२०८१ बैशाख २२

Tag: Nepal

विमानस्थल नागरिकको पहुँचमा हुनुपर्छ : पर्यटनमन्त्री किराती

विमानस्थल नागरिकको पहुँचमा हुनुपर्छ : पर्यटनमन्त्री किराती

देश, समाचार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमानस्थल (एयरपोर्ट) सुविधा र यात्रुमैत्री हुनुपर्ने बताउनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज हवाई क्षेत्रका विभागीय प्रमुख तथा विमानस्थलसँग सम्बन्धित अधिकारीसँगको संयुक्त बैठकलाई सम्बोधनका क्रममा उहाँले विमानस्थल अझै पनि नागरिकको पहुँचमा नरहनुले गम्भीर प्रश्न उब्जाएको उल्लेख गर्नुभयो । “हामी सबै नेपालीलाई देश बनाउने हुटहुटी छ, राज्यले तोकेको परिभाषित जिम्मेवारीमा बसेर, शपथ खाएर देशको सेवा गर्ने वाचा गरेका छौँ”, पर्यटनमन्त्री किरातीले भन्नुभयो, “मन्त्रलयको कार्यक्षेत्रभित्र रहेको विमानस्थल देशको अनुहार हो, यो सुविधा र यात्रुमैत्री हुनुपर्छ । संसारको उदाहरणमा नेपालको विमानस्थल व्यवस्थापनको एउटा मोडल बन्नुपर्छ तर, अहिलेसम्म किन नागरिकको पहँुचमा विमानस्थल भएन यो गम्भीर प्रश्न हो ।” अन्तर मन्त्रालयको सम्ब...
कृषिजन्य वस्तु बाहिर पठाउन सडक निर्माण

कृषिजन्य वस्तु बाहिर पठाउन सडक निर्माण

SYM शुद्ध सकारात्मकता, देश
शिवालय गाउँपालिका–२ नेपामा उत्पादन गरिएका कृषिजन्य वस्तु उत्पादन गरी बाहिर जिल्ला पठाउनका लागि सडकको पहुँच विस्तार गर्न लागिएको छ । पालिकाको प्रशासकीय केन्द्र सीमाबाट तरकारी उत्पादन भइरहेको नेपासम्म सडक जोड्नका लागि काम जारी रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बाँठाले जानकारी दिनुभयो । पालिका र कृषि क्षेत्र विकास कार्यक्रमको संयुक्त रुपमा रु दुई करोड २० लाख लागतमा सडक निर्माण कार्य जारी छ । सडकको पहुँच नहुँदा नेपामा उत्पादन भएको तरकारी बाली खेर गएर कृषक मर्कामा परेको भन्दै सडकको पहुँच विस्तार गर्न लागिएको अधिकृत बाँठाले बताउनुभयो । पालिकाका अन्य ठाउँमा समेत उत्पादन भएका कृषिजन्य वस्तु निर्यात गर्न पालिकाले काम थालेको गाउँपालिकाका उपाध्यक्ष गीता शाहीले बताउनुभयो । असार मसान्तसम्म सडक निर्माण कार्य पूरा हुने उपाध्यक्ष शाहीले बताउनुभयो । आर्थिक रुपमा बलियो बनाइ ...
जिम्मेवारीलाई प्रभावकारी बनाउन सक्दो भूमिका खेल्नेछु ः उपाध्यक्ष अर्याल

जिम्मेवारीलाई प्रभावकारी बनाउन सक्दो भूमिका खेल्नेछु ः उपाध्यक्ष अर्याल

राजनीति
राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले देशभर प्रदेशदेखि पालिकासम्म जोडिएका महिला उपाध्यक्षको ‘नेटवर्क’ बनाएर अघि बढ्ने योजना रहेको बताउनुभएको छ । आफ्नै कार्यकक्ष सिंहदरबारमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले महिलाको क्षमता अभिवृद्धिका लागि नेटवर्क बनाउन छलफल भइरहेको जानकारी दिनुभयो । उपाध्यक्ष अर्यालले गाउँपालिकाका अध्यक्ष, गाउँपालिका महासङ्घलगायत संस्थासँग समन्वय गरेर महिला नेतृत्व अभिमुखीकरण र महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ भन्नुभयो । उपाध्यक्ष अर्यालले पदीय सक्रियता बढाएर जिम्मेवारीलाई प्रभावकारी बनाइने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आफ्नो पदीय दायित्व र जिम्मेवारीलाई प्रभावकारी बनाउन सक्दो भूमिका खेल्नु छु, उपाध्यक्षको जिम्मेवारीभन्दा माथि जाने कुरा हुँदैँन । पदीय मर्यादामा बसेर आफ्नो भूमिकाको गरिमा बढाउने अवस्था छ, महिला सा...
उपप्रधानमन्त्री श्रेष्ठद्वारा भक्तपुर-नगरकोट सडक अनुगमन

उपप्रधानमन्त्री श्रेष्ठद्वारा भक्तपुर-नगरकोट सडक अनुगमन

देश
उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आज भक्तपुरको कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्म सडक अनुगमन गर्नु भएको छ । उपप्रधानमन्त्री श्रेष्ठसँगै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, भक्तपुर नगरकोट सडक विस्तार आयोजनाका प्रमुख, शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधिलगायत सरोकारवाला निकायसहितको टोलीले सडकको अनुगमन गरेको हो । अनुगमनपछि नगरकोट बसपार्कमा पुगेर उपपधानमन्त्री श्रेष्ठले भक्तपुर–नगरकोट सडक विस्तारको कामप्रति आफू सन्तुष्ट नरहेको भन्दै यस्तै अवस्था रहे सरकार सहेर नबस्ने बताउनुभयो । उहाँले अबको एक महिनाभित्र गुणस्तरीय सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण नगरे ठेक्का सम्झौता खारेज गर्ने बताउनुभयो । “यो सडकको सम्झौता सन् २०१४ मा भएको हो । यो सन् २०१६ भित्रमा सम्पन्न ...
जग्गा बन्धकीमा लिएर सामूहिक खेती

जग्गा बन्धकीमा लिएर सामूहिक खेती

उद्यमशीलता
म्याग्दे गाउँपालिका–१ गुणादीस्थित बाराही सामुदायिक वन उपभोक्ता संस्थाले जग्गा बन्धकीमा लिएर गरिब परिवारलाई सामूहिक खेती गर्न दिएको छ । संस्थाले उक्त वडामा रहेका तीन सय आठ घरधुरीमध्ये सम्पन्नता स्तरीकरणका आधारमा गरिब तथा विपन्न परिवार छनोट गरी जग्गा उपलब्ध गराएको हो । स्थानीय केदारनाथ वाग्ले र शिवप्रसाद वाग्लेको साढे ३६ रोपनी जग्गा बन्धकीमा लिएर वडाका १८ घर परिवारलाई खेती गर्न दिइएको संस्थाका अध्यक्ष मुक्तिनाथ खनालले जानकारी दिनुभयो । वार्षिक रु आठ लाख २५ हजार बुझाउने गरी पाँच वर्षका लागि उक्त जग्गा सम्झौता गरी लिइएको उहाँले बताउनुभयो । अति विपन्न पाँच परिवारलाई रु ६५ हजारका पाँच पाडा खरिद गरी वितरणसमेत गरिएको स्थानीय टेकबहादुर कामीले बताउनुभयो । वडामा रहेका गरिब तथा विपन्न परिवारलाई सबल बनाउन संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको उहाँले बताउनुभयो । जग्गा प्रशस्त मात्...
कतारबाट फर्किएर कफी व्यवसाय

कतारबाट फर्किएर कफी व्यवसाय

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतदेखि पोखरा पुग्नु अगावै लुम्ले गाउँ आउँछ । मुटु काम्ने गरी चिसो हावा चल्ने भएरै होला, यस ठाउँलाई लिएर गायक तिलक बम मल्लले ‘मुटु छुने लुम्लेको हावाले’ बोलको गीत नै गाउनुभएको थियो । लुम्ले गाउँ गीतमा मात्रै सीमित छैन । कृषि, कृषि पर्यटन र कृषि अध्ययन गर्न चाहनेका लागि पनि लुम्ले गाउँ परिचित छ । यही गाउँका २७ वर्षीय युवा नवीन देवकोटाले सडक छेउमा ‘लुम्ले कफी स्टेट’ नाम दिएर ग्राहकलाई आफैँले उत्पादन गरेको जैविक कफीबाट बनेका पेयपदार्थ पिलाउँदै आउनुभएको छ । उहाँले चार वर्षअघि सडक छेउको आफ्नै जग्गामा सानो कन्टेनरमा क्याफे सञ्चालन गर्नुभएको हो । राजमार्ग हुँदै गन्तव्यतर्फ दौडिरहेका यात्रु केही छिन आफ्नो क्याफेमा कफी पिउनलाई रोकिने गरेको देवकोटाले बताउनुभयो । “सडक छेउमा त्यो पनि एकान्त वातावरणमा भएर पनि हुन सक्छ मुस्ताङ, पर्वत, बागलुङ हिँडेका नेपाली र...
बिपिडब्लु लघुवित्तको आइपिओ खुला

बिपिडब्लु लघुवित्तको आइपिओ खुला

शेयर बजार
बिपिडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणको लागि साधारण शेयरको बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित दरमा ८० हजार नौ सय ५० कित्ता साधारण शेयरको सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ) बिक्री खुला गरेको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । निष्कासित शेयरमा सर्वसाधारण लगानिकर्तले यही फागुन २३ गतेसम्म अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणाली अनुसार तथा अनलाईनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर खदिरको आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवद्र्धक मेगा क्यापिटल मार्केट्स ...
बिर्तामोड नगर अस्पताल भवन सम्पन्न

बिर्तामोड नगर अस्पताल भवन सम्पन्न

स्वास्थ्य
झापाको बिर्तामोड नगरपालिकामा साढे पाँच करोडको लागतमा नगर अस्पताल भवन निर्माण सम्पन्न भएको छ । संघीय सरकारको रू पाँच करोड ५० लाख सात हजार सात सय ६० लागतमा १५ शैय्याको नगर अस्पताल भवन निर्माण भएको हो । भवन निखिल निर्माण सेवा प्रालिले निर्माण गरेको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौनोपाले जानकारी दिनुभयो । नगरपालिकाले स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेको नगरप्रमुख पवित्रा महतरा प्रसाईंले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हरेक नगरवासीमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ लागेका छौँ ।” नगर अस्पतालबाट २१ प्रकारका सेवा प्रवाह हुने छन् । नगर अस्पतालबाट स्वास्थ्य बिमासहित दैनिक बहिरंग, प्रयोगशाला, भिडियो एक्स–रे, ईसीजी, प्रसुती, एक्स–रे लगायतका सेवा प्रवाह हुने नगर अपस्तालका नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा सुनिल अधिकारीले बताउनुभ...
आलेख ः मिथिलामा सुरु भयो जोगिराको रौनक

आलेख ः मिथिलामा सुरु भयो जोगिराको रौनक

देश, समाचार
‘जोगिरा सररर, जोगिरा सररर ।’ ‘मिथिलामे राम खेलैया होली, मिथिलामे । मिथिलामे हो, मिथिलामे हो, मिथिलामे ।’ हाँ मिथिलामे राम खेलैय होली, मिथिलामे ।‘किनका के सोभे पियरी पितम्बर, किनकाके हाथ अबिर झोलि । मिथिलामे ?’ ‘सीताजीके सोभे पियरी पितम्बर, रामजीके हाथ अबिर झोलि । हो मिथिलामे, मिथिलामे राम खेलैय होली, मिथिलामे ।’ ‘जोगिरा सररर, जोगिरा सररर... ।’ ‘रङग बरसे भिगे चुनरबाली रङग बरसे, हो रङगबरसे भिगे चुनरवाली रंगबरसे’यी माथि उल्लेखित लोकभाका (जोगिरा)हरु तराई–मधेशमा होला आगमनको लोकभाका हो । तराई–मधेशमा अहिले होली पर्वको एक साता मात्रै बाँकी रहँदा साँझ पर्नेबित्तिकै गाउँ गाउँमा डम्फु, झ्याली, ढोल, तासा र मृदङ्गलगायतका बाजाहरु बज्न थालेको छ भने चारैतिर जोगिरा (होली गीत) का धुनहरु सुनिन थालेको छ । होली पर्वको उत्साह र उमङ्गले उमेरकोसमेत पर्वाह नगर्दै जलेश्वर नगरपालिका–८ बजराही गाउँ बस...
स्वादका लागि चर्चित बागलुङको आलु

स्वादका लागि चर्चित बागलुङको आलु

SYM शुद्ध सकारात्मकता, अर्थतन्त्र, आर्थिक
बलेवा, १७ फागुन (रासस) ः कृषिमा अब्बल बागलुङको ताराखोला आलुका लागि चर्चित गाउँपालिका हो । ताराखोलाका पाँचवटै वडामा बर्खे आलु फल्छ । हिउँदमा पनि गाउँपालिका–४ का बेसी फाँटमा आलु फलेको छ । ताराखोले आलुले अहिले गण्डकी प्रदेशमा नै आफ्नो नाम स्थापित गरिसकेको छ । यहाँको आलुमा मिसावट पनि छैन । किसानले आलुबाटै घर खर्च चलाउने र बालबालिका पढाउने गरिरहेका छन् । आलुको बजारसमेत सजिलै पाइएकाले किसानले हरेक वर्ष उत्पादन बढाउने गरेको ताराखोला–५ की दिलकुमारी पुन बताउनुहुन्छ । आएका पाहुनालाई खुवाउनेदेखि कोसेली पठाउने काममा पनि ताराखोले आलु प्रयोग हुन्छ । यहाँका किसानले आलुको चिप्स बनाउनेदेखि अन्य धेरै परिकारका लागि तालिम लिएका छन् । कृषि ज्ञान केन्द्रले पनि आलु उत्पादन बढाउन लगानी गरेको छ । ताराखोलामा जस्तै बागलुङको ढोरपाटनमा पनि उपभोक्ताको जिब्रोमा गडिने आलु फल्छ । काठेखोला गाउँपालिकाको धम्...