२०८१ बैशाख १२

Tag: covid-19 deaths

सिराहाका कोरोना संक्रमितको जनकपुरमा मृत्यु

सिराहाका कोरोना संक्रमितको जनकपुरमा मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
१३ कात्तिक, जनकपुरधाम । सिराहामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको सुखीपुर नगरपालिका वडा नम्बर ८ निवासी ७० वर्षीय पुरूषको कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख कृष्णदेव यादवका अनुसार ती पुरुषको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो । Advertisement एक्कासी ज्वरो र रुघाखोकी लागेर श्वास लिन कठिनाई भएपछि पुरूषलाई गत कात्तिक ३ गते उपचारका लागि प्रादेशिक अस्पताल ल्याइएको थियो । उनको सोही दिन स्वाब लिएर संकलन गर्दा ४ गते रिपोर्ट पोजेटिभ आएको थियो । पोजेटिभ आएका पुरूषलाई आइसोलेसनमा राखेर उपचार गरिरहँदा बिहीबार मृत्यु भएको यादवले बताए । उनका अनुसार पुरूष दमका रोगी समेत थिए । योसँगै सिरहामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १७ पुगेक...
३६ वर्षीया महिलाको कोरोनाबाट  मृत्यु : पोखरा

३६ वर्षीया महिलाको कोरोनाबाट मृत्यु : पोखरा

देश, समाचार, सामाजिक, स्वास्थ्य
१३ कात्तिक, काठमाडौं । पोखरामा एकजना कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गतको कोभिड–१९ अस्पतालमा उपचाररत पोखरा महानगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो । Advertisement आईसीयूमा उपचाररत ती महिलाको गएराति ११ बजे मृत्यु भएको अस्पतालका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए । उनमा यही कात्तिक ५ गते संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएकी थिइन् । कोरोना संक्रमित भइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुने उनी २० औं व्यक्ति हुन् । Credit: OnlineKhabar ...
२४ घण्टामा २७२५ पीसीआर परीक्षण, ५७० मा संक्रमण पुष्टि

२४ घण्टामा २७२५ पीसीआर परीक्षण, ५७० मा संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
देशभर कोरोनाभाइरस संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ।  संक्रमितमध्ये हालसम्म १ लाख १८ हजार ८४३ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७२५ जनाको पीसीआर परीक्षण भएको छ भने त्यसमा ५७० जना पोजेटिभ भेटिएका छन् ।  Advertisement संक्रमितमा २११ जना महिला र ३५९ जना पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर ३१६८ जना निको भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।  यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको छ । यस्तै सक्रिय संक्रमित ४० हजार ६३१ जना रहेका छन् । सोमबार विजयादशमी रहेको र धेरैजसो ल्याबहरु बन्द रहेकाले पीसीआर घटेको हो ।  साभार: रातोपाटी ...
पोखरामा मात्रै १०१ संक्रमित थपिए, गण्डकीमा थप चार जनाको निधन

पोखरामा मात्रै १०१ संक्रमित थपिए, गण्डकीमा थप चार जनाको निधन

देश, समाचार, सामाजिक, स्वास्थ्य
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६७ पुगेको छ । पछिल्लो विवरण अनुसार थप थप ४ जनाले ज्यान गुमाएसँगै गण्डकी प्रदेशमा  कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार पोखरा महानगरपालिका–५ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको गए राति ९ः१० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा  निधन भएको हो  । मृतकमा गत ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा अन्य दीर्घ रोगको समस्या पनि जनाइएको छ ।अहिले उनको शब व्यबस्थापनको तयारी भइरहेको छ । यस्तै, अर्का मृतक नवलपुरको गैंडाकोट–५ का रहेका छन् । ७३ वर्षीय कोरोना संक्रमित पुरुषको गए राति चितवन मेडिकल कलेज, चितवनमा उपचारका क्रममा निधन भएको हो । उनलाई गत ६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो  । गत ५ गते उनलाई उपचारका लागि अस्पता...
थप एक गैरआवासीय नेपालीको कोरोनाका कारण मृत्यु

थप एक गैरआवासीय नेपालीको कोरोनाका कारण मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
९ कात्तिक, काठमाडौं । विश्वव्यापी महामारी कोभिड–१९ संक्रमणबाट गत साता विदेशमा थप एक नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट निधन भएको हो । एनआरएनए, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७५२ नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । तीमध्ये ३९ हजार १७९ जना अर्थात् ९२ प्रतिशत न कोरोनामुक्त भएको समितिले जनाएको छ । Advertisement गत साता भारत, कतार र स्पेनमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ । हालसम्म १९ देशका २८४ नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको जानकारी एनआरएन, कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले दिए । यस्तै नेपालमा मात्र एक लाख ५५ हजार २३३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये एक लाख आ...
कोरोना सङ्क्रमणबाट  इलाम र सुनसरीका एक–एक जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट इलाम र सुनसरीका एक–एक जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
विराटनगरमा आज थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत इलाम नगरपालिका–२ का ५९ वर्षीया महिला तथा सुनसरीको गढी गाउँपालिका– ९ का ३८ वर्षीय पुरुषको मृत्यु भएको हो । Advertisement श्वास प्रश्वासमा समस्या देखिएपछि यही कात्तिक ४ गते अस्पताल भर्ना भएकी ती महिलामा सोही दिन कोरोना पुष्टि भएको थियो । त्यस्तै निमोनिया रोगबाट पीडित भएपछि यही कात्तिक ४ गते अस्पताल भर्ना भएका ती पुरुषमा पनि सोही दिन कोरोना पुष्टि भएको थियो । दुबै जनाको उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए । साभार: रातोपाटी ...
कोभिड–१९ बाट २१ जनाको मृत्यु: सुदूरपश्चिम

कोभिड–१९ बाट २१ जनाको मृत्यु: सुदूरपश्चिम

देश, समाचार, स्वास्थ्य
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा कैलालीका सबैभन्दा बढी १० जना रहेका छन् ।  यस्तै बझाङ, अछाम र बाजुरामा दुई÷दुई तथा कञ्चनपुर, डोटी, दार्चुला र डडेल्धुरामा एक÷एक जनाको मृत्यु भएको छ ।  सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले पछिल्लो समय सुदूरपश्चिममा सक्रिय सङ्क्रमितको संख्या बढ्दै गएको बताए।  Advertisement “अरु प्रदेशको तुलनामा सुदूरपश्चिममा मृत्युदर कम छ”, उनले भने, “कोरोनाबाट निको हुने दर पनि बढी नै छ ।” शुक्रबार साँझसम्म सुदूरपश्चिममा नौ हजार ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार ४४३ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।  बिरामीको प्रभावकारी व्यवस्थापनका का...
कोरोना सङ्क्रमणबाट कर्मचारीको मृत्यु

कोरोना सङ्क्रमणबाट कर्मचारीको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोरोना सङ्क्रमणका कारण दाङमा आज एक  कर्मचारीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा  भूमिसुधार तथा मालपोत कार्यालय, घोराहीमा कार्यरत तुलसीपुर उपमहानगरपालिका १७ दूधरास निवासी ५३ वर्षीय नायब सुब्बा हीराबहादुर डाँगी  छन् । Advertisement उनलाई यही कात्तिक ४ गते  सङ्क्रमण देखिएको र आज श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि कोरोना विशेष  अस्पताल बेलझुण्डी लगिएको थियो । साभार: रातोपाटी ...
चितवनमा कोरोना संक्रमित महिलाको निधन

चितवनमा कोरोना संक्रमित महिलाको निधन

देश, समाचार, सामाजिक, स्वास्थ्य
चितवनमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर हेटौँडा–५ बस्ने ३३ वर्षीया महिला रहेको छ । भरतपुर अस्पतालमा उपचाररत उनको आज बिहान ६ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।  Advertisement अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत असोज ३० गते कोरोना सङ्क्रमणसहित खोकी र श्वासप्रश्वासमा समस्याबाट पीडित भई अस्पतालमा भर्ना भएकी उनलाई सोही दिन कोरोना पुष्टि भएको थियो ।  उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालको कोभिड सघन उपचार कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । ...
कोरोना संक्रमणबाट धादिङमा ३ जनाको मृत्यु

कोरोना संक्रमणबाट धादिङमा ३ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
धादिङ । कोभिड –१९ को संक्रमणका कारण दुई दिनका अवधिमा धादिङका तीन जनाले ज्यान गुमाएका छन् । नेपाल बार एशोसिएशन धादिङका संस्थापक अध्यक्ष अधिवक्ता गोबिन्दबहादुर श्रेष्ठको संक्रमणबाट मृत्यु भएको छ । त्रियासी वर्षीय श्रेष्ठको उपचारका लागि अल्का अस्पताल लगिएकामा मृत्यु भएको धादिङ बार एशोसिएशनका अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिए । दुई दिनअघि अस्पताल लगिएकामा भर्ना गर्नसमेत समस्या भएको थियो । निमोनिया र दमको समस्या भोगिरहनुभएका श्रेष्ठका दुई छोरा र चार छोरी  छन् । श्रेष्ठ धादिङ बार एशोसिएशनको २०४६ सालमा स्थापना हुँदा अध्यक्ष रहेका थिए । Advertisement यसैगरी कोरोना भाइरसको संक्रमणबाट ज्वालामुखी गाउँपालिका वडा नं ७ का मोहन लोहनीको आज मृत्यु भएको छ । उनको काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा मृत्यु भएको हो । लामो समयदेखि युवा राजनीतिमा संल...