२०८३ श्रावण १४

Tag: Nepal

समावेशी म्युजिक अवार्डबाट गीतकार सुवेदीसहित ४२ जना पुरस्कृत

समावेशी म्युजिक अवार्डबाट गीतकार सुवेदीसहित ४२ जना पुरस्कृत

संगीत
यही फागुन २८ गते ललितपुरको स्क्वायर होटलमा सम्पन्न ‘छैटौँ समावेशी म्युजिक अवार्ड’बाट गीतकार प्रकाश सुवेदीसहित ४२ जनालाई पुरस्कृत गरिएको छ । सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतमा ‘असारै लाग्यो’ बोलको गीतबाट गीतकार सुवेदी, ‘धोकेबाज’ बोलको गीतका लागि गायक शिव परियार, ‘नछुटोस्’ बोलको गीतका लागि आधुनिक गायिका बेनिशा पौडेल र ‘धर्ती आकाश’ बोलको गीतमा सङ्गीत दिनुभएका अर्जुन पोखरेललाई पुरस्कृत गरिएको छ । विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्दै सम्पन्न सो समारोहमा सञ्चारकर्मी बिदुर गिरीलाई यस वर्षको ‘ पिम नेपाल पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरिएको छ । यस्तै अछामको साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवर, भुम्लु गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङ, गायिका केन्जुमा सुब्बा, सङ्गीतकार शङ्कर थापा, पत्रकार राज लुइँटेल, गायिका अमृता श्रीपाली, व्यवसायी नमराज श्रेष्ठ, सञ्चारकर्...
बसाइँ सरेर आउने परिवारलाई सम्मान, निःशुल्क स्वास्थ्य

बसाइँ सरेर आउने परिवारलाई सम्मान, निःशुल्क स्वास्थ्य

SYM शुद्ध सकारात्मकता
बसाइँ सरेर आउने परिवारलाई इलाम नगरपालिकाले सम्मान गरेको छ । आज वडा कार्यालयमा भएको एक कार्यक्रममा वडामा आएका ११ परिवारलाई सम्मानपत्र र ढाकाटोपी ओढाएर सम्मान गरिएको हो । इलाम नगरपालिकाका प्रमुख केदार थापा तथा वडाध्यक्ष नुतनदेव दुलालले उहाँहरुलाई फूलमालासहित सम्मान गर्नुभयो । पहाडबाट तराईका क्षेत्रमा बसाइँ सर्ने क्रम बढेकै अवस्थामा यस वडामा भित्रिने परिवारलाई वडाले सम्मान गरेको वडाध्यक्ष दुलालले बताउनुभयो । उहाँहरूको आम्दानीका लागि कृषिजन्य औजार, कृषि बीउबिजन आवश्यक वस्तुसमेत वितरण गरिँदै आइएको वडाध्यक्ष दुलालले बताउनुभयो । साथै नयाँ परिवारको निःशुल्क स्वास्थ्य बीमासमेत गरिएको छ । वडाकै रकमबाट बसाइँ सरेर आउने परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको बताइएको छ । यो वडा कृषिजन्य काम र पशुपालनमा घाँस उत्पादनका हिसाबले अगाडि रहेको उहाँको भनाइ छ । वडामा इलाम जिल्लाकै विभिन्न ...
चिराइतोको मूल्य अलैँचीको भन्दा बढी

चिराइतोको मूल्य अलैँचीको भन्दा बढी

उद्यमशीलता
ताप्लेजजुङ, २९ फागुन (रासस) ः चिराइतोको मूल्य गत वर्षको तुलनामा रु १० हजारले वृद्धि भएको छ । गएको वर्ष प्रतिमन (४० किलो) रु ३० हजार दरले कारोबार भएको चिराइतोको मूल्य हाल रु ४० हजार पुगेको छ । पहाडी क्षेत्रको मुख्य आमदानीको स्रोतका रूपमा रहेको अलैँचीको भन्दा चिराइतोको मूल्य माथि पुगेको हो । अलैँची प्रतिमन रु ३५ हजारका दरले कारोबार भइरहेको छ । भारत निर्यात हुँदै चिराइतो झापामा पु¥याउँदा प्रतिमन रु ३८ हजारदेखि रु ४० हजारमा कारोबार हुने ताप्लेजुङका व्यवसायीले बताएका छन् । “गत वर्ष रु ३० हजार प्रतिमन कारोबार भएको थियो, आजभोलि मूल्य बढेर रु ३८ हजारदेखि रु ४० हजारमा कारोबार भइरहेको छ”, सदरमुकाम फुङलिङका व्यवसायी गोविन्द बरालले भन्नुभयो । गत वर्ष रु १८ हजार हुँदै रु ३० हजारसम्म पुगेको मूल्य यो वर्ष फागुन लागेयता बढेर रु ४० हजारसम्म पुगेको हो । बरालका अनुसार हाल किसानबाट प्रतिमन रु...
देउडा नायिकाका रूपमा उदाउँदै किशोरी विपना

देउडा नायिकाका रूपमा उदाउँदै किशोरी विपना

नेपाली चलचित्र
कर्णाली, २९ फागुन (रासस) : देउडा कर्णाली तथा सुदूरपश्चिमको प्रख्यात लयात्मक गीत र नाच मिश्रित खेल हो । मध्य तथा सुदूरपश्चिम नेपालको सामाजिक, सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको देउडा यहाँका हरेक नागरिकको मनमस्तिष्कमा कैद भएको छ भने जनजिब्रोमा पनि आइरहन्छ । नागरिकको समग्र पक्षका विषयमा व्यक्त हुने भावना र अभिव्यक्तिले देउडामा कर्णाली र सुदूरपश्चिमको जीवन गवाही हुन्छ । गीत र नाचबाटै नागरिकको जीवनका बारेमा यथार्थ चित्रण गर्ने यसले सङ्गीत भने बोकेको पाइँदैन । यसमा सङ्गीतको भूमिका गौण नै रहन्छ । सङ्गीतविना नै देउडा मस्कीमस्की (शरीर दायाँबायाँ ढल्काउँदै) पाइला (गोडा) मिलाएर खेलिन्छ । मूलतः शुभकार्य जस्तो, जन्मोत्सव, विवाह, व्रतबन्ध, मेलापर्व, पैठ, महोत्सवका अवसरमा देउडा गाइने गरिन्छ । यसमा मायाप्रीति, सुखदुःख, हाँसो, आँसु, पीडा वेदनाका गीत बढी गाइन्छन् । त्यसका साथै आर्थिक, राज...
स्ववियु निर्वाचन : आजदेखि प्रचारप्रसार सुरु

स्ववियु निर्वाचन : आजदेखि प्रचारप्रसार सुरु

राजनीति
त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरिएको छ । यही फागुन २७ गते उम्मेदवार मनोनयन गराएका उम्मेदवारको छानविन र उम्मेदवारी फिर्ता गरेपछि अन्तिम नामावली प्रकाशन गरिएको हो । आज फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता र दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको थियो । आज अन्तिम नामावली प्रकाशन भएसँगै अब उम्मेदवार प्रचारप्रसार गर्न पाउनेछन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार उम्मेदवारले आजदेखि चैत २ गते राती १२ बजेसम्म प्रचारप्रसार गर्न पाउनेछन् । स्ववियु निर्वाचनमा आचारसंहितामा प्रचारप्रसार गर्नका लागि रङ्गरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख छ । यस्तै आचारसंहितामा निर्वाच...
चैत दोस्रो साता ‘ग्लोबल मनी विक’ मनाइँदै

चैत दोस्रो साता ‘ग्लोबल मनी विक’ मनाइँदै

अर्थतन्त्र, आर्थिक
‘ग्लोबल मनी विक–२०२३’ चैत दोस्रो सातादेखि देशभर साताव्यापीरूपमा मनाइने भएको छ । युवामा वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउने उद्देश्यले वार्षिकरूपमा विश्वभर मनाइँदै आएको साप्ताहिक अभियान नेपालमा चैत ६ देखि १२ गते (मार्च २०–२६) सम्म मनाइने भएको हो । सन् २०१२ देखि हरेक वर्षको मार्च महिनामा मनाउन सुरु गरिएको यो सप्ताह अर्गनाइजेसन अफ इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओइसिडी) को संयोजनमा विश्वका धेरै मुलुकमा मनाइँदै आएको छ । नेपालमा नेपाल राष्ट्र बैंकको संयोजनमा, बैंक तथा वित्तीय संस्था, सहकारी विभाग तथा सहकारी संस्था, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेशनल बैंकिङ इन्स्टिच्युट, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत निकाय तथा संस्थाले यो सप्ताह मनाउनेछन् । युवामा वित्तीय ज्ञान र सीपमार्फत व्यावहारिकरूपमा सबल र सक्षम बनाई विवेकशील वित्तीय निर्णय लिने ...
एक साताभित्र कांग्रेस सरकारमा सहभागी हुन्छ : कांग्रेस नेता रिजाल

एक साताभित्र कांग्रेस सरकारमा सहभागी हुन्छ : कांग्रेस नेता रिजाल

राजनीति
वीरगञ्ज, २९ फागुन :नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य रमेश रिजालले नेपाली कांग्रेस एक साताभित्र सरकारमा सहभागी हुने बताउनुभएको छ । वीरगञ्जका सञ्चारकर्मीसँग आज कुरा गर्नुहुँदै सांसद रिजालले चैतको ५ वा ६ गतेभित्र कांग्रेसमा सहभागी हुने तयारी भइरहेको बताउनुभयो । “कुन-कुन मन्त्रालय लिने र क-कस्लाई मन्त्री बनाउने बिषयमा पार्टीभित्र र सरकारमा सहभागी दलहरुसँग छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “उपराष्ट्रपतिको चुनाव सकिने बित्तिकै हामी सरकारमा जान्छाैँ ।” नेपाली कांग्रेसले नौ वा १० मन्त्रालय लिएर सरकारमा जाने करिब-करिब सहमति भएको उहाँको भनाइ थियो । “कुन नेताको नेतृत्वमा सरकारमा जाने विषयमा कुनै ठोस निर्णय भइसकेको छैन”, सांसद रिजालले भन्नुभयो, “पार्टीले जसको आवश्यकता देख्छ, सरकारको नेतृत्व उसैले गर्छ, तर पार्टीले निर्णय गरिसकेको छैन ।” आठ दलीय गठबन्धनबाट उपराष्ट्र...
अनलाइन मिडिया विश्वसनीय हुनुपर्छ: विज्ञहरु

अनलाइन मिडिया विश्वसनीय हुनुपर्छ: विज्ञहरु

समाचार
अनलाइन मिडियाले सम्प्रेषण गर्ने विषयवस्तु सत्यतथ्य, विश्वसनीय र भरपर्दो हुनुपर्नेमा विज्ञसरोकारवालाले जोड दिएका छन् । अनलाइन मिडियाको तीव्र रुपमा भइरहेको विकाससँगै यसले सम्प्रेषण गर्ने विषयवस्तुबारे समाजमा नकारात्मक धारणा बनिरहेको भन्दै उनीहरुले अनलाइन सञ्चारमाध्यमलाई मुलधारमा ल्याइनुपर्नेमा जोड दिए । ‘नारी नेपाल अनलाइन पत्रिकाको’ आज उद्घाटन कार्यक्रमका वक्ताले अनलाइनलाई विश्वसनीय बनाएर छिटोछरितो र भरपर्दो सामग्री सम्प्रेषण गरिनुपर्ने औँल्याए । सांसद अनिता देवकोटाले अनलाइन मिडियाले पेसागत मर्यादालाई ख्याल गरी भरपर्दो, छिटो र छरितो बनाएर विषयवस्तु दिनसक्नुपर्ने बताउनुभयो । उहाँले नारी नेपाल अनलाइनका माध्यमबाट महिलाको वृत्ति विकास र संविधान प्रदत्त अधिकार कार्यान्वयनका लागि खबरदारी गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय सूचना आयोगका आयुक्त कमला ओली थाप...
कोसी प्रदेशस्तरीय खुल्ला ब्याडमिटन प्रतियोगिता सुरु

कोसी प्रदेशस्तरीय खुल्ला ब्याडमिटन प्रतियोगिता सुरु

खेलकुद
झापाको बिर्तामोडमा आजदेखि कोसी प्रदेशस्तरीय खुल्ला ब्याडमिटन प्रतियोगिता २०७९ सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन कोसी प्रेदशसभा सदस्य एकराज कार्कीले गर्नुभयो । लायन्स क्लब अफ अनारमनी र लायन्स क्लब अफ बिर्तामोडको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो । लायन्स क्लब अफ बिर्तामोडका अध्यक्ष बलराम कार्कीका अनुसार प्रतियोगिताका विजेता टोलीले रू ५० हजार ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै, द्वितीय हुने टोलीले रू ३० हजार ट्रफी र प्रमाणपत्र र तृतीय हुने टोलीले रू सात हजार पाँच सयसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै, भेट्रानतर्फ ४५ वर्षदेखि माथिका खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगिताका विजयीले रू ३० हजार, द्वितीयले रू १५ हजार र तृतीय हुने टोलीले रू पाँच हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउने लायन्स क्लब अफ अनारमनीका अध्यक्ष राजकुमार ...
सरकारमा जाने तयारी छैनः सभापति लामिछाने

सरकारमा जाने तयारी छैनः सभापति लामिछाने

राजनीति
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्नेकाम भइरहेको छ भन्नुभयो । उहाँले भन्नुभयो, “सरकारमा जाने तयारी भन्ने होइन । परिस्थितिलाई मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।” उहाँले सत्ता समीकरण परिवर्तन भए पछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने बताउनुभयो । उहाँले थप्नुभयो, “अहिले सरकारमा जाने नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भएको छैन । ” रास्वपा छुट्टै परिचय बोकेर बनेको दल भएकाले पछिल्ला राजनीतिक घटनाक्रम नियाल्दै गरेको उहाँले बताउनुभयो । आफ्नो दलको राजनीतिक अभ्यास सुरुआती चरणमा रहेको सभापति लामिछानेले उल्लेख गर्नुभयो । सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा अब के गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल हुने उहाँक...