२०८१ बैशाख १३

पाल्पामा पहिरोले दुई वटा घर बगायो, दुई बालिकासहित पाँच जना बेपत्ता

साभार: सेतोपाटी

पाल्पाको रम्भा गाउँपालिका वडा नं २ फोक्सिङकोटमा पहिरोले दुई वटा घर बगाउँदा पाँच जना बेपत्ता भएका छन्।

पहिरोले फोक्सिङकोट बेलौजाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 

प्रहरीका अनुसार हुमबहादुर गाहाको परिवारका पाँच जना बेपत्ता भएका भएका हुन्।

बेपत्ता हुनेहरूमा एकजना पुरुष, २ महिला र २ बालिका रहेका छन्।


Advertisement


बुधबार राति अविरल वर्षापछि बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको हो।

मनबहादुर गाहाको परिवारका तीन जना भने भागेर ज्यान जोगाउन सफल भएका छन्। 

रम्भा गाउँपालिकाका प्रवक्ता कृष्ण प्रसाद रेग्मीले पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्धारमा समस्या भइरहेको बताए। 

उद्धारका लागि जिल्ला प्रहरी कार्यालय, पाल्पाको टोली घटनास्थलतर्फ हिँडेको छ।

Copy link
Powered by Social Snap