२०८३ असार ११

सामाजिक

पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: सेतोपाटी पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार मंगलबार थपिएकासहित हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ६६ हजार ६३२ पुगेको छ। त्यस्तै सोही अवधिमा जना कोरोनाबाट ८२३ मुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ। Advertisement कोरोनाबाट निको हुनेको दर ७२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा मृतक थप २ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म मृतक ४२९ जनामा कोरोना पुष्टि भएको छ। ...
सामूहिक बलात्कार गरी फरार रहेका १२ वर्षपछि पक्राउ

सामूहिक बलात्कार गरी फरार रहेका १२ वर्षपछि पक्राउ

देश, समाचार, सामाजिक
साभार: रातोपाटी इलाममा जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको हो ।  फैसला कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने अभियानअन्तर्गत अदालतबाट दोषी प्रमाणित भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।  Advertisement विसं २०६४ मा झापा साधुहोली जङ्गलमा सामूहिकरूपमा जबर्जस्ती करणी गरी फरार रहेका इलामका उनीहरुलाई विशेष खोजी अभियान नै सञ्चालन गरेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार दुवैलाई २०६७ फागुन ११ गते जिल्ला अदालतबाट ११ वर्ष एक महिना १५ दिन कैद र जनही रु २१ हजार जरिवाना तोकिएको थियो । दुवैलाई जिल्ला अदालतम...
मकवानपुरमा जीप दुर्घटना, दुई बालकको मृत्यु

मकवानपुरमा जीप दुर्घटना, दुई बालकको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी मकवानपुर । मकवानपुरको राक्सिराङ–३ मैनाटारमा जीप दुर्घटना हुँदा दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–३ का १३ वर्षीय रिजन तितुङ र ११ वर्षीय अनुप वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । Advertisement मनहरीबाट सरिखेत पलाँसे जाँदै गरेको ना १ ज ७१७५ नंको बोलेरो जीप आज दिउँसो दुर्घटना हुँदा दुबै बालकको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका राक्सिराङ गाउँपालिका–३ का २७ वर्षीय सुरज शाहीलाई थप उपचारका लागि भरतपुर अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।  जीप चालक राक्सिराङ–५ का भीषण प्रजालाई प्रहरीले नियन्त्रणमा लिइ घटनाका विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।  ...
अब लाइसेन्स, बिलबुक हराएमा ट्राफिक कार्यालय धाउनु नपर्ने, अनलाइनबाटै भर्न सकिन्छ फारम

अब लाइसेन्स, बिलबुक हराएमा ट्राफिक कार्यालय धाउनु नपर्ने, अनलाइनबाटै भर्न सकिन्छ फारम

देश, समाचार, सामाजिक
साभार: सेतोपाटी हराएको सवारी चालक अनुमति पत्र (लाइसेन्स), सवारी दर्ता किताब र सवारी इजाजत पत्रको सिफारिस लिन ट्राफिक कार्यालय धाउन नपर्ने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रहरी प्रधान कार्यालयसँग समन्वय गरी सोमबारदेखि हराएको सिफारिस पत्र लिन अनलाइनबाट नै फारम भर्न सक्ने बनाएको हो। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम ढकालले हराएको लाइसेन्स, बिलबुक र पर्मिटको लागि धेरै दिन लगाएर सेवाग्राही ट्राफिक प्रहरी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गरिएको बताए। महाशाखामा कम्तिमा पनि दिनको दुई सय हराएको सिफारिस आउने गरेको जानकारी दिए। अनलाइन प्रणाली सुरू भएसँगै सेवाग्राहीले घर बसेरै सिफारिस रिपोर्ट लिन सकिने बताएका छन्। Advertisement सिफारिको लागि ट्राफिक प्रहरीको वेबसाइट traffic.nepalpolice.gov.np मा गई लस्ट डकुम...
उपमहानगरले डोम समुदायको घरमा डोजर चलाएपछि दर्जनौँको बिचल्ली

उपमहानगरले डोम समुदायको घरमा डोजर चलाएपछि दर्जनौँको बिचल्ली

देश, समाचार, सामाजिक
साभार: रातोपाटी जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले दलित समुदायको घरमा डोजर चलाएर उनीहरुलाई विस्थापित तुल्याएको छ । उपमहानगरले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ स्थित धर्मवान टोलमा दर्जनौँ डोम परिवारको घर भत्काएको हो ।  सडक छेउको ऐलानी जग्गामा बस्दै आएका डोम समुदायलाई बस्ने ठाउँको व्यवस्थापन नै नगरी उनीहरुको घर भत्काइएको हो । घरबिहीन भएका डोम परिवारहरु अहिले बिचल्लीमा परेका छन् । सो स्थानमा लामो समयदेखि करिब एक दर्जन जति डोम परिवारले घर बनाएर बसोबास गर्दै आएका थिए । स्थानीय रिता मलिक डोमले बसोबासको व्यवस्थापन विना नै घर भत्काइएको गुनासो गरिन् । सुकुम्वासी समेत रहेका डोम परिवारलाई जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले जग्गा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे कोरोनाको कहरले मुलुकलाई आक्रान्त पारिरहेको समयमा विना जानकारी घर भत्काएको भन्दै पीडितहरुले आ...
त्रिशूलीमा पेट्रोल ट्याङ्कर खस्यो, चालक र सहचालक सम्पर्कविहीन

त्रिशूलीमा पेट्रोल ट्याङ्कर खस्यो, चालक र सहचालक सम्पर्कविहीन

देश, समाचार, सामाजिक
साभार: सेतोपाटी त्रिशूली नदीमा पेट्रोल ट्याङ्कर खसेको छ। ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेको हो। खसेको ट्याङ्करमा आगलागी भएको छ। Advertisement ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए। नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ। अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ। ...
चितवन मेडिकल कलेजको भेन्टिलेटरमा उपचाररत् कोरोना संक्रमित युवकको मृत्यु

चितवन मेडिकल कलेजको भेन्टिलेटरमा उपचाररत् कोरोना संक्रमित युवकको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: सेतोपाटी नवलपुरको देवचुली नगरपालिका–११ का ३१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले बताए। उनलाई भदौ २५ गते निमोनिया र श्वासप्रश्वासमा समस्या भएका कारण अस्पताल भर्ना गरिएको थियो। २६ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। Advertisement आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचार हुँदैगर्दा राति १२:१८ बजे उनको मृत्यु भएको डा.लम्सालले बताए। ...
यस्तो छ आज नेपाल आइपुग्ने नेपाली रेलको भित्री र बाहिरी रूपरंग

यस्तो छ आज नेपाल आइपुग्ने नेपाली रेलको भित्री र बाहिरी रूपरंग

देश, समाचार, सामाजिक
साभार: सेतोपाटी कुर्था-जनकपुरधाम तथा भारतको जयनगरसम्म सञ्चालनका लागि नेपालले किनेको रेल सेट आज शुक्रबार नेपाल आईपुग्दैछ। लामो समय देखि बन्द रहेको नेपालको एकमात्र रेल सेवाको पुनः संचालनका लागि दुई सेट रेल तथा चार सेट इन्जिन ल्याइदैंछ। यसरी ल्याइने रेलको बोगीहरू विशेषरूपमा डिजाइन गरिएको छ। धेरैपछि रेल नेपाल पुनः सुरू हुन थालेकाले धेरैमा रेल कस्तो हुनेछ भन्नेमा धेरैको कौतुहल्ता छ। Advertisement यस्तो रेलको बोगीभित्रका केही तस्वीरहरू सार्वजनिक भएका छन्। ती तस्वीरहरूले बोगीको भित्री डिजाइन आकर्षक रहेको देखाएको छ। यी तस्विरहरू रेल विभागका महानिर्देशक बलराम मिश्रले आफ्नो फेसबुकमा सार्वजनिक गरेका छन्। रेलको बाहिरी आवरणमा नेपालको राष्ट्रिय झण्डामा रहेका रंगहरूको संयोजनमा तयार भएको छ। यो रेल एक अर्बको लागतम...
प्रहरीबाट कुटिएका युवकको प्रश्न : ओलीको पक्षमा प्रदर्शन गर्न पाइने, कुलमानको पक्षमा नपाइने ?

प्रहरीबाट कुटिएका युवकको प्रश्न : ओलीको पक्षमा प्रदर्शन गर्न पाइने, कुलमानको पक्षमा नपाइने ?

आर्थिक, देश, समाचार, सामाजिक
साभार: रातोपाटी २ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रमुख  कुलमान घिसिङको पक्षमा वकालत गर्ने एक जना युवक प्रहरीबाट निर्घात कुटिएका छन् । सामाजिक कार्य गर्ने १०० ग्रुपका संस्थापक सिराहाको लहान घर भएका बब्लु गुप्तालाई प्रहरी निरीक्षक केशर न्याैपानेसहितको टोलीले निर्घात कुटपिट गरेको हो । घिसिङलाई प्राधिकरणमा पुनः नियुक्त गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गर्न जाने क्रममा गुप्तासहितको टोलीलाई बबरमहलमै प्रहरीले छेकेको थियो । प्रहरीले छेकेपछि कला परिषद् अगाडिको बाटो हुँदै जान खोजिएको थियो । तर, प्रहरीले ब्यानर देखाउन र कार्यक्रम गर्न नपाइने भन्दै लखेटेको उनको भनाइ छ । प्रहरीले उनलाई केहीबेरपछि प्रहरी भ्यानमा राखेर महानगरीय प्रहरी वृत्त, सिंहदरबार लगेको थियो । त्यहाँ पुगेलगत्तै गुप्ता निर्घात कुटिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भयो र उनलाई प्रह...
बलात्कारपछि मिलापत्र, पीडितद्वारा आत्महत्या : थप दुईजना पक्राउ

बलात्कारपछि मिलापत्र, पीडितद्वारा आत्महत्या : थप दुईजना पक्राउ

देश, समाचार, सामाजिक
साभार: रातोपाटी काठमाडौं । सप्तरीको डाक्नेश्वरी–७ ब्रह्मपुरमा १७ बर्षिया किशोरीलाई बलात्कार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डाक्नेश्वरी–७ घर भएका बब्लु मण्डल र रञ्जित मण्डल छन् । बलात्कार आरोपीलाई गएराती नेपाल–भारत सिमानाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता (डिएसपी) तिलक भारतीले रातोपाटीलाई बताए । Advertisement बलात्कारपछि गाउँमा पञ्च बसेर प्रहरीमा घटनाको जाहेरी दिनबाट रोक्दै ‘मिलापत्र’ परेपछि सोही साँझ पिडित किशोरीले आत्महत्या गरेकि थिइन् । किशोरीलाई धम्क्याएर बलात्कार मिलापत्र गर्ने पञ्च मध्येका जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई प्रहरीले यसअघि नै पक्राउ गरेर मुद्धा चलाएको छ । उनीहरुलाई बलात्कार मतियार, प्रमाण नष्ट र आत्महत्या दुरुत्साहनमा म्याद लिएर अनुसन्धान भइरहेक...