२०८२ चैत्र २

Tag: Nepal

बेथानचोकमा ‘निःशुल्क अनिवार्य शिक्षा’ कार्यक्रम लागू

बेथानचोकमा ‘निःशुल्क अनिवार्य शिक्षा’ कार्यक्रम लागू

SYM शुद्ध सकारात्मकता, शिक्षा
OLYMPUS DIGITAL CAMERA काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू गरिएको छ । विद्यालय भर्ना नभएका, अपाङ्गता भएका, अभिभावकविहीन, गरिबी वा अन्य कुनै कारण हालसम्म विद्यालय नपुगेका बालबालिकालाई विद्यालयसम्म ल्याउने नीतिअनुसार गाउँपालिकाले उक्त कार्यक्रम लागू गरेको हो । कार्यक्रमले चार वर्ष पू्रा भई १३ वर्ष ननाघेका बालबालिका समेट्ने छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख पुष्पा राईले जटिल खालको अपाङ्गताका कारण विद्यालय जान नसकेका विद्यार्थीको हकमा घरमै गएर घुम्ति शिक्षकमार्फत शिक्षा दिइने बताउनुभयो । कार्यक्रम सञ्चालनार्थ प्रारम्भिक चरणमा सूचना प्रवाह गर्ने तथा शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति तथा सामुदायिक सिकाइ केन्द्रलाई प्रभावकारी ढङ्गले परिचालन गरिनेछ । साथै सूचक बनाएर टोली खटाइने योजना बनाइएको छ । वडा स्तरमा जनप्रतिनिधि (वडा सद...
आर्थिक समृद्धि हासिल गर्न एकजुट हुनुपर्छ : अध्यक्ष नेपाल

आर्थिक समृद्धि हासिल गर्न एकजुट हुनुपर्छ : अध्यक्ष नेपाल

अर्थतन्त्र, देश
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्ने कार्यदिशामा सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने बताउनुभएको छ । फागु पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गर्दै आर्थिक समृद्धि र राजनीतिक उपलब्धिको रक्षाका लागि एकजुट हुनुपर्ने बताउनुभयो । मुलुकमा विविध जाति, समुदायका फरक–फरक पर्व र संस्कृतिले राष्ट्रलाई सांस्कृतिक रुपमा सम्पन्न बनाएको उल्लेख गरिएको उहाँले यसको संरक्षणबाट नेपाली समाजलाई एकताबद्ध गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सबै समुदायका चाडपर्वले सम्पूर्ण नेपालीबीच एकापसमा सदभाव कायम गर्ने हुँदा त्यसको महत्व र विशेषतालाई प्रवद्र्धनका लागि उहाँले जोड दिनुभयो । अध्यक्ष नेपालले जनताको सात दशक लामो सङ्घर्षले प्राप्त...
होली मौलिक विशेषतायुक्त संस्कृति : प्रदेश प्रमुख शर्मा

होली मौलिक विशेषतायुक्त संस्कृति : प्रदेश प्रमुख शर्मा

देश, विचार
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले होली पर्वले राष्ट्रिय एकता कायम राख्न भूमिका निर्वाह गर्ने बताउनुभएको छ । होलीका अवसरमा शुुभकामना व्यक्त गर्दै उहाँले भन्नुभयो, “बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक तथा विविधतायुक्त हाम्रो देशमा मनाइने यस्ता पर्वले नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न भूमिका निर्वाह गर्दछ ।” होली पर्व हाम्रो मौलिक विशेषतायुक्त संस्कृति भएकाले यसको संरक्षण तथा सम्वद्र्धन गर्नसके राष्ट्रिय गौरवको धरोहर जगेर्ना हुने उहाँले विश्वास व्यक्त, गर्नुभयो । होलीलाई खुसी र सद्भावको पर्वका रुपमा मनाउनुपर्नेमा प्रमुख शर्माको जोड छ । “फागुलाई आपसी खुसी र सद्भावको पर्वका रुपमा ग्रहण गर्दै अनुशासित ढङ्गबाट हामीले मनाउनुपर्दछ”, प्रमुख शर्माले भन्नुभयो । ...
राष्ट्रपतिको निर्वाचनका लागि आज मध्यरातिदेखि प्रचारप्रसार निषेध

राष्ट्रपतिको निर्वाचनका लागि आज मध्यरातिदेखि प्रचारप्रसार निषेध

राजनीति
निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ । आयोगे फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको हो । निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफ...
व्यवसाय प्रवर्द्धनबाट आर्थिक प्रगति गर्दै तुलकुमार

व्यवसाय प्रवर्द्धनबाट आर्थिक प्रगति गर्दै तुलकुमार

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
काठमाडौँ, २० फागुन (रासस) : प्राकृतिक सौन्दर्यले सजिएको स्थानमा खहरेबाट बग्दै गरेको मनमोहक झरना । डाँडाको बीचबाट कलकलाउँदै झरेको पानी सङ्कलित पोखरी । पोखरीमा पौडिएका माछाहरू हेर्दा जो–कोहीलाई पनि आकर्षित पार्ने दृश्य हो सिन्धुपाल्चोक मेलम्ची नगरपालिका –३, हैबुङमा स्थापना गरिएको ट्राउट भिलेज रिसोर्ट एण्ड फार्म । दुई दशक अगाडि रु ४० लाखमा सो फार्ममा व्यावसायिक माछापालन थाल्नुभएका तुलकुमार राईले अहिले व्यवसाय बढाउँदै लगानी पनि करिब रु २० करोड पु¥याउनुभएको छ । सात रोपनी क्षेत्रफलमा फैलिएको उक्त फार्मले ह्याचरीसमेत सञ्चालन गरी वार्षिक नौ लाख भुरा तथा १७ हजार किलो माछा उत्पादन गर्ने क्षमता विस्तार गरेको छ । फार्ममा माछापालनलाई कृत्रिम तथा प्राकृतिक १६ जलाशय र ह्याचरीलाई साना १४ पोखरी छन् । प्रोटिन बढी हुने यस किसिमका माछालाई आवश्यक पर्ने चारा तथा दाना बनाउने व्यवस्था फार्ममा गरिन्छ...
पोखराको नयाँ पर्यटकीय गन्तव्य बन्दै पचभैया प्राणी उद्यान केन्द्र

पोखराको नयाँ पर्यटकीय गन्तव्य बन्दै पचभैया प्राणी उद्यान केन्द्र

देश
गण्डकी, २० फागुन (रासस) : सात तालको बगैँचा सहर लेखनाथको पचभैयामा निर्मित पचभैया प्राणी उद्यान केन्द्र सर्वसाधारणका लागि खुला भएको छ । बृहत् पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रूपमा लेखनाथ क्षेत्रका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर प्राणी उद्यान केन्द्र निर्माण गरिएको हो । गण्डकी प्रदेश सरकारअन्तर्गत डिभिजन वन कार्यालय कास्कीले हेर्ने गरी स्थानीयवासी, वन उपभोक्ता समितिका प्रतिनिधि र युनाइटेड क्लबका प्रतिनिधिसहितको सहभागितामा व्यवस्थापन समितिसमेत गठन गर्दै केन्द्र सञ्चालनमा ल्याइएको हो । खुला चिडियाखानाको अवधारणासहित सञ्चालनमा आएको केन्द्र सर्वसाधारणका लागि खुला गरिएको पचभैया प्राणी उद्यान केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दीनानाथ ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रको अवलोकन गर्न विद्यार्थीका लागि रु १५ र अन्य सर्वसाधारणक...
अन्तर्वार्ताः संविधान र लोकतन्त्रको रक्षा नै मेरो पहिलो कर्तव्य हुन्छ : नेता पौडेल

अन्तर्वार्ताः संविधान र लोकतन्त्रको रक्षा नै मेरो पहिलो कर्तव्य हुन्छ : नेता पौडेल

अन्तर्वार्ता, देश
आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताउनुभएको छ । यही फागुन २५ गते हुने राष्ट्र प्रमुखको उम्मेदवारीका सन्दर्भमा रासससँग कुराकानी गर्दै उहाँले आफू प्रजातन्त्रका लागि छ दशकदेखि लड्दै आएकाले वर्तमान संविधान र लोकतन्त्रको रक्षा नै पहिलो कर्तव्य र जिम्मेवारी हुने उल्लेख गर्नुभयो । पूर्वसभामुख पौडेलले भन्नुभयो, “संविधान र लोकतन्त्रसहित परिवर्तनका उपलब्धिको रक्षा गर्ने सन्दर्भमा राष्ट्रपतिको महत्वपूर्ण भूमिका हुन्छ । राष्ट्रपतिको उम्मेदवारीका लागि भएका छलफलमा सबै दल र साथीहरूको सहमतिपछि म उम्मेदवार भएँ, जनताले अपेक्षा गरेअनुसारको यदि मैले आचरण र संविधानको परिपालन गर्न सकेँ भने शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने...
भोट माग्दै राष्ट्रपतिका उम्मेदवार पौडेल रास्वपा कार्यालयमा

भोट माग्दै राष्ट्रपतिका उम्मेदवार पौडेल रास्वपा कार्यालयमा

राजनीति
नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनबाट राष्ट्रपति पदको साझा उम्मेदवार बन्नुभएका पूर्वसभामुख रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेर भोट माग्नुभएको छ । राष्ट्रपतिका उम्मेदवार पौडेलसँगै कांग्रेसका नेताहरू डा प्रकाशशरण महत, रमेश लेखक, जिपछिरिङ लामा र दीपक खड्का रास्वपाको कार्यालय पुग्नुभएको थियो । रास्वपा कार्यालयमा सो पार्टीका सभापति रवि लामिछानेलगायत नेताहरूसँग भेट गरी राष्ट्रपतिका उम्मेदवार पौडेलले यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा आफूलाई मतदान गर्न आग्रह गर्नुभएको थियो । राष्ट्रपति निर्वाचनका लागि कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कांग्रेसका वरिष्ठ नेता पौडेल ...
बैंकको ऋण नतिर्ने हल्लाको पछि नलाग्न आग्रह

बैंकको ऋण नतिर्ने हल्लाको पछि नलाग्न आग्रह

कर्पोरेट
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्ला केही दिनयता बैंकबाट लिएको ऋण नतिर्ने भन्नेजस्तो चर्चा सुनिएको भन्दै यस्तो हल्लाको पछि नलाग्न सबै उद्योगी, व्यवसायीलाई आग्रह गर्नुभएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घको ६४औँ साधरणसभाको आज भैरहवामा उद्घाटन गर्दै उहाँले केही समययता बैंकको ऋण नतिर्ने जस्ता विषयमा हल्ला सुरु भएका र यसबाट अराजकता सिर्जना हुने भन्दै त्यस्ता हल्लाको पछि कोही पनि व्यवसायी लाग्न नहुने धारणा राख्नुभयो । उहाँले बैंकको ब्याजदर ‘सिङ्गल डिजिट’ हुनुपर्ने पक्षमा आफू रहेको भन्दै यदि त्यसो भएमा धेरै व्यवसायीलाई राहत हुने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी निजी क्षेत्रका तर्फबाट व्यवसायीको हितमा हुनेगरी सधैँ पहल गरिरहेका छौँ । बैंकिङ ब्याजदरको विषयमा पनि सरकारसँग बारम्बार छलफल गरिरहेका छौँ । देशमा व्यावसायिक एवं लगानीमैत्री वातावरण ...
खानेपानी सुधारको आयोजना छिटो सुरु गर्न आग्रह

खानेपानी सुधारको आयोजना छिटो सुरु गर्न आग्रह

समाचार
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरको खानेपानी सुधारको आयोजना चाँडै सुरु गर्न जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग आग्रह गर्नुभएको छ । जापान सरकारले खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु दुई अर्ब सात करोड अनुदान सहयोग उपलब्ध गराउनेछ । उक्त आयोजनाले विराटनगर सहरको खानेपानी क्षेत्रलाई फराकिलो बनाउँदै खानेपानी सुविधाको पुनःनिर्माण र विस्तार गरी विराटनगर सहरका जनताको जीवनस्तर उकास्ने लक्ष्य लिएको छ । विराटनगरको खानेपानी सुधारका लागि अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत र अर्थ मन्त्रालयका सचिवबीच गत वर्ष फागुनमै हस्ताक्षर भएको थियो । महानगरप्रमुख कोइरालाले जाइका नेपाल प्रमुख ओकुबो अकिमित्सुलाई भेटेर खानेपानी सुधारको आयोजना तत्काल सुरु गर्न आग्रह गर्नुभएको हो । खानेपानी सुधारको योजना कार्यान्वयनमा ढिला...