उखु उद्योगीलाई प्रहरी खोज्दै , किसान अन्योलमा
काठमाडौं । उखु किसानको बक्यौता रकम भुक्तानी नगरेका चार चिनी उद्योगीलाई पक्राउ गर्नका लागि प्रहरी कार्यालयले पक्राउ पूर्जी जारी गरेको छ । सर्लाही, रौतहट र नवलपरासी जिल्ला प्रहरी कार्यालयमा पीडित उखु किसानले चिनी उद्योगीहरुमाथि उजुरी गरेपछि पक्राउ पूर्जी जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । उनीहरुलाई खोज्ने कार्य जारी रहेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी गराए ।
इन्दिरा सुगर मिल र अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल, लुम्बिनी सुगर मिलका सञ्चालक सुशील गोयल र श्रीराम सुगर मिलका सञ्चालक हितेश गोल्छा लगायतलाई पक्राउ गर्न पूर्जी जारी गरिएको छ । विभिन्न ६ वटा उद्योगले ९० करोड रुपैयाँ बक्यौता राखेको उखु किसानले दावी गर्दै आएका छन् । त्यही रकम प्राप्त गर्नका लागि किसानहरु काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् ।
माइतीघर मण्डलम...









