२०८१ बैशाख ७

सम्झना बिकको बलात्कारपछि हत्या गर्नेलाई कडा कारबाही गर्न नेविसंघको माग

साभार: रातोपाटी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) बलात्कारीहरुको संरक्षण गर्न लागेको आरोप लगाएको छ । बधुबार बझाङको मष्टा गाउँपालिका की १२ वर्षीय बालिका सम्झना बिकको बलात्कारपछि हत्याको घटना हुँदा नेविसंघले यस्तो आरोप लगाएको हो । 

अपाराध गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरि काडाभन्दा कडा कानूनी कारबाही गर्न पनि संघले जोडदार माग गरेको छ । निर्मला पन्तदेखि सम्झना विकसम्मका घटनाहरु हेर्दा केपी ओली नेतृत्वको सरकार बलात्कारीहरुको संरक्षण गर्न लागेको नेविसंघका अध्यक्ष राजीव ढुंगानाद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

‘लोकतान्त्रिक शासन व्यवस्था अँगालेको देशको सरकारको पहिलो कर्तव्य आम नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्नु हो । तर निर्मला पन्तदेखि सम्झना कामीसम्मका घटनाहरु हेर्दा केपी ओली नेतृत्वको वर्तमान सरकारले जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउनभन्दा सरकार आफैँ बलात्कारीहरुको संरक्षण गर्न लागेको देखिन्छ,’ ढुंगानाले भने ।


Advertisement


शान्ति सुरक्षा लगायतका जनताको आधारभूत आवश्यकताको वेवास्ता गर्दै ओली सरकार आफ्नो सत्ताको आयू लम्ब्याउन मात्र  लागि परेको संघको ठहर छ । केही पहिले नवराज विक लगायतका यूवाहरुको रुकुम मा भएको नरसंहार र हाल सम्झना विकको वलात्कार गरी हत्या गरिएको घटनाले समाजमा दलित समूदाय माथि पाशविक आक्रमणका घटना वढन थालेको नेविसंघले भनेको छ ।

नेविसंघले यस्ता घटना पुनः घटन नदिन र दलित समूदायमाथि हुने गरेका विभिन्न प्रकारका प्रताडना रोक्न विशेष र कडा कानुन बनाउन सरकार सॅग जोडदार माग गरेको छ । विगतमा जस्तै ओली सरकार यस्ता जघन्य किसिमका अपराधिक घटनामा पीडित पक्षलाई न्याय दिनुको सट्टा उल्टै अपराधीलाई बचाउन लागिरहेको नेविसंघको दाबी छ ।

अब सम्पूर्ण नेपाली यूवा हरु आन्दोलको आधिवेरी ल्याई भ्रष्ट  र नालायक सरकारलाई सिंहदरबारबाट वहिर्गमन गर्न तयारी अवस्थामा  रहेको चेतावनी दिन चाहन्छु, विज्ञप्तिमा भनिएको छ । श्रृखंलावद्ध हत्या र बलात्कारको घटना दोहोरिनु सरकारले अपराधीलाई संरक्षण गर्नुको परिणाम भएको नेविसंघका महामन्त्री दीपक भट्टराईको भनाइ छ । 

Copy link
Powered by Social Snap