२०७९ मंसिर १२
Advertisement

Advertisement

त्रिविका विद्यार्थीद्वारा डा. केसीको समर्थनमा रिले अनसन

साभार: रातोपाटी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका स्वतन्त्र विद्यार्थीले अनशनरत डा. गोविन्द केसीको समर्थनमा रिले अनसन थालेका छन् । डा. गोविन्द केसीको ज्यान जोगाऊ, तपाई हामी लिमी सरकारलाई दबाब बढाउ भन्दै त्रिविमा विद्यार्थीहरुले बुधबारबाट रिले अनसन सुरु गरेका हुन् ।

विद्यार्थीहरु जय ओझा, रामनरेश यादव, हरिष देउवा, एनपी जोशी, अम्मर बहादुर साउद, दीर्घराज भट्ट, नरेन साउद, सञ्चय चौधरी, रामबहादुर बोगटी, गंगाराम न्यौपाने लगायत त्रिभुवन विश्वविद्यालयमा  रिले अनसनमा छन् ।


Advertisement


चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न माग राख्दै डा. केसी २५ दिनयता अनशनरत छन् । सरकारले डा। केसीसँग वार्ता गर्नका लागि बुधबार शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । 

विहीबारबाट सरकारी टोली र डा. केसीका प्रतिनिधिबीच छलफल भइरहेको छ ।

Copy link
Powered by Social Snap