चौँरीपालक किसान भन्छन्, अनुदान पाए व्यावसायिक बन्छौँ
वर्षमा नौ महिना चौँरीपालनका लागि खर्कमै बिताउने गरेका सिन्धुपाल्चोकका किसानले सरकारले आफ्ना लागि कुनै कार्यक्रम नल्याएको गुनासो गरेका छन् ।
हिमाली भेगका किसानको प्रमुख आयस्रोत चौँरीपालन हो । चौँरीको दूध र छुर्पी बेचेरे नै यहाँका किसानले गुजारा चलाउँदै आएका छन् । खासगरी जिल्लाका जुगल, हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको हिमाली भेगका किसान चौँरीपालन गर्दै आएका छन् । जीविकोपार्जनका लागि अन्य स्रोत नभएपछि चौँरीपालन गर्न बाध्य भएको जुगल गाउँपालिका दिपुका म्ङिमालमू शेर्पा बताउनुहुन्छ । सरकारले कृषि क्षेत्रमा लगानी गरेको सुने पनि आफूहरूलाई अहिलेसम्म कुनै अनुदान नमिलेको उहाँले गुनासो गर्नुभयो ।
जुगल गाउँपालिका तेम्बाथानका पेरन्जी शेर्पा सरकारले चौँरीपालनका लागि उचित वातावरण सिर्जना गरे आफूहरू व्यावसायिक चौँरीपालन गर्न तयार रहेको बताउनुहुन्छ । “अहिले त जीवन निर्वाहका लागि मात्...









