२०८१ बैशाख ११

पर्सा निकुञ्जभित्र पोखरी निर्माण




पर्सा राष्ट्रिय निकुञ्जभित्र पानीको सहज रुपलब्ध भएसँगै पाटे बाघसहितका वनजन्तुको सङ्ख्या वृद्धि भएको छ ।

निकुञ्जले हालै गरेको सन् २०२२ को बाघ गणनाअनुसार निकुञ्जमा पाटे बाघको सङ्ख्या ४१ पुगेको छ । निकुञ्जले प्राकृतिक रुपमा कृत्रिम पोखरी निर्माण गरेपछि निकुञ्जमा वन्यजन्तुको सङ्ख्या बढ्दै गएको हो । त्यसैगरी निकुञ्जभित्र १६३ गौरीगाईं, ४० देखि ५० वटा जङ्गली हात्ती र आठदेखि १० वटाको सङ्ख्यामा एकसङ्गे गैँडा रहे पनि तथ्याङ्कमा तीन गैँडा मात्रै उल्लेख भएको निकुञ्जका प्रमुख अशोककुमार रामले जानकारी दिनुभयो । निकुञ्जले निर्माण गरेको कृतिम पोखरीमा पानीको सहज उपलब्धताका कारण पछिल्लो समय वन्यजन्तुहरुको सङ्ख्या वृद्धि भएको उहाँले बताउनुभयो ।


Advertisement


करिब १६ हजार हेक्टर क्षेत्रफलमा फैलिएको सो निकुञ्जभित्र दुर्लभ पाटे बाघ, भालु, गैँडा, हात्ती, चित्तल, जरायो, चितुवा, जङ्गली कुकुर, नीलगाईं र गौरीगाईं जस्ता ३७ प्रजातिका स्तनधारी जनावर, चार सय ९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतलीको वासस्थान छ । निकुञ्ज नेपालमा पाइने रैथाने हात्तीको वासस्थान संरक्षण गर्ने उद्देश्यले विसं २०४० मा बारा, पर्सा र मकवानपुरसँग सीमा जोडिएको जङ्गल क्षेत्रलाई समेटेर बनाइएको हो ।



नेतृत्व चयन प्रक्रिया सुरु

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयनका लागि प्रक्रिया सुरु भएको छ । निर्वाचन प्रक्रियाअनुसार कार्यसमितिका सदस्यको मनोनयन दर्ता गरिएको छ ।

मनोनयन दर्ता गराएकामध्ये वस्तुगत सङ्घतर्फबाट सदस्यमा हरि पन्त निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत बालसुन्दर खरेलले जानकारी दिनुभयो । वस्तुगत सङ्घतर्फका सदस्यमा पन्तको मात्र उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत खरेलले बताउनुभयो । उद्योगतर्फ १३, वाणिज्यतर्फबाट १६, एशोसियट तर्फबाट छ र वस्तुगत तर्फबाट एक गरी सङ्घमा ३५ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ ।

उद्योगतर्फ १८, वाणिज्यतर्फ २५, एशोसियटतर्फ आठ र वस्तुगततर्फ एक जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन अधिकृत खरेलले जानकारी दिनुभयो । फागुन २४ गते मनोनयन फिर्ता दिने समय तोकिएको छ भने ३० गते कार्य समिति सदस्यका लागि निर्वाचन गर्ने तालिका छ । कार्य समिति सदस्य चयन भए लगत्तै पदाधिकारी निर्वाचनका लागि कार्य तालिका सार्वजनिक गरिने निर्वाचन अधिकृत खरेलले बताउनुभयो ।

कार्य समिति सदस्य मध्येबाटै ११ पदाधिकारी चयन गर्ने व्यवस्था सङ्घको छ ।–––

Copy link
Powered by Social Snap