एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : अन्जन वर्षको उत्कृष्ट खेलाडी
उन्नाइसौँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड, २०७८ अन्तर्गत पुरुषतर्फ वर्षको उत्कृष्ट खेलाडीको पुरस्कार नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टलाई प्रदान गरिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा आज यहाँ आयोजित समारोहमा विष्टलाई उत्कृष्ट पुरुष खेलाडीबाट सम्मानित गरिएको हो । उक्त विधाको मनोनयनमा क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी, फुटबलका किरण चेम्जोङ र ब्याडमिन्टनका प्रिन्स दाहालसमेत परेका थिए । विष्टले तेह्रौँ दक्षिण एसियाली खेलकुदमा उल्लेखनीय योगदान पू¥याएका थिए । उनले अवार्डसँगै मोटरसाइकल प्राप्त गरेका छन् ।
त्यसैगरी वर्षको उत्कृष्ट महिला खेलाडी भलिबल खेलाडी अरुणा शाहीले जितिन् । उक्त विधामा बक्सिङकी पुनम रावल, एथ्लेटिक्सकी पुस्पा भण्डारी तथा क्रिकेटकी सीताराना मगर र रुबिना श्रेत्री मनोनयनमा परेका थिए । शाहीले बङ्गलादेशको ढाकामा सम्प...









