२०८१ जेष्ठ ५

Tag: COVID19

चन्द्रागिरिमा सङ्क्रमितको सङ्ख्या ५५१ पुग्योे, पाँचको मृत्यु

चन्द्रागिरिमा सङ्क्रमितको सङ्ख्या ५५१ पुग्योे, पाँचको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको छ । काठमाडौँको उपत्यका प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा बिहीबार १३ सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको हो । चन्द्रागिरिको सबैभन्दा थोरै वडा नं २ मा आठ र सबैभन्दा धेरै वडा नं ८ मा १०४ सङ्क्रमित भेटिएका छन् । यस्तै वडा नं १ मा १३, वडा नं २ मा आठ, वडा नं ३ मा ३६, वडा नं ४ मा २८, वडा नं ५ मा २९, वडा नं ६ मा १६, वडा नं ७ मा १५, वडा नं ८ मा १०४, वडा नं ९ मा १६, वडा नं १० मा ३०, वडा नं ११ मा ५९, वडा नं १२ मा ४६, वडा नं १३ मा ३५, वडा नं १४ मा ५१ र वडा नं १५ मा ५६ सङ्क्रमित छन् । Advertisement कोरोना सङ्क्रमितमध्ये ३४३ निको भएर घर फर्किसकेको, १६५ होम आइसोलेसन र ३८ जनाको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता हरिभक्त मह...
धरानमा कोरोनाबाट थप एकको मृत्यु, बीपीमा मृत्यु हुनेको संख्या ४० पुग्यो

धरानमा कोरोनाबाट थप एकको मृत्यु, बीपीमा मृत्यु हुनेको संख्या ४० पुग्यो

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा थप एक कोरोना संक्रmमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको धरान–१५ का ५५ वर्षीय पुरुष रहेका छन् ।  मिर्गौलासम्बन्धी समस्या रहेका उनमा असोज १६ गते कोरोना पुष्टि भएको थियो भने सोही दिन कोभिड अस्पतालमा भर्ना भएका थिए ।  Advertisement उनको उपचारका क्रममा सोमबार बिहान ६ः४५ मा मृत्यु भएको अस्पतालका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए ।  यससँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको श्रेष्ठले जानकारी दिए ।  हालसम्म सो अस्पतालमा ८२३ जना भर्ना भएकामा ७४६ जना डिस्चार्ज भइसकेका छन् ।   ...
उपत्यकाका मेयर भन्छन्–अब लकडाउन हैन, कोरानासँग लड्दै काम गरौँ

उपत्यकाका मेयर भन्छन्–अब लकडाउन हैन, कोरानासँग लड्दै काम गरौँ

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । सबैभन्दा धेरै जनघनत्व रहेको काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । काठमाडौंमा जारी निषेधाज्ञा हटाउनुका साथै लामो दुरीको सवारी सञ्चालन हुन थालेपछि काठमाडौं उपत्यका कोरोना संक्रमणको केन्द्र बनेको छ ।  पछिल्लो समय देशभरीको कोरोना संक्रमणको आँकडाको तुलना गर्दा उपत्यकामा दैनिक ५० देखि ६० प्रतिशत हाराहारी कोरोना संक्रमित फेला पर्न थालेका छन् । उपत्यकामा नगर प्रमुखहरुमा समेत कोरोना संक्रमण हुन थालेको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य उपचारपछि फर्किएका छन् भने ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ आइसोलेसनमा रहेका छन् ।  राजधानी प्रवेश गर्ने प्रमुख नाकाको रुपमा रहेको नागढुङ्गा नाका काठमाडौंको चन्द्रागिरी नगरपालिका अन्तर्गत पर्छ । सो नगरपालिकामा ६ जनाको संक्रमणबाट निधन भएको छ । २५ जना अस्पताल र ८५...
कोरोनाबाट थप १० को मृत्य, ३४ जना भेन्टिलेटरमा

कोरोनाबाट थप १० को मृत्य, ३४ जना भेन्टिलेटरमा

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी बितको २४ घण्टामा देशभर कोरोनाभाइरसबाट थप १० जनाको मृत्यु भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । मृतकमा ३ महिला र ७ पुरुष रहेको उनले बताए ।   मृतकमा काठमाडौंमा ५७ वर्षीया महिला, ६० र ७० वर्षीय पुरुष रहेका छन् । यस्तै बाँकेमा ७६ वर्षीया महिला, ५३ र ३९ वर्षीय पुरुष रहेका छन । यस्तै मोरङमा ६८ वर्षीय पुरुष, सर्लाहीमा ७२ वर्षीया महिला, महोत्तरीमा ५८ वर्षीय पुरुष र चितवनमा ५५ वर्षीय पुरुष रहेका छन् ।  Advertisement यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४९१ पुगेको छ । यस्तै देशभर आईसीयूमा २१३ जना रहेका छन् भने भेन्टिलेटरमा ३४ जना रहेका छन् । ५०० बढी संक्रमित रहेको जिल्ला ७ वटा रहेका छन् ।  ...
कोरोनाबाट उपत्यकाका ४ सहित ८ को मृत्यु

कोरोनाबाट उपत्यकाका ४ सहित ८ को मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ४ सहित ८ जनाको मृत्यु भएको छ । मृतक सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका २० र ७४ वर्षीय पुरुष रहेका छन् भने ललितपुर र भक्तपुरका क्रमशः ७६ र ८८ वर्षीय पुरुष रहेका छन् । यस्तै सप्तरीका ६६, मकवानपुरका ७४, रुपन्देहीका ७२ र कैलालीका ३० वर्षीय पुरुषको पनि मृत्यु भएको छ।   Advertisement यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये हालसम्म ०.६५ प्रतिशतको मृत्यु भएको छ ।  ...
पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: सेतोपाटी पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार मंगलबार थपिएकासहित हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ६६ हजार ६३२ पुगेको छ। त्यस्तै सोही अवधिमा जना कोरोनाबाट ८२३ मुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ। Advertisement कोरोनाबाट निको हुनेको दर ७२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा मृतक थप २ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म मृतक ४२९ जनामा कोरोना पुष्टि भएको छ। ...
सोमबार थपिए १ हजार १ सय ५४ कोरोना संक्रमित, थप १६ जनाको मृत्यु

सोमबार थपिए १ हजार १ सय ५४ कोरोना संक्रमित, थप १६ जनाको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी सोमबार थप १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६५ हजार २७६ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ। Advertisement हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ छ।  पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ। ...
उपत्यकामा ७११ संक्रमित थपिए, ५ जनाको मृत्यु

उपत्यकामा ७११ संक्रमित थपिए, ५ जनाको मृत्यु

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar ३ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७११ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५७० जना, भक्तपुरका ८३ र ललितपुरका ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । Advertisement थप ५ जनाको मृत्यु भएको छ । ललितपुरका ६८ र ७६ ववर्षीया महिल.ला तथा ६० वर्षका पुरुष तथा काठमाडौंका ७७ वर्षीया महिला र ७५ वर्षीय पुरुषको मृत्यु भको हो । ...
२४ घण्टामा देशभर हालसम्मकै बढी २ हजार २० जना कोरोना संक्रमित थपिए

२४ घण्टामा देशभर हालसम्मकै बढी २ हजार २० जना कोरोना संक्रमित थपिए

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी बितेको २४ घण्टामा देशभर २ हजार २० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या ६१,५९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  संक्रमितमध्ये १७३ आईसीयूमा उपचाररत छन् भने ३६ जना भेन्टिलेटरमा रहेका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४३ हजार ८२० पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । पछिल्लो २४ घण्टामा ८७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणमुक्त हुनेको दर ७१.१ प्रतिशत रहेको छ । Advertisement आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २९५ र होम आइसोलेशनमा ८ हजार ०८८ जना रहेका छन् । यस्तै आज पीसीआर ११ हजार ४५८ जनाको भएको छ । ...
कोरोना परीक्षण गर्ने निजी प्रयोगशालाहरुको भेलाको ठहर– दुई हजारमा परीक्षण असम्भव

कोरोना परीक्षण गर्ने निजी प्रयोगशालाहरुको भेलाको ठहर– दुई हजारमा परीक्षण असम्भव

देश, समाचार, स्वास्थ्य
साभार: कान्तिपुर सोमबार धुम्बराईस्थित ह्याम्स अस्पतालमा काठमाडौं उपत्यकामा परीक्षणको इजाजत पाएका काठमाडौं मेडिकल कलेजबाहेकका सबै प्रयोगशालाहरु भेला भएर सरकारले पछिल्लोपटक कायम गरेको मूल्यलाई पुनरावलोकन गर्नका लागि अनुरोध गर्ने निर्णय गरेका हुन् । केही निजी प्रयोगशालाहरु सरकारले सुरुमा कायम गरेको अधिकतम मुल्य ५५ सय रुपैयाँलाई घटाएर ४४ सय कायम गर्दा नै असन्तुष्ट थिए भने त्यसलाई पनि घटाएर २ हजार कायम गरेपछि सरकारविरुद्ध एकताबद्ध भएका हुन् । Advertisement ह्याम्स अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माको अध्यक्षतामा आयोजित भेलाले गरेको निर्णयमा उपत्यका बाहिरका प्रयोगशालाले समेत ऐक्यबद्धता जनाउने मौखिक जानकारी दिएको बताइएको छ । कोरोना परीक्षण गर्ने निजी प्रयोगशालाहरुको भेलाले सरकारलाई कोरोना महामारीको व्यवस्थापनका लागि सहयोग गरिरहेको अवस्थ...