२०८३ बैशाख २५

सामाजिक

सुमोले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

सुमोले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

देश, समाचार, सामाजिक
टाटा सुमोले ठक्कर दिँदा आज बिहान झापाको कमल गाउँँपालिका–५ स्थित सडकखण्डमा एकजना साइकलयात्रीको मृत्यु भएको छ । Advertisement पूर्वपश्चिम राजमार्गअन्तर्गतको लभडाँडा सडकखण्डमा आज बिहान ८ बजेतिर पूर्व जाँदै गरेको मे।१ज। २००४ नंको टाटा सुमोले बाटो काट्दै गरेका कमल–६ बस्ने ५३ वर्षीय साइकलयात्री झुलानाथ खनाललाई ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।  उनका अनुसार ठक्करबाट सख्त घाइते भएका खनालको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  ठक्कर दिने सुमो र त्यसका चालकलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रनाउ पण्डितले बताए ।   साभार: रातोपाटी ...
दुई मोटसाइकल चोर पक्राउ

दुई मोटसाइकल चोर पक्राउ

देश, समाचार, सामाजिक
ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले बा८१प ५२७५ नम्बरको कालो रङ्गको २२० सीसीको पल्सर मोटरसाइकल चोरी गर्ने रामेछापको मन्थली नगरपालिका–१२ का २५ वर्षीय रामशरण मिजार र १९ वर्षीय सुवास मिजारलाई बिहीबार साँझ लगनखेलबाट पक्राउ गरेको हो ।  Advertisement महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले काठमाडौँको कपनबाट हराएको मोटरसाइकलसहित लगनखेलबाट दुई जनालाई पक्राउ गरिएको जानकारी दिए । अभिषेक ढकालले दिएको निवेदनका आधारमा दुई जनालाई पक्राउ गरिएको उनको भनाइ छ ।  महाशाखाले पक्राउ परेका व्यक्ति र मोटरसाइकललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाएको छ ।  साभार: रातोपाटी ...
बञ्चरो हानेर श्रीमतीको हत्या

बञ्चरो हानेर श्रीमतीको हत्या

देश, समाचार, सामाजिक
पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । एकतीस वर्षीय धनबहादुर उभरकोटीले गए राति बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो ।  टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा दुर्गामायाको शव घरैमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।  Advertisement गएको मध्यरात करिब १ बजे घटना भएको स्थानीयवासीले बताएका छन् । घटना थाहा पाएका छिमेकीले खबर गरेपछि बिहान ३ बजे प्रहरी घटनास्थल पुगेको थियो । घटनामा संलग्न धनबहादुर फरार रहेको र खोजी कार्य जारी रहेको प्रनाउ थापाले बताए ।  धनबहादुरले मादक पदार्थ सेवन गरी घर आएको स्थानीयवासी र प्रहरीको अनुमान छ । मृतकका दुई छोरा छन् । घटनाबारे अनुसन्धान जारी रहेको प्रहर...
जीप दुर्घटनामा एकको मृत्यु, तीन घाइते : बैतडी

जीप दुर्घटनामा एकको मृत्यु, तीन घाइते : बैतडी

देश, समाचार, सामाजिक
बैतडीको सुनर्या गाउँपालिका–७ आलुगैरामा आज बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।  बिहान ५ बजेतिर से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बुङ्गल नगरपालिका–११ घर भएका २७ वर्षीय चालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बैतडी पुर्चौडी नगरपालिका–४ घर भएका ३५ वर्षीय जनकराज भट्ट, सोही ठाउँ घर भएका ४० वर्षीय गङ्गादत भट्ट र बझाङको वित्थडचिर गाउँपालिका घर भएका २८ वर्षीया हरिस बोहरा घाइते भएका छन् । Advertisement बैतडीको सुनर्या गाउँपालिका–७ आलुगैरा भन्ने ठाउँमा धनगढीबाट बझाङ आउने क्रममा जीप अनियन्त्रित भएर सडकभन्दा १५० मिटर तल खसेको थियो ।  गम्भीर घाइते भएका जनकराज र गङ्गादत्तलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता जनकबहादुर धाम...
मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु : ललितपुर

मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु : ललितपुर

देश, समाचार, सामाजिक
८ पुस, काठमाडौं । ललितपुरको धोबीघाटमा मोटरसाइकलले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे घर भई धोबीघाट बस्ने २७ वर्षीय गोपीकृष्ण खनाल रहेको प्रहरीले जनाएको छ । Advertisement पैदल हिँडिरहेका खनाललाई बा ०२०२० प २३६१ नम्बरको मोटरसाइकलले मंगलबार साँझ साढे ६ बजे ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका खनालको गएराति साढे १० बजे स्टार अस्पताल सानेपामा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक प्रहरी प्रभाग सानेपाको नियन्त्रणमा छन् । Credit: OnlineKhabar ...
प्रदेश १ मुख्य मन्त्री को कठोर मुटु : दुर्घटनाका घाइतेलाई नदेखी हुइँकिए

प्रदेश १ मुख्य मन्त्री को कठोर मुटु : दुर्घटनाका घाइतेलाई नदेखी हुइँकिए

देश, समाचार, सामाजिक
६ पुस, विराटनगर । सोमबार दिउँसो बेलबारीका जनक पोखरेल घरबाट लक्ष्मीमार्ग तर्फ जाँदै थिए । उनले पूर्व पश्चिम राजमार्गको बेलबारी नगरपालिका–४ हुल्लुडे भन्ने स्थानमा दुर्घटनामा परेका दुईजना सडकमै लडिरहेको देखे । लगत्तै इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषिराज ढकाललाई फोन गरे । कांग्रेसको विरोध सभाको सुरक्षाका लागि पुगेका उनको फोन उठेन । Advertisement स्कुटर दुर्घटनामा परेका दुईजना सडकमा छटपटाइरहेका थिए । प्रहरीको फोन नउठेपछि दाजुलाई फोन गरेर ट्राफिक प्रहरी बोलाइदिन भने । प्रहरी आउन ढिलो भएपछि घाइतेलाई बेलबारी स्वास्थ्य चौकीसम्म पुर्‍याउन राजमार्गमा गाडी रोक्ने प्रयास गरे । बाटोमा हिँड्ने कसैको मन पलाएन । गाडी खोज्दै गर्दा साइनर बज्यो । उनलाई एम्बुलेन्स आयो भन्ने लाग्यो । फर्केर हेर्दा प्रहरीको गाडी थियो । प्रहरीको भ्यान पछाडि भीआ...
छाउगोठ भत्काउने अभियान पुन सुचारु

छाउगोठ भत्काउने अभियान पुन सुचारु

देश, समाचार, सामाजिक
समाजमा कुरीति तथा विसङ्गतिका रूपमा चिनिँदै आएको सुदूरपश्चिम प्रदेशको छाउपडी प्रथा अन्त गर्नका लागि छाउगोठ भत्काउने अभियान पुनः शुरु गरिएको छ ।  कोरोनाका कारण छाउगोठ भत्काउने अभियान केही महिना रोकिए पनि यहाँका विभिन्न जिल्लामा अहिले फेरि छाउगोठ भत्काउने अभियान शुरु गरिएको हो ।  गृहमन्त्रालयले गएको वर्ष पुस ९ गते यहाँका प्रमुख जिल्ला अधिकारीलाई छाउपडी कुरीति नियन्त्रण गर्न निर्देशन पत्र पठाएपछि छाउगोठ हटाउने अभियान चालिएको थियो तर गएको वर्ष चैत महिनादेखि देशव्यापी कोरोना कहर शुरु भएपछि सुदूरपश्चिमका नौवटै जिल्लामा उक्त अभियान बन्द भएको थियो ।  अहिले यहाँका जिल्लामा छाउगोठ भत्काउने अभियान शुरु हुन थालेको छ । यसै सिलसिलामा डोटीको छिमेकी जिल्ला अछाममा शनिबार मात्रै पुनः नौवटा छाउगोठ भत्काइएको छ । Advertisement छाउगोठ भत्काउने अभियानमा निस्किएक...
तीन गाझा सहित पक्राउ : सर्लाही

तीन गाझा सहित पक्राउ : सर्लाही

देश, समाचार, सामाजिक
३ पुस, जनकपुरधाम । सर्लाहीको छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । इश्वरपुर नगरपालिका वडा नम्बर १२ स्थित बाँके चोकबाट साइकलमा सवार महोत्तरीका युवकलाई लागूऔषध गाँजासहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका ७ बस्ने २० वर्षीय रुपेश राय छन् । Advertisement उनले तरकारी बोक्ने क्रेटमा बर्काेले छोपी साइकलमा लैजाँदै गरेको १० किलो ५ सय ग्राम गाँँजा बरामद भएको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए । यस्तै, लालबन्दी नगरपालिका-६ बाट ३६ किलो २६ ग्राम गाँजासहित मोटरसाइकलमा सवार दुई जनालाई पक्राउ गरेको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा.८३ प. ८४७१ नम्बरको मोटरसाइकल चेकजाँज गर्दा उक्त गाँजा बरामद भएको प्रहरीले जनाएको छ । गाँजा बरामद भएपछि मोटरसाइकलमा सवार सिन्धुलीको डा...
किसानलाई केही राहत : रिलायन्स सुगर मिल सञ्चालनको तयारी

किसानलाई केही राहत : रिलायन्स सुगर मिल सञ्चालनको तयारी

अर्थतन्त्र, देश, समाचार, सामाजिक
१ पुस, वीरगञ्ज । बाराको मनहर्वास्थित रिलायन्स सुगर एण्ड केमिकल ईन्डष्ट्रिज प्रालिले किसानलाई चलानी वितरण शुरु गरेको छ । शुक्रबारबाट उद्योग सञ्चालनमा ल्याउने तयारी गर्दै उद्योगले चलानी वितरण शुरु गरेको हो । किसानसँगको सहमतिमा उद्योग सञ्चालनमा ल्याउन चलान वितरण गरिएको उद्योगका सञ्चालक पूर्व सभासद राजकुमार अग्रवालले जानकारी दिए । ‘ यसअघि नै ६५ हजार क्विन्टल उखु खरिद गर्न चलानी पठाइसकेका छौं, ६० हजार क्विन्टलको चलानी दोस्रो लटमा आज पठाएका छौं’ अग्रवालले भने ‘७÷८ हजार क्विन्टल उखु आयो भने क्रसिङ शुरु गर्छौं ।’ Advertisement शुक्रबारबाट उद्योगले क्रसिङ शुरु गर्ने गरी तयारी सुरु गरिएको जानकारी उनले दिए । उद्योगले बारा, पर्सा र रौतहटका उद्योगको उखु संकलन गरेर क्रसिङ गर्दै आएको छ । सिजनमा ५० लाख क्वीन्टल उखु क्रसिङ गर्न सक्ने क्षमता रिलायन्स सुगर उद्योग...
शिक्षक श्रेष्ठका हत्यारा अझ फरार

शिक्षक श्रेष्ठका हत्यारा अझ फरार

देश, समाचार, सामाजिक
२ पुस, काठमाडौं । मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या भएको एक हप्ता वितिसक्दा पनि आरोपी समातिन सकेका छैनन् । अपराधको प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले जिम्मेवारी लिइसके पनि घटनामा संलग्न व्यक्ति नसमातिएका हुन् । हत्यामा संलग्न व्यक्ति पक्राउ नपर्दा मोरङको विकट क्षेत्र मिक्लाजुङ गाउँपालिका–१, बर्खेका बासिन्दा त्रासमा छन् । यो स्थानमा घटना अगाडि सुरक्षा निकायको उपस्थितिसमेत थिएन । हालै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले अस्थायी क्याम्प खडा गरेका छन् । Advertisement स्थानीयले चाहिँ स्थायीरुपमा सुरक्षाकर्मी राख्न पटकपटक माग गर्दै आएका थिए । हालै जिल्ला सुरक्षा समितिको बैठकले पनि नेपाल प्रहरी राख्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ । तर, प्रहरी समायोजनको प्रक्रिया सुरु हुन लागेकाले तत्काल स्थायी प्रहर...