२०८१ जेष्ठ २

जिम्बावेका सिकन्दर राजाले विराटनगरबाट इपिएल खेल्ने

जिम्बावेका ब्याट्सम्यान सिकन्दर राजाले एभरेस्ट प्रिमियर लिग (इपिएल) टिम विराटनगर वारियर्सबाट खेल्ने भएका छन्। 


Advertisement


उनीसँग यो सिजनका लागि सम्झौता भएको विराटनगरले जनाएको छ। 

जिम्बावेका लागि १०५ एकदिवसीय, १७ टेस्ट र ४२ टी२० खेलेका उनीसँग पाकिस्तान सुपर लिग र क्यारेबियन प्रिमियर लिग खेलेको अनुभव पनि छ। 

चौंथो संस्करणको इपिएल क्रिकेट आगामी असोज ९ देखि असोज २३ गतेसम्म सञ्चालन हुने तय छ। 

प्रतियोगितामा विभिन्न ६ शहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन्। 

जसमा साविक विजेता ललितपुरसँगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्स रहेका छन्।

Copy link
Powered by Social Snap