२०८१ बैशाख २०

२४ घण्टामा ५०० भन्दा कम कोरोना संक्रमित

परीक्षण दायरा घटाइँदा पछिल्लो समय कोरोना संक्रमित पनि घट्दो क्रममा रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना ५०० भन्दा कम कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा देखिएको छ । 


Advertisement


मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८२८ जनाको पीसीआर परीक्षण गरिँदा महिला १७९ र महिला ३०२ जना गरी मात्र ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यस्तै ७३१ जना कोरोना संक्रमण मुक्त हुँदा ६ जनाको मृत्यु समेत भएको छ । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५८ हजार १८१ पुगेको छ भने निको हुनेको कुल संख्या २ लाख ४९ हजार ८६३ जना रहेको छ । हालसम्म १८२५ जना मृतकको संख्या पुगेको पनि मन्त्रालयले जनाएको छ । 

यस्तै देशभर हाल ६ हजार ४९३ जना सक्रिय संक्रमित रहेका छन् भने हाल देशभर कोरोना निको हुने दर ९६.८ प्रतिशत रहेको छ । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap