२०८१ बैशाख १३

Tag: Nepal

चैतमा न्यायिक समितिको राष्ट्रिय सम्मेलन

चैतमा न्यायिक समितिको राष्ट्रिय सम्मेलन

देश, समाचार
आगामी चैत १५ र १६ मा काठमाडौँमा दुई दिने न्यायिक सम्मेलन हुने भएको छ । सम्मेलनमा सहभागी हुनका लागि काठमाडौँ महानगरपालिकाले देशभरका सात सय ५३ वटै स्थानीय तहलाई निमन्त्रणा गरेको छ । महानगरले काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा सम्मेलन गर्न लागेको कामपाको उपप्रमुख एवं न्यायिक समितिको संयोजक सुनिता डङ्गोलले जानकारी दिनुभयो ।स्थानीय तहमा न्याय सम्पादनको अनुभव आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको उहाँको भनाइ छ । सम्मेलनको तयारीका लागि उपप्रमुख डङ्गोलको अध्यक्षतामा न्यायिक समिति मूल समारोह समिति गठन गरिएको छ । संयोजक डङ्गोलले सबै पालिकाका न्यायिक समितिबाट प्रतिनिधित्व गराउने र असल अभ्यास आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताउनुभयो । सम्मेलन न्यायिक समितिको अवधारणा, विभिन्न कानुनमा भएका न्यायिक समितिसम्बन्धी व्यवस्था, न्याय सम्पादनमा न्यायिक...
Registration of student unions for FSU election today

Registration of student unions for FSU election today

राजनीति, शिक्षा
Student unions are registering their organizations in the concerned Tribhuvan University (TU) campuses across the country today in view of the free student union elections. The student unions are required to register their organizations in the campuses from 10.00 am to 3.00 pm today to participate in the free student union elections.Tribhuvan University Student Welfare and Sports Directorate director Pashupati Adhikari said the student unions registering their organizations today are only eligible for contesting the poll. According to the election calendar, the student unions would register their candidacies towards direct and proportional election from 11.00 am to 2.00 pm on March 11.Likewise, the FSU election has been set for March 19. The election would take place fro...
प्रधानाध्यापकलाई पूर्वविद्यार्थीको एक लाख पुरस्कार

प्रधानाध्यापकलाई पूर्वविद्यार्थीको एक लाख पुरस्कार

SYM शुद्ध सकारात्मकता, शिक्षा
रौटहटको यमुनामाई गाउँपालिका–३ का जाहुर आलमले म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा तीन दशकसम्म समय अध्यापन गर्नुभयो । विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेपछि उहाँ जागिरको सिलसिलामा २०५० सालमा म्याग्दी आउनुभएको हो । आलमलाई तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर छन्त्यालले शिक्षा कार्यालयबाट अनुमति लिएर निजी स्रोतबाट विज्ञान शिक्षकको रुपमा नियुक्त गर्नुभएको थियो । जिल्ला सदरमुकाम बेनीदेखि पैदल हिँडेर दुई दिनमा विद्यालय पुग्नुभएका आलमले सुरुआतका दिनमा अग्ला पहाड र दुर्गम बस्तीको बसाईलाई बिट मार्ने सोच बनाउनुभयो । तर विद्यालयमा अध्यापन गर्दै जाँदा उहाँले तीन दशक एउटै विद्यालयमा बिताउनुभयो । आलमले पढाउन थाल्नुभएपछि २०५१ सालदेखि कक्षा ९ को पठनपाठन सुरु गरेर उक्त विद्यालयलाई माविमा स्तरवृद्धि गरिएको थियो । विसं २०५७ देखि विद्यालयमा उहाँले प्र...
सुकुम्बासी रिक्जना, जसले सामान्य अभ्यासका भरमा चार स्वर्ण जितिन

सुकुम्बासी रिक्जना, जसले सामान्य अभ्यासका भरमा चार स्वर्ण जितिन

SYM शुद्ध सकारात्मकता, खेलकुद
म्याग्दी नदीको बाढीले रिक्जना माझीको घरखेत सबै बगायो । बाढीले उनको परिवारलाई सुकुम्बासी बनायो । बुबा तिलक र आमा विष्णुले दैनिक मजदुरी गरेर परिवारको लालनपालन गरे । मङ्गला गाउँपालिका–५ अमर्नको पोक गाउँकी १४ वर्षीया रिक्जनाले बाआमाको सङ्घर्षलाई सम्झिदै पढाइ र खेलकुदमा सक्दो मेहनत गर्दै आएकी छिन् । सुकुम्बासी परिवारकी उनले हालै सम्पन्न जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्डमा एथ्लेटिक्सतर्फको विभिन्न विधामा चार स्वर्ण पदक जितिन । उदीयमान रिक्जना प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । अहिले जिल्लाभरी उनको चर्चा चुलिएको छ । मेहनती र लगनशील भए जस्तोसुकै दुःख हण्डर खाएर पनि सफलता हात प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण हुन् रिक्जना । म्याग्दी नदीको कटानले घरखेत बगाएपछि माझी परिवार टहरा बनाएर बसेको छ । बाआमाले जस्तै रिक्जनाले पनि फुर्सदमा दैनिक मजदुरी गर्दैआएकी छिन् । बाँकी स...
सामान्य घट्यो सुनको मूल्य

सामान्य घट्यो सुनको मूल्य

अर्थतन्त्र, आर्थिक
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनकोतुलनामा प्रतितोला रू एक सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख दुई हजार छ सय कायम भएकोमा आज रू एक लाख दुई हजार पाँच सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख दुई हजार एक सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार दुई सय ६५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । ...
पशुपतिमा अतिक्रमित संरचना हटाउन महानगरको अल्टिमेटम

पशुपतिमा अतिक्रमित संरचना हटाउन महानगरको अल्टिमेटम

देश
पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौँ महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ । महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशन सहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई औपचारिकरुपमा महानगरले जानकारी दिएको छैन, तर अतिक्रमण गरिएका संरचना हटाउन २४ घण्टाको अल्टिमेटम दिएको छ भन्ने सुन्नमा आएको छ ।” पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा वार्षिक रु ५० हजार भाडामा लिएर १० रोपनी जग्गा गौशाला धर्मशालाका नाममा सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ । यसैगरी पशुपति क्षेत्रमा २० वटा भन्दा धेरै सटर बिना दर्ता सञ्चालन भइरहेको महानगरको निरीक्षणमा भेटिएको छ । धर्मशालाले नक्सा पास बिना नै संरचना निर्म...
अनुदानबाट व्यवसाय गर्दै अपाङ्गता भएका व्यक्ति

अनुदानबाट व्यवसाय गर्दै अपाङ्गता भएका व्यक्ति

SYM शुद्ध सकारात्मकता
अपाङ्गता भएका व्यक्तिलाई व्यावसायिक कार्यमा संलग्न गराई आत्मनिर्भर बनाउनका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले अनुदानका कार्यक्रम सञ्चालन गरेको छ । अपाङ्गता भएका व्यक्तिको समूह गठन गरी कार्यालयले अनुदान रकम उपलब्ध गराउन थालेको हो । शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका समूह गठन गरिएका छन् । समूहमा ३० जनाका दरले अपाङ्गता भएका व्यक्ति सङ्गठित भएका छन् । गठन भएका समूहसँग कार्यक्रम सञ्चालनका लागि सम्झौताको कार्य गरिएको छ । शुक्लाफाँटा अपाङ्गता कृषक समूहसँग खरी जातका बाख्रा खरिदका लागि सम्झौता गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्राविधिक अधिकृत दीर्घकुमार स्वाँरले बताउनुभयो । बाख्रापालनका लागि रु चार लाख ५० हजारको सम्झौता गरिएको छ । सम्झौताअनुसार समूहमा आबद्ध सदस्यरुले बाख्रा खरिद गरेका ...
गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

राजनीति
गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको चालु अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । दुई विधेयक प्रमाणीकरण प्रदेश प्रमुख गुरुङले दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । गण्डकी प्रदेशसभाबाट पास भई आएका गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुख गुरुङले प्रमाणीकरण गर्नुभएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो । ...
पौडेल लोकतन्त्रका लागि ठूलो त्याग र सङ्घर्ष गरेका नेता हुन् : सभापति देउवा

पौडेल लोकतन्त्रका लागि ठूलो त्याग र सङ्घर्ष गरेका नेता हुन् : सभापति देउवा

राजनीति
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति पदका उम्मेदवार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल लोकतन्त्रका लागि ठूलो त्याग र सङ्घर्ष गरेका नेता भएको उल्लेख गर्दै उहाँलाई विजयी बनाउन सबैलाई आह्वान गर्नुभएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन समितिले आठ राजनीतिक दलका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूका लागि आज यहाँ आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उहाँले नेता पौडेलले नेपाली राजनीतिमा गर्नुभएको योगदानका बारेमा सबैलाई अवगत रहेको उल्लेख गर्नुभयो । सभापति देउवाले भन्नुभयो, “नेता पौडेल राजनीतिमा दुःख गरेका सिनियर साथी हुनुहुन्छ, उहाँ लोकतन्त्रको खिलापमा आफू कहिल्यै पनि जानुहुन्न र अरुलाई पनि जान दिनुहुन्न ।” नेता पौडेल सिद्धान्त र आदर्शको राजनीति गरेका नेता भएको र लोकतन्त्रको संवर...
चीनमा स्वर्ण र रजत विजेता नेपाली चिया उत्पादकलाई अवार्ड वितरण

चीनमा स्वर्ण र रजत विजेता नेपाली चिया उत्पादकलाई अवार्ड वितरण

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
चीनको फुचियान प्रान्तमा भएको प्रतिस्पर्धामा स्वर्ण र रजत विजेता नेपाली चिया उत्पादक संस्था तथा ब्राण्डलाई सो अवार्ड वितरण गरिएको छ । फुचियानको फुआन सहरमा सेप्टेम्बर २०–२१, २०२२ सम्म भएको ‘वल्र्ड ब्ल्याक टि क्वालिटी इभ्यालुएसन कम्पिटिसन’मा स्वर्ण र रजत अवार्ड प्रााप्त गर्ने १० चिया उत्पादक संस्थालाई राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आज एक कार्यक्रम गरी अवार्ड वितरण गरेको हो । विश्वका प्रमुख चिया उत्पादक राष्ट्रहरू चीन, भारत, केन्या, श्रीलङ्काजस्ता देशहरूसँग प्रतिस्पर्धा गर्दै यो अवार्ड प्राप्त गरको हो । उक्त प्रतिस्पर्धामा एक संस्थाले ग्राण्ड गोल्ड, पाँच संस्थाले गोल्डेन र चार संस्थाले सिल्भर मेडल जित्न सफल भएका थिए । ...