२०८३ आश्विन १५

खेलकुद

फुटबल विवाद छानविन समितिको प्रतिवेदन : अलमुताइरीले आचरण सुधार गर्नुपर्ने

फुटबल विवाद छानविन समितिको प्रतिवेदन : अलमुताइरीले आचरण सुधार गर्नुपर्ने

खेलकुद
अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरबीचको विवादको विषयमा छानविन गर्न गठिन समितिले प्रतिवेदन तयार गरेको छ।  समितिले तयार गरेको प्रतिवेदन बुधबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाललाई बुझाइएको छ। अब यो प्रतिवेदन युवा तथा खेलकुद मन्त्रालयमार्फत एन्फामा पुग्नेछ।  Advertisement प्रतिवेदनमा प्रशिक्षक अलमुताइरीले आफ्नो व्यवसायीक आचरण तथा बानी व्यहोरामा सुधार गर्नुसहित ११ बुँदे सुझाव दिइएको छ।  प्रतिवेदनमा भनिएको छ,'प्रशिक्षक अल्दुल्लाह अलमुताइरीले आफ्ना केही व्यवसायीक आचरणगत बानी व्यहोरामा सुधार गर्नुपर्ने देखिन्छ।' यसअघि परिषदले बोर्ड सदस्य पुनेन्द्रविक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरेको थियो। साउन तेस्रो सातादेखि काम सु...
देवेन्द्र तामाङले मच्छिन्द्रसँगको सम्झौता गरे नवीकरण

देवेन्द्र तामाङले मच्छिन्द्रसँगको सम्झौता गरे नवीकरण

खेलकुद
डिफेन्डर देवेन्द्र तामाङले यो सिजन पनि मच्छिन्द्र क्लबबाट खेल्ने भएका छन्।  उनले सम्झौता नवीकरण गरेको मच्छिन्द्रले बुधबार जनाएको छ। Advertisement तामाङ दुई सिजनअघि मच्छिन्द्रमा आबद्ध भएका थिए। त्यतिबेलामा मच्छिन्द्रले सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थियो।  यसअघि हिजो मंगलबार डिफेन्डर रंजित धिमालले पनि मच्छिन्द्रसँगको सम्झौता नवीकरण गरेका थिए।  यसअघि सिजनका लागि मच्छिन्द्रले गोलकिपर विशाल श्रेष्ठ, रेजिन सुब्बा, सुजल श्रेष्ठसँग सम्झौता नवीकरण गरिसकेको छ। प्रशिक्षकमा प्रवेश कटुवालले पनि सम्झौता नवीकरण गरेका थिए। यो सिजनको ए डिभिजन लिग कात्तिक अन्तिम सातादेखि गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।  यसअघि असोजमा गर्ने भनिए पनि एन्फाले झन्डै दुई महिना लिग सारेको हो।  ...
नेपाललाई एसियन युथ बक्सिङमा ऐतिहासिक तीन पदक

नेपाललाई एसियन युथ बक्सिङमा ऐतिहासिक तीन पदक

खेलकुद
नेपालले युनाइटेड अरब इमिरेटस् (युएई) मा जारी एएसबिसी एसियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा तीन कास्य पदक प्राप्त गरेको छ। कास्य पदक प्राप्त गर्नेमा दुई महिला र एक पुरुष खेलाडी छन्।  छिरिङ वाङ्दी शेर्पाले पुरुष ५४ किलोमा कास्य पदक प्राप्त गरे। उनले सेमिफाइनलमा कजाकिस्तानका एडाइबेक नियाजबेसित पराजित भए। Advertisement यसअघि उनले कुवेतका मोहम्मद अलिनेजीलाई हराउँदै कास्य पदक पक्का गरेका थिए। जुनियर इभेन्टतर्फ शेर्पाले कुवेतका मोहम्मदलाई ५–० अंकले पराजित गरेका थिए।  नेपाली टोलीका साथमा रहेका ओलम्पियन एवं प्रशिक्षक डम्बरदत्त भट्टका अनुसार जुनियरतर्फ महिला ५२ किलोमा नेपालकी स्वस्तिका तिरुवा र महिला ५७ किलोमा नारिका राईले पनि कास्य पदक प्राप्त गरे। प्रतियोगितामा नेपालबाट शेर्पा, तिरुवा र राईसँगै पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ...
राष्ट्रिय टिमबाट अभिषेकसहित तीन खेलाडी बाहिरिए

राष्ट्रिय टिमबाट अभिषेकसहित तीन खेलाडी बाहिरिए

खेलकुद
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय टिमलाई २५ खेलाडीमा झारेका छन्। पछिल्लो पटक नेपाली टिमबाट तीन जना खेलाडी बाहिरिएका छन्।  गोलकिपर अर्पण कार्की, फरवार्ड अभिषेक रिजाल र शिशिर लेखी टिमबाट बाहिरिएका हुन्। Advertisement नेपाली राष्ट्रिय टिम हाल पोखरामा बन्द प्रशिक्षणमा छ। नेपाली टिमले भारतसँगको दुई मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसीपको तयारी गरिरहेको छ।  नेपालले दशरथ रंगशालामा भारतसँग आगामी भदौ १७ र २० गते मैत्रीपूर्ण खेल खेल्नेछ। तेह्रौं संस्करणको दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) आगामी असोज १५ देखि २७ गतेसम्म माल्दिभ्समा हुने तय भएको छ। नेपाली टिमकिरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, सुमन अर्याल, दिनेश राजंवशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज जिउ ठकुरी...
त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टिम ओमानतर्फ

त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टिम ओमानतर्फ

खेलकुद
ओमान र अमेरिकासितको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपाली टोली ओमान प्रस्थान गरेको छ। १७ खेलाडीसहित २२ सदस्यीय टिम त्रिभुवन विमानस्थलबाट सलाम एयरबाट ओमानका लागि उडेको हो। ज्ञानेन्द्र मल्लको कप्तानीमा गुल्शन झा, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहितकुमार पौडेल, सुशन भारी, शरद भेषवाकर र विक्रम सोव सिरिज खेल्न ओमान गएको हो।  यस्तै टोलीमा मुख्य प्रशिक्षक डेभ वाटमोर, व्यवस्थापक मोहम्मद दाउद अन्सारी, टेक्निकल एनालिस्ट रमन शिवाकोटी, फिजियो विक्रम न्यौपाने र ट्रेनर राकेश काशिभाइ गोहित छन्। Advertisement ओमान सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म सञ्चालन हुनेछ। त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई ख...
इपिएल खेल्ने नेपाली खेलाडीको तलब २० प्रतिशत बढ्यो

इपिएल खेल्ने नेपाली खेलाडीको तलब २० प्रतिशत बढ्यो

खेलकुद
बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब २० प्रतिशत बढेको छ।  इपिएलले सिजन २०२१ का लागि खेलाडीको तलब बढाउन फ्रेन्चाइज टिमसँग सहमती भएको जनाएको छ।  Advertisement चौंथो संस्करणको इपिएल क्रिकेट आगामी असोज ९ देखि असोज २३ गतेसम्म सञ्चालन हुने तय छ।  प्रतियोगितामा विभिन्न ६ शहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन्। जसमा साविक विजेता ललितपुर प्याट्रीयट्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन्। चौथो संस्करण विश्वको १५० देशमा प्रत्यक्ष प्रशारण हुनेछ भने लिगमा शाहिद अफ्रिदी, शोयब मलिक, कार्लोस ब्राथवेट जस्ता खेलाडीहरु पनि खेल्ने हुँदा लिगको लोकप्रियता बढ्ने विश्वास आयोजकले लिएको छ।  अफ्रिदी काठमाडौँ किंग्स-११...
केटीएम सिटीको एन्फा सोरूम दरबारमार्गमा

केटीएम सिटीको एन्फा सोरूम दरबारमार्गमा

खेलकुद
राष्ट्रिय फुटबल टिमको मुख्य प्रायोजक संस्था केटीएम सिटीले एन्फा सोरूम दरबारमार्गमा सञ्चालनमा ल्याएको छ। Advertisement अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र एन्फाका उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटिका अध्यक्ष उपेन्द्र मान सिंहले आइतबार एक कार्यक्रमका बीच सोरूमको उद्घाटन गरेका हुन्। सोरुममा राष्ट्रिय फुटबल टिमको आधिकारिक जर्सी तथा खेल सामाग्री व्यापारिक प्रयोजनका लागि राखिएको छ। पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट आह्वान गरिएको टेन्डरमा केटीएम सिटीले सर्वाधिक रकम बोलकबोल गर्दै तीन वर्षका लागि राष्ट्रिय फुटबल टिमको जर्सी र खेल सामाग्रीको आधिकारिक प्रायोजक गर्ने सम्झौता गरेको थियो । सम्झौता पश्चात केटीएम सिटीले पहिलो पटक एन्फा सोरुम सञ्चालनमा ल्याएको हो । उद्घाटन पछि एन्फा अध्यक्ष शेर्पाले केटीएम सिटीसँगको सहकार्यले फुटबलको व्...
कप्तान रूटको शानदार पारिमा इंग्ल्यान्डलाई भारतमाथि २७ रनको अग्रता

कप्तान रूटको शानदार पारिमा इंग्ल्यान्डलाई भारतमाथि २७ रनको अग्रता

खेलकुद
इंग्ल्याण्डका कप्तान जो रूटको उत्कृष्ट ब्याटिङमा भारत विरूद्ध जारी दोस्रो टेस्टको पहिलो इनिंग्समा घरेलु टोलीले २७ रनको अग्रता हाँसिल गरेको छ। ११९/३ को अवस्थाबाट दिनको सुरुवात गरेको इंग्ल्यान्डले तेस्रो दिनको समाप्तिमा थप ७ विकेट गुमाउँदै ३९१ रन बनायो। Advertisement इंग्ल्यान्डको लागि कप्तान जो रूटले करियरको २२ औं टेस्ट शतक बनाउने क्रममा अविजित १८० रन बनाए। ३२१ बल खेलेका उनले १८ चौका प्रहार गरे। यो सँगै उनले टेस्ट क्रिकेटमा ९ हजार रन पुरा गरेका छन्। रूट इंग्ल्यान्डको लागि ९ हजार रन पुरा गर्ने दोस्रो ब्याट्सम्यान बनेका छन्। रुट भन्दा बढी इंग्ल्यान्डको लागि एलेस्टर कुकले १२,४७२ रन बनाएका छन्। रूटले चौथो विकेटको लागि जोनी बेयरस्टोसँग १११ रन, पाँचौ विकेटको लागि जोस बटलरसँग ५४ रन तथा छैठौं विकेटको लागि मोईन अलिसँग ५८ रनको साझेदारी गरे। दशौँ विकेटको ला...
पारसलाई प्रधानमन्त्री देउवाको शुभकामना- जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्

पारसलाई प्रधानमन्त्री देउवाको शुभकामना- जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्

खेलकुद
हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका पारस खड्काले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। Advertisement शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले देउवालाई भेटेका हुन्। भेटमा प्रधानमन्त्री देउवाले पारसलाई दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका सफलता र क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा धन्यवाद दिएका छन्। साथ, देउवाले नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् भनेर पारसलाई शुभकामना समेत दिएका छन्। https://twitter.com/SherBDeuba/status/1426454785067163649?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1426454785067163649%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.setopati.com%2Fsports%2Fcricket%2F246118 ...
७४ वर्षपछि फर्किएको ब्रेन्टफोर्डद्वारा प्रिमियर लिगमा शानदार सुरूवात, आर्सनल स्तब्ध

७४ वर्षपछि फर्किएको ब्रेन्टफोर्डद्वारा प्रिमियर लिगमा शानदार सुरूवात, आर्सनल स्तब्ध

खेलकुद
आर्सनललाई हराउँदै नव प्रवेशी ब्रेन्टफोर्डले इंग्लिस प्रिमियर लिगमा शानदार सुरुवात गरेको छ।  लिग अन्तर्गत शुक्रबार भएको सिजन २०२१-२२ को पहिलो खेलमा आर्सनललाई प्रिमियर लिगमा ७४ वर्षपछि फर्किएको ब्रेन्टफर्डले आर्सनलमाथि २–० को जित निकाल्दै लिगमा उत्कृष्ट पुनरागमन गरेको हो। Advertisement ब्रेन्टफर्डले घरेलु मैदानमा भएको खेलमा दुवै हाफमा गोल गर्दै २-० को जित दर्ता गर्‍यो। पहिलो हाफमा ब्रेन्टफर्डले एकपक्षीय रुपमा दबाब कायम गरेको थियो । दोस्रो हाफमा केहि सुधारिएको प्रदर्शन गरे पनि आर्सनलले पहिलो खेलको हार टार्न सकेन।  खेलको २२ औं मिनेटमा सर्जी कानोसले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।  दोस्रो हाफको ७३ औं मिनेटमा क्रिस्टियन नोर्गार्डले गोल गर्दै क्लबको अग्रता दोब्बर पारे।  घरेलु मैदान ब्रेन्टफोर्ड सामुदायिक रंगशालाम...