२०८१ बैशाख ७

बोलिभिया र निकारागुआका राष्ट्रपति भेनेजुएलामा




भेनेजुएलाका पूर्व राष्ट्रपति ह्युगो चाभेजको निधनको १० औं स्मृति दिवसका अवसरमा आयोजित समारोहमा भाग लिन बोलिभियाका राष्ट्रपति लुइस आर्स र निकारागुआका राष्ट्रपति ड्यानियल ओर्टेगा आइतबार भेनेजुएला आइपुग्नु भएको छ ।


Advertisement


डाउनटाउन कराकसबाट करिब २१ किलोमिटर टाढा रहेको माइकेटिया अन्तरराष्ट्रिय विमानस्थलमा, आर्सेले पत्रकारहरूलाई दिएको जानकारी अनुसार चाभेजलाई श्रद्धाञ्जलि अर्पण गर्न कार्यक्रममा उपस्थित हुन पाउँदा खुसी हुनुहुन्छ । उहाँले चाभेजको बारेमा बोल्दै भन्नुभयो,“महान मातृभूमि (ल्याटिन अमेरिकाको) चाभेजको विरासत मध्ये एक रहेको बताउदै उहाँले आफ्नो समयमा प्रस्ताव गरेका धेरै चीजहरू, जस्तै बैंक अफ द साउथ,”महत्त्वपूर्ण छन् ।




यसै बीच ओर्टेगाले थुप्रै ल्याटिन अमेरिकी देशहरू विरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएको एकतर्फी प्रतिबन्ध र नाकाबन्दीको निन्दा पनि गर्नु भएको छ ।

सन् २०१३ मार्च ५ मा निधन भएका चाभेजको सम्झनामा हजारौं भेनेजुएलावासीहरूले आइतबार घर बाहिर निस्किएर हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

Copy link
Powered by Social Snap