२०८३ कार्तिक ३०

लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय ट्राभल मार्ट सुरु




बुुद्धजन्मस्थल लुम्बिनी भ्रमणको निम्तोसहित लुम्बिनीमा आजदेखि दोस्रो अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२३ सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना, नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल (नाट्टा)को संयोजनमा लुम्बिनीमा तीनदिने सो मार्ट सुरु भएको हो ।


Advertisement


लुम्बिनीस्थित मायादेवी मन्दिरमा आज बिहान दीप प्रज्ज्वलन र ध्यान गरेपछि शुुभारम्भ भएको मार्टको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षुु मैत्तय (अवधेशकुमार त्रिपाठी)ले उद्घाटन गर्नुभयो । त्यस अवसरमा उपाध्यक्ष भिक्षुु मैत्तयले बुुद्धले महापरिनिर्वाण हुुनअघि जीवनमा एकपटक भए पनि बुुद्धजन्मस्थल लुम्बिनी पुुग्दा पुण्य प्राप्त हुने शिक्षा दिएको प्रसङ्ग उल्लेख गर्दै विश्वभरका बौद्धमार्गीहरूले लुुम्बिनीबाटै यात्रा थालनी गर्नुपर्नेमा जोड दिनुभयो ।

बुद्धकालीन अवस्थाबाटै भ्रमण यात्रा सुरु भएको उल्लेख गर्नुहँुदै उपाध्यक्ष भिक्षुु मैत्तयले बुुद्धजन्मस्थल लुम्बिनीबाट भ्रमण तालिका बनाउन आग्रह गर्नुभयो । उहाँले लुम्बिनी प्रेरणा, शान्ति र सद्भावका लागि भ्रमण गर्नुपर्ने महत्वपूर्ण स्थल भएको बताउनुभयो ।



कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले कोभिडका कारण सुुस्ताएको पर्यटन क्षेत्रलाई बुद्धजन्मस्थल लुम्बिनीबाट चलायमान बनाउन बुुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्टको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव धनबहादुर वली, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा धनञ्जय रेग्मी, होटल एशोसिएशन नेपाल (हान)का अध्यक्ष विनय शाहलगायतले लुम्बिनीसहित नेपालका पर्यटकीयस्थल भ्रमणका लागि निम्तो दिनुभयो ।

पर्यटन मन्त्रालयका सचिव अधिकारीको अध्यक्षतामा बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट मूल आयोजक समिति गठन गरी कार्यक्रम गरिएको हो । मार्टमा नेपालसहित भारत, मलेसिया, चीन, कोरिया, बङ्गलादेश, म्यानमार, थाइल्याण्ड, श्रीलङ्कालगायत देशबाट २८ वटा ट्राभल÷टुर कम्पनी सहभागी भएका छन् ।

मार्टमा विदेशी ट्राभल÷टुर कम्पनी, नेपाल सरकार, नेपाल पर्यटन बोर्डका अधिकारी, नाट्टाका सदस्य, पर्यटनसम्बद्ध सङ्घसंस्थाका अध्यक्ष एवं प्रतिनिधिको सहभागिता छ । शनिबारसम्म सञ्चालन हुने मार्टमा स्वदेशी तथा विदेशी विज्ञद्वारा कार्यपत्र प्रस्तुतिसहितको सेमिनारको आयोजना गरिएको नाट्टाका अध्यक्ष रमेश थापाले जानकारी दिनुभयो । ट्राभल कम्पनीलाई लुम्बिनीलाई केन्द्रमा राखेर ‘टुर प्याकेज’ निर्माणका लागि समेत सुुझाव दिइएको छ । ट्राभल मार्टमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि वातावरण निर्माण गर्ने विषयमा सरकारी अधिकारीहरूले प्रतिबद्धता जनाएका छन् । —


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap