२०८१ बैशाख १४

कोरोना परीक्षणको व्यवस्थासहित काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

साभार: रातोपाटी

काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल गर्न असोज १९ गते दिउँसो २ बजे  पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । कोभिड–१९ को महामारीका कारण बैठक अगाडि काँग्रेसले  पदाधिकारी, सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको कोरोना परीक्षण पनि गर्ने भएको छ ।

त्यसका लागि असोज १५ गते बिहान ११ बजेबाट ३ बजेसम्म सम्पूर्ण पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र कर्मचारीहरुलाई अनिवार्य पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ । 


Advertisement


कोरोना महामारीले फागुन ७ देखि १० का लागि निर्धारित १४ औं महाधिवेशन अन्योल बनेपछि काँग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो । कोरोना महामारीका बीच वर्तमान कार्यविधिभित्र रहेर निर्धारित मितिमा महाधिवेशन गर्न सम्भव नभएपछि बैठक छलफलबाट निकास खोजिने भएको छ । 

काँग्रेसमा पार्टी संयोजन, क्रियाशील सदस्यता वितरण र नवीकरणका कार्यसूचीमै कोरोनाको चुनौती खडा भएको छ ।  कोरोनाका कारण विभिन्न जिल्लाबाट निर्धारित कार्यसूचीअनुसार काम हुन नसकेको जानकारी यसअघि नै पार्टीको केन्द्रीय कार्यालयमा आइपुगेको छ । असोजको पहिलो सासासम्म पनि केही जिल्लामा पार्टी संयोजन, क्रियाशील सदस्यता वितरण र नवीकरणका काम सम्पन्न हुन सकेको छैन । 

कोरोना संक्रमण बढ्दै गएका कारण अझै केही साता त्यस प्रकारका राजनीतिक गतिविधि अघि बढाउन सम्भव नहुने र कात्तिक एवं मंसिरको पहिलो सातासम्म दशैं–तिहार र छठ जस्ता चाडपर्व पर्ने भएकाले निर्धारित कार्यसूचीअनुसार फागुनमा महाधिवेशन हुन नसक्ने देखिएको हो । बैठकले उक्त कुरालाई ध्यानमा राखेर नयाँ विकल्प अगाडि सार्ने बुझिएको छ ।

Copy link
Powered by Social Snap