२०८१ बैशाख २१

सन्दीपले लगातार दोस्रो सिजन होबार्टबाट बिग ब्यास लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियाको ११औं सिजनको बिग ब्यास लिग (बिबिएल) होबार्ट हुरिकेन्सबाट खेल्ने भएका छन्। 

सन्दीप र होबार्टबीच सिजन २०२१-२२ का लागि सम्झौता नवीकरण भएका हो। 


Advertisement


गत सिजन उनले होबार्टबाट ८ खेल खेल्दा ८ विकेट लिएका थिए। गत सिजन उनको उत्कृष्ट प्रदर्शन २-२४ थियो। 

त्यसअघि उनले मेलवर्न स्टार्सबाट बिबिएल खेलका थिए। 

२१ वर्षीय स्पिनर सन्दीपले विश्वका विभिन्न फ्रेन्चाइज लिगबाट खेल्दै आएका  छन्। 

२०२१ मा भने उनले खासै खेल पाएका छैनन्। इंग्ल्यान्डको टी-२० ब्लास्ट र द हन्ड्रेड उनले भिसाको समस्याको कारण खेल्न पाएनन्।

पाकिस्तान सुपर लिग पनि कोरोनाले स्थगित हुँदा उनले खेल्न पाएनन्।  

यस्तै क्यारेबियन प्रिमियर लिग पनि उनले राष्ट्रिय टिमको खेल भएका कारण गुमाउँदैछन्। 

होबार्टसँग सम्झौता नवीकरण गरेपछि सन्दीपले खुसी व्यक्त गरेका छन्। 

‘म अस्ट्रेलियामा फर्कँदै छु र यो वर्ष पनि हुरिकेन्सबाट खेल्दैछ,’ उनले भनेका छन्। 

‘मैले गत सिजन हुरिकेन्सबाट खेल्दा मजा लिएकाे थिए। यो सिजन पनि खेल्नका लागि उत्साहित छु।’  

सन्दीप होबार्टसले यो सिजनका लागि आबद्ध गरेको पहिलो विदेशी खेलाडी हुन्। 

होबार्टमा सन्दीपसँगै स्कट बोल्यान्ड, टिम डेभिड, नाथान इल्स, पिटर ह्यान्डसकम, कलेब जवेल, जोश कान, बेन म्याकडर्मोट, रिली मेरेडिथ, मिच अवेन, विल पार्कर, डि’आर्ची सर्ट, म्याथ्यु वेड र म्याक राइट आबद्ध छन्। 

Copy link
Powered by Social Snap