२०८१ श्रावण १२

एक साताभित्र कांग्रेस सरकारमा सहभागी हुन्छ : कांग्रेस नेता रिजाल




वीरगञ्ज, २९ फागुन :
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य रमेश रिजालले नेपाली कांग्रेस एक साताभित्र सरकारमा सहभागी हुने बताउनुभएको छ ।


Advertisement


वीरगञ्जका सञ्चारकर्मीसँग आज कुरा गर्नुहुँदै सांसद रिजालले चैतको ५ वा ६ गतेभित्र कांग्रेसमा सहभागी हुने तयारी भइरहेको बताउनुभयो । “कुन-कुन मन्त्रालय लिने र क-कस्लाई मन्त्री बनाउने बिषयमा पार्टीभित्र र सरकारमा सहभागी दलहरुसँग छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “उपराष्ट्रपतिको चुनाव सकिने बित्तिकै हामी सरकारमा जान्छाैँ ।”

नेपाली कांग्रेसले नौ वा १० मन्त्रालय लिएर सरकारमा जाने करिब-करिब सहमति भएको उहाँको भनाइ थियो ।



“कुन नेताको नेतृत्वमा सरकारमा जाने विषयमा कुनै ठोस निर्णय भइसकेको छैन”, सांसद रिजालले भन्नुभयो, “पार्टीले जसको आवश्यकता देख्छ, सरकारको नेतृत्व उसैले गर्छ, तर पार्टीले निर्णय गरिसकेको छैन ।”

आठ दलीय गठबन्धनबाट उपराष्ट्रपतिका लागि तीनजनाको उम्मेदवारी परे पनि अन्तिम समयसम्ममा एकजना उम्मेदवारमा सहमति हुने जिकिर गर्नुहुँदै उहाँले यस विषयमा गठबन्धन आबद्ध दलबीच प्रयास भइरहेको बताउनुभयो ।

राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल तटस्थ भूमिका निर्वाह गर्नुहुने विश्वास व्यक्त गर्नुहुँदै नेता रिजालले राष्ट्रपति पौडेलबाट प्रजातन्त्रको स्थायित्व र संविधानको रक्षा हुने उल्लेख गर्नुभयो ।

Copy link
Powered by Social Snap