२०८१ बैशाख १३

Tag: covid-19 deaths

वीरगन्जमा उपचार गराइरहेका रौतहटका संक्रमितको मृत्यु

वीरगन्जमा उपचार गराइरहेका रौतहटका संक्रमितको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: कान्तिपुर वीरगन्ज — नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचाररत रौतहट गम्हरीया–३ का ३० वर्षीय संक्रमित युवकको शनिबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले युवकलाई बिहीबार नारायणी अस्पताल लिएर आएका थिए । Advertisement स्वाब संकलन गरी परीक्षण गर्दा शुक्रबार ती युवकमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि शुक्रबार साँझ साढे ७ बजेको समयमा उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको थियो । नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार ती युवकको उपचारको क्रममा शनिबार साँझ साढे ७ बजेको समयमा मृत्यु भएको हो । ...
धरानमा सिरहाका संक्रमितको मृत्यु

धरानमा सिरहाका संक्रमितको मृत्यु

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar १३ भदौ, विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार राति करिब साढे ११ बजे सिरहाको भदैया ६ घर भएका ८४ वर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृतकमा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो । Advertisement ती वृद्धलाई उपचारका लागि भदौ ६ गते धरान ल्याइएको थियो । कोरोनाको आशंकामा स्वाबको पीसीआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकमा मिर्गौला सम्बन्धी पुरानो समस्या रहेको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा भर्ना भएकामध्ये कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । ...
वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी वीरगन्जमा थप ३ जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेको वीरगन्ज हेल्थ केयर अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए। वीरगन्जकी ६५ वर्षीया महिलाको शुक्रबार साँझ साढे ५ बजे नारायणी अस्पतालमा मृत्यु भएको हो। यस्तै वीरगन्ज-१२ निवासी ४३ वर्षीय पुरुषको शुक्रबार राति १२ बजे वीरगन्ज हेल्थ केयरमा मृत्यु भएको डा. चौरसियाले बताए। उनको नेसनल मेडिकल कलेजबाट रिफर गरेको केही घण्टामै मृत्यु भएको हो। ती पुरुष एचआइभी संक्रमित पनि रहेको अस्पतालले जनाएको छ। यस्तै शुक्रबार राति नै अर्का ३७ वर्षीय कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ। वीरगन्ज हेल्थ केयरबाट रिफर भएर काठमाडौं लाने क्रममा उनको बाटोमै मृत्यु भएको हो। परिवारले पुरुषको मुग्लिङ नपुग्दै मृत्यु भएको अस्पताललाई जानकारी गराएका छन्। ...