गणेशमान सिंह स्मृति उद्यानको गुरुयोजना निर्माण गरिने
शङ्खरापुर नगरपालिका वडा नं ४ जहरसिंह पौवास्थित गणेशमान सिंह स्मृति उद्यानको गुरुयोजना तयार पारी नयाँस्वरुप दिइने भएको छ ।
गुरुयोजना तयार भएपछि उद्यानलाई नयाँस्वरुप दिन रु छ करोड बजेटमा बोलपत्र आह्वान गरिएको उद्यान निर्माण समितिका अध्यक्ष शङ्कर तिवारीले राससलाई जानकारी दिनुभयो । बागमती प्रदेश सरकारले उद्यान निर्माणका लागि बहुवर्षीय ठेक्का लगाएको छ । उद्यानलाई नयाँस्वरुप दिन बागमती प्रदेश सरकारका पूर्वसंस्कृति एवं पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले सहयोग गर्नुभएको जनाइएको छ ।
उद्यान निर्माणस्थलको पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र संविधानसभा सदस्य दीपकप्रसाद कुइकेल, बागमती प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा, कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँ, नगर प्रमुख रमेश नापित, पूर्वनगर प्रमुख सुवर्ण श्रेष्ठलगायत जनप्रतिनिधिले अवलोकन गरी सहयोग गर्...









