आफूले गरेको फोहर आफैँ सफा गर्ने बानी बसालौँ : मन्त्री किराँती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफूले गरेको फोहर आफैँ सफा गर्ने बानीको विकास हुनुपर्ने बताउनुभएको छ ।
पशुपतिनाथ मन्दिर क्षेत्रमा आजदेखि सुरु गरिएको तीनमहिने बृहत् सरसफाइ अभियानको सुभारम्भ गर्नुहुँदै मन्त्री किराँतीले सफा रहनु सभ्यता प्रदर्शन गर्नु भएकाले आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर परिसरलाई सबै मिलेर सफा राख्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा ठूलो मानिसले सानो काम गर्नै हुँदैन भन्ने संस्कृतिको विकास भइरहेको छ, यसलाई भत्काएर अघि बढ्नुपर्छ, काम गर्दा कोही सानो हुँदैन ।”
उहाँले पशुपतिनाथ क्षेत्र सरसफाइका लागि पशुपति क्षेत्र विकास कोषले योजना बनाएर मन्त्रालयमा बुझाउनसमेत निर्देशन दिनुभयो । पछिल्लो समय सांस्कृतिक मूल्य र मान्यता हराउँदै गएको पाइएकाले समाजसँग जोडिएको विकृतिलाई सफा बनाउनुपर्ने उहाँको भनाइ थियो ।
आफ्नो मन्त्रालयअन्तर्...









