२०८१ बैशाख १२

सामाजिक

‘फोटो खिचाउनै भए पनि कसैले राहत दिए हामी भोकै मर्नु पर्ने थिएन’

‘फोटो खिचाउनै भए पनि कसैले राहत दिए हामी भोकै मर्नु पर्ने थिएन’

सामाजिक, स्वास्थ्य
साभार: सेतोपाटी महोत्तरीको जलेश्वर नगरपालिका-९ परकौलीका ३४ वर्षीय लक्ष्मण यादवलाई अचेल घर जानै मन लाग्दैन। लकडाउन सुरू हुनुभन्दा अगाडि उनलाई काम सकेर गाउँ जान हतार हुन्थ्यो। वीरगन्जबाट जनकपुरधाम आउनेबित्तिकै जलेश्वर जाने बस चढ्थे र घर जान्थे। पहिले-पहिले उनी घर जाँदा लक्ष्मणको घरमा ८ वर्षकी छोरी र १० वर्षका छोरा उनको अगाडि-पछाडि गर्न सुरू गर्थे। उनी पनि छोराछोरीका लागि कमाएर आउँदा केही न केही लिएरै जाने गर्थे। लकडाउन सकिएको डेढ महिना हुन थाल्यो भयो। उनी घरै गएका छैनन्। उनी अहिले जनकपुरधाम उपमहानगरपालिका- २३ मा रहेको रामजानकी दुल्हादुल्हन मन्दिरमा गाईवस्तुको स्याहारसुसार गर्ने गरेका छन्। ‘किन जाउँ घर कसका लागि जाउँ,’ आसु झार्दै लक्ष्मणले भने ‘गाउँ जाँदा घरमा बच्चा हुन्थे उनी हुन्थिन्, अब कोही छैनन् घर जानुको के अर्थ।’ लक्ष्मणको आखाँबाट बर्बर आँशु झरे। ...
भीड हटाउन पानीको फोहोरा, पुल्चोकमा ढुंगा हानाहान

भीड हटाउन पानीको फोहोरा, पुल्चोकमा ढुंगा हानाहान

देश, समाचार, सामाजिक
साभार: सेतोपाटी निशेधाज्ञा तोडेर रातो मच्छिन्द्रनाथको रथ तान्न पुल्चोकमा सयौंको संख्यामा भेला भएका स्थानीयलाई हटाउन प्रहरीले पानीको फोहोरा छाडेका छन्। आक्रोशित भीडले प्रहरीको गाडीमाथि ढुंगा हानेका छन्। केही प्रहरी घाइते भएका छन्। निशेधाज्ञामा सुनसान रहने पुल्चोकको बीच सडक यति बेला तनावपूर्ण छ। अघिसम्म रथ तान्न भेला भएका स्थानीयलाई प्रहरीले तितरबितर पारेका छन्। सडकको बीचमा ठूलो संख्यामा प्रहरी उपस्थित छ। प्रहरीले सडकबाट भीड पन्छाएर रथलाई घेरेर बसेका छन्। लामो समयदेखि थाती रहँदै आएको रातो मच्छिन्द्रनाथको रथलाई निषेधाज्ञाकै बीच तानिएको हो। मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलन कारण अधीर भएका स्थानीय सयौंको संख्यामा पुल्चोकमा जम्मा भएका थिए। आक्रोशित भीडले यो प्रहरी कारबाहीलाई स्थानीय जात्रापर्वमाथिको दमनका रूपमा लिएको छ। प्रहरीले सुरूमा रोक...
कहिले कहिले रोकियो इन्द्रजात्रा ?

कहिले कहिले रोकियो इन्द्रजात्रा ?

देश, समाचार, सामाजिक
साभार: कान्तिपुर हनुमानढोका दरबारसामु यःसिं उठाएपछि इन्द्रजात्रा आरम्भ हुन्छ । इन्द्रध्वजोत्थानको यो अनुष्ठान कहिलेदेखि आरम्भ भयो, इतिहासले आजसम्म पत्ता लगाएको छैन । कोही गुणकामदेवले सुरु गरेको मान्छन् भने कोही लिच्छवि राजा मानदेवका हजुरबुबा शंकरदेवले सुरु गरेको भन्छन् । काठमाडौँ — त्यसो त यतिबेला इन्द्रजात्रा मात्र होइन, उपत्यकामा मनाइने सबैजसो जात्राहरू ठप्प छन् । ठूलो विवादबीच ललितपुरमा सुरु गरिएको रातो मछिन्द्रनाथको जात्रा पनि टुंग्याउन नसकेर अहिले ‘जात्रा’ भएको छ । ‘जात्रा’ हुनबाट जोगिएको कान्तिपुरको अर्को जात्रा हो, इन्द्रजात्रा । कोरोना महामारीका कारण अरु जात्रा–पर्व रोकिएजस्तै यसपालि इन्द्रजात्रा पनि रोकियो । तर, इन्द्रजात्रा रोकिनु भनेको काठमाडौंका लागि एउटा जात्रा मात्रै रोकिनु होइन । जात्रा रोकिनु काठमाडौंबासीको वार्षिक दिनचर्याको एउटा ठूलो हिस्सासमेत रोकिन...
समाजसेवी थापाको पहलमा एसिड आक्रमणमा परेका रामराजाका लागि सरकारको जागिर

समाजसेवी थापाको पहलमा एसिड आक्रमणमा परेका रामराजाका लागि सरकारको जागिर

देश, राजनीति, समाचार, सामाजिक
Credit: Nagarik Khabar काठमाडौं । आफ्नै श्रीमतीको एसिड आक्रमणमा परेका रामराजा थापालाई सरकारले जागिर दिने भएको छ । एक वर्षअघि एसिड आक्रमणमा परेका थापालाई महान्यायाधिवक्ताको कार्यालयले रोजगारीको अवसर दिएको हो । समाजसेवी उज्वलविक्रम थापाको विशेष पहलमा रामराजालाई महान्यायाधिवक्ताको कार्यालयले रोजगारीको अवसर दिएको हो । कान्तिपुर टेलिभिजनको एक अन्तर्वार्ता हेरेपछि महान्यायाधिवक्ता अग्नि खरेलले समाजसेवी थापाका साथमा एसिड आक्रमणमा परेका राजाराम थापा र मुस्कान खातुनलाई आज भेटेका थिए । भेटका क्रममा एसिड आक्रमणमा परेका राजारामका लागि रोजगारी दिने महान्यायाधिवक्ता खरेलले बताएका थिए । अहिले तत्कालका लागि कार्यालय सहयोगीका रुपमा रामराजाले नियुक्ति पाउने छन् । उनी सवारी चालक भएकाले छ महिनापछि सवारी चालककै नियुक्ति पाउने महान्यायाधिवक्ता खरेलले बताएको अभियन्ता थापाले बताए । Ad...