२०८१ जेष्ठ ५

जग्गा व्यवसायी पक्राउ

१३ पुस, काठमाडौं । प्रहरीले चेक बाउन्स सम्बन्धी मुद्दामा फरार रहेका जग्गा व्यवसायी सहदेव कक्षपतीलाई पक्राउ गरेको छ । जिल्ला अदालत, काठमाडौंको फैसला कार्यान्वयनका लागि कक्षपतीलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीका डीएसपी प्रमेश विष्टका अनुसार कक्षपतीलाई २ करोड विगो भराइ ३ महिना कैद र ३ हजार रुपैयाँ जरिवाना हुने अदालतले ठहर गरेको थियो । कक्षपती मुछिएको मुद्दामा होटल एभरेष्ट इन्टरनेश्नल लिमिटेडका निर्देशक सारिक लारी पनि प्रतिवादी थिए ।


Advertisement


पक्राउपछि प्रहरीले उनलाई जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएकामा डिल्लीबजार कारागारको थुनामा पठाउन आदेश भएको छ ।

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap