान्य अङ्कले घट्यो नेप्से : सबै आशावादी

सामान्य अङ्कले घट्यो नेप्से : सबै आशावादी

शेयर बजार
शेयर बजारमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव ४३ अङ्कले घटेर एक हजार आठ सय ४१ दशमलव ९३ अङ्कमा कायम भएको हो । आज दुई सय ६५ वटा कम्पनीको १९ लाख ४२ हजार छ सय २६ कित्ता शेयर रकम रू ५८ करोड ९१ लाखमा कारोबार भएको छ । विभिन्न समूहको उपसूचक हेर्दा आज निर्जीवन बीमा समूह ३० दशमलव ८३ अङ्क र उत्पादन तथा प्रशोधन समूह २६ दशमलव ०३ अङ्कले बढेको छ । त्यस्तै, वित्त समूह तीन दशमलव २६ र जलविद्युत् समूह दुई दशमलव १२ अङ्कले बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहमा १४ दशमलव ३९ अङ्कको गिरावट देखिएको छ । बैंकिङ समूह दुई दशमलव ६३, विकास बैंक समूह आठ दशमलव ९०, लगानी समूह शून्य दशमलव २३ र जीवन बीमा समूह नौ दशमलव २० अंकले घटेको छ । त्यस्तै, म्युचुअल फन्ड शून्य दशमलव ०६, व्यापार समूह चार दशमलव ७४ र अन्य समूह १० दशमलव ७८ अङ्कले घटेको छ । ह...
पढाइसँगै करेसाबारी स्याहार्दै विद्यार्थी

पढाइसँगै करेसाबारी स्याहार्दै विद्यार्थी

SYM शुद्ध सकारात्मकता, शिक्षा
कैलालीको जानकी गाउँपालिकामा विद्यार्थी पढाइसँगै करेसाबारीमा व्यस्त रहने गरेका छन् । जानकी–२ स्थित जय पार्वती आधारभूत विद्यालयमा ‘विद्यालय करेसाबारी कार्यक्रम’अन्तर्गत उनीहरुले खेतीसमेत गरेका छन् । विद्यार्थीले पाँच कठ्ठा जमिनमा तरकारी खेती गरेका छन् । विद्यालयको हाताभित्र गरिएको तरकारी खेतीबाट विद्यार्थीमा कृषिप्रति उत्प्रेरणा दिँदै आधुनिक कृषि कर्म गर्ने अभिभावकलाई फाइदा पुग्ने लक्ष्य गाउँपालिकाले लिएको छ । तरकारी खेतीमा काम गर्ने किसान नभई विद्यालयमा अध्ययनरत आधारभूत तहका विद्यार्थी छन् । विद्यालय तहबाटै कृषितर्फ विद्यार्थीको उत्प्रेरणा जगाउन गाउँपालिकाले नमूनाका रूपमा केही विद्यालयमा ‘विद्यालय करेसाबारी कार्यक्रम’ लागू गरेको हो । सोही कार्यक्रमअन्तर्गत विद्यालय करेसाबारी कार्यक्रमबाट आफूहरूले कृषिसम्बन्धी सैद्धान्तिक र व्यवहारिक सिकाइ गर्न पाएको विद्यार्थी बताउँछन् । वि...
मगर भाषा पढाउँदै निसीखोला गाउँपालिका

मगर भाषा पढाउँदै निसीखोला गाउँपालिका

देश, समाचार
Representative Image आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको बागलुङको निसीखोला गाउँपालिकाले मगर भाषामा पाठ्यपुस्तक तयार गरेको छ । गाउँपालिकाले मगर भाषामा पाठ्ययुस्तक तयार गरी यही शैक्षिकसत्रबाट लागू गर्ने तयारी गरेको हो । स्थानीय पाठ्यक्रम निर्माण निर्देशिकाअन्तर्गत रहेर निसीखोला गाउँपालिकाले कक्षा १ मा मगर भाषा समेटिएको पाठ्यपुस्तक पढाउने तयारी थालेको हो । जनजातिहरूको बाहुल्यता रहेको निसीखोला गाउँपालिकामा मगर (खाम) भाषा समेटिएको पाठ्यपुस्तक छपाइको तयारीमा रहेको जनाएको छ । आदिमकालदेखि बोलीचालीमा प्रयोग गर्दै आएको भाषा, संस्कृतिको जगेर्ना गर्नका लागि गाउँपालिकाले विद्यार्थीलाई मगर भाषा सिकाउन थालिएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले जानकारी दिनुभयो । पुस्तान्तरणको अभाव तथा पश्चिमा भाषा संस्कृतिको प्रभावका कारण मगर भाषा लोप हुने खतरा देखिएकाले मगर भाषा संरक्षणका लागि पा...