२०८३ असार १३

सामाजिक

भोलिदेखि कोरोनाविरुद्धको चिनियाँ खोप लगाइने (अस्पतालको नामसहित)

भोलिदेखि कोरोनाविरुद्धको चिनियाँ खोप लगाइने (अस्पतालको नामसहित)

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । चीनबाट अनुदान सहयोगमा प्राप्त कोभिड–१९ विरुद्धको भेरोसेल खोप भोलिदेखि लगाइने भएको छ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप बुधबारदेखि २३ वटा खोप केन्द्रबाट दिन लागिएको हो । उक्त खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । Advertisement त्यस्तै यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने जनशक्ति, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधि, फलफुल र तरकारी व्यवसाय गर्ने व्यक्तिहरुलाई पनि खोप दिइने मन्त्रालयले जनाएको छ । काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका २३ स्थानमा खोप अभियान सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।   यी अस्पतालमा...
माइतीमा छोरी रोकेको निहुँमा सासु–ससुरामाथि खुकुरी प्रहार

माइतीमा छोरी रोकेको निहुँमा सासु–ससुरामाथि खुकुरी प्रहार

देश, समाचार, सामाजिक
सुर्खेत । माइतीमा छोरी रोकेको निहुँमा दैलेखमा ज्वाँईले सासु–ससुरामाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।  गए राति नौमूले गाउँपालिका–४ कालिकाको कुइने टोलका ६३ वर्षीय झपिलाल रोका मगर र ५५ वर्षीया लालसरी रोकामगर माथि खुकुरी प्रहार भएको हो । Advertisement घरमा सुतिरहेका सासु–ससुरा माथि खुकुरी प्रहार गरी घाइते बनाएर भाग्दै गरेका नौमूले गाउँपालिका–४ कालिकाको सेलागाउँका २७ वर्षीय अनराम रोका मगरलाई नौमूले गाउँपालिका–५ चिसापानीबाट प्रहरीले पक्राउ गरेको छ ।  सासु–ससुरामाथि खुकुरी प्रहरी गरी भागेर नौमूले बजारतर्फ जाँदै गरेका अनरामलाई सादा पोशाकका प्रहरीले विहान ५ बजे नै पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासत राखेको सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताए । साभार: रातोपाटी ...
नशालु पदार्थ मिसाएको फ्रुटी खुवाएर सुन र पैसा लुटपाट

नशालु पदार्थ मिसाएको फ्रुटी खुवाएर सुन र पैसा लुटपाट

देश, समाचार, सामाजिक
काठमाडौं । नशालु पदार्थ मिसाएको फ्रुटी खान दिएर पैसा र सुन लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–६ घर भएका अर्जुनबहादुर केसीलाई पक्राउ गरेको हो ।  Advertisement केसीले काठमाडौं उपत्यकामा एक दर्जन ठाउँमा फ्रुटी खान दिएर लुटेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेशकुमार बस्नेतले रातोपाटीलाई बताए ।  ३८ वर्षीय केसी नशालु पदार्थ मिसाएको फ्रुटी बोकेर हिँड्थे । सुन लगाएको मानिस देखेपछि बैंक अथवा कुनै ठाउँ कहाँनिर पर्छ भन्ने सोधेर धन्यवाद भन्न छुटाउँदैन थिए ।  ‘ठेगाना भनिदिनु भएकोमा धन्यवाद भनेपछि फ्रुटी दिएर फलो गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ’ एसपी बस्नेत भन्छन्–‘नशालु पदार्थ मिसाएको फ्रुटी खाएर मानिस गलेपछि लुटेर भाग्ने ग...
भारतमा एकैदिन ९२ हजार ९९४ जनामा कोरोना पुष्टि

भारतमा एकैदिन ९२ हजार ९९४ जनामा कोरोना पुष्टि

विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
२२ चैत, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा करिब ९३ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय मिडियाहरुका अनुसार पछिल्लो पटक ९२ हजार ९९४ जना नयाँ संक्रमित फेला परेका हुन् । भारतमा साढे ६ महिनाको अवधिमा यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो । यसअघि १९ सेप्टेम्बरमा ९२ हजार ५७४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । Advertisement भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि लगातार दुई दिन पाँच सयभन्दा बढी पुगेको छ । यसअघि गत शुक्रबार ७१३ जनाको ज्यान गएको थियो । भारतमा हालसम्म १ करोड २४ लाख जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा कोरोनाबाट सबैभन्दा धेरै महाराष्ट्र, पन्जाब, दिल्ली, मध्यप्रदेश, गुजरात र राजस्थान राज्य प्रभावित भएका छन् । Credit: OnlineKhabar ...
देशभर थपिए १२८ जना कोरोना संक्रमित, १ जनाको मृत्यु

देशभर थपिए १२८ जना कोरोना संक्रमित, १ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२१ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । २ हजार ७२७ जनाको नमुना परीक्षण गर्दा १२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । Advertisement योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ७६८ पुगेको छ । उनीहरुमध्ये गत २४ घण्टामा १६१ जनासहित २ लाख ७३ हजार १२३ जना निको भएका छन् । यस्तै कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ३ हजार ३२ जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६१३ रहेको मन्त्रालयले जनाएको छ । साभार: रातोपाटी ...
करेन्ट लागेर एकजनाको मृत्यु

करेन्ट लागेर एकजनाको मृत्यु

देश, समाचार, सामाजिक
२१ चैत, काठमाडौं । सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । Advertisement स्थानीय ४५ वर्षीय अशोककुमार चौधरीको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँ बस्ने नरसिंह चौधरीको घरमा मिटर जडान क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि युनिक अस्पताल सप्तरीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साभार: रातोपाटी ...
घाँस काट्न गएका दिदीबहिनी झुण्डिएको अवस्थामा मृत फेला

घाँस काट्न गएका दिदीबहिनी झुण्डिएको अवस्थामा मृत फेला

देश, समाचार, सामाजिक
सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा घाँस काट्न गएका दिदीबहिनी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । वडा नम्बर–६ बाबियाचौरमा बस्दै आएका दुई जना दिदीबहिनी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।  १४ र १५ वर्षीय किशोरी दिदीबहिनी झुण्डिएको अवस्थामा शुक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा डिएसपी रामप्रसाद घर्तीले रातोपाटीलाई जानकारी दिए ।  Advertisement घर्तीका अनुसार उनीहरु बिहान ८ बजे घरबाट घाँस काट्न नजिकैको जंगलमा गएका थिए । त्यहीँ ११ बजे झुण्डिएको अवस्थामा स्थानीयले देखेका थिए । १४ वर्षीया किशोरी कक्षा ७ मा र १५ वर्षीया किशोरी कक्षा ८ मा पढ्दै आएको पनि घर्तीले बताए ।   दुवै जना कमला बादीकी दिदीका छोरीहरू हुन् । कमला बादीकै घरमा बसेर अध्ययन गर्दै आएका थिए । घर्तीले भने, ‘स्थानीयले दुई बालिकालाई झ...
राजेश हार्डवेयरका सञ्चालकलाई उपभोक्ताले प्रहरीमा बुझाए

राजेश हार्डवेयरका सञ्चालकलाई उपभोक्ताले प्रहरीमा बुझाए

देश, समाचार, सामाजिक
काठमाडौं । तौलमा ठगी गरेको आरोपमा बालाजुस्थित राजेश हार्डवेयरका सञ्चालकलाई उपभोक्ताले प्रहरीमा बुझाएका छन् ।  प्रति १ सय किलो सामान किन्दा १० किलो ठगेको भेटेपछि उपभोक्ताले हार्डवेयर सञ्चालक कमल शर्मालाई प्रहरीको जिम्मा लगाएका हुन् । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र गुणस्तर परीक्षण गर्ने सरकारी प्रतिनिधि पनि महानगरीय प्रहरी वृत बालाजुमा पुगेका छन् ।  Advertisement ‘ग्रीलजन्य फलाम र स्टिल पाइपमा हार्डवेयरले ठगी गरेको उपभोक्ताको आरोप छ ।  कम तौलको सामान दिएर धेरै बिल काट्ने गरेको भेटिएको छ’ ग्रील तथा स्टिल व्यवसायी संघ काठमाडौंका बरिष्ठ उपाध्यक्ष राजेन्द्र अर्यालले भने– ‘सरकारी निकायले अनुसन्धान गरेर कानुनी दायरामा ल्याउनुपर्छ ।’  महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी निर्मल बुढाथोकीले उपभोक्ताले हार्डवेयर सञ्चालकलाई प्रहरी कार्यालयमा ...
बागलुङ ग्याङ फाइट : घटनामा संलग्न ८ जना सार्वजनिक

बागलुङ ग्याङ फाइट : घटनामा संलग्न ८ जना सार्वजनिक

देश, समाचार, सामाजिक
पोखरा । बागलुङको वडिगाडमा फागु पूर्णिमाको दिन दुई जनाको ज्यान जाने गरी भएको झडपमा संलग्न रहेको आरोपमा पक्राउ परेका ८ जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यलय बागलुङले शुक्रबार पत्रकार सम्मेलन गरी सो घटनामा संलग्न ८ जनालाई सार्वजनिक गरेको हो । चैत १५ गते होली खेल्ने क्रममा बल्देधुरीमा झडप हुँदा निसीखोला गाउँपालिका ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दामाई मारिएका थिए । Advertisement प्रहरीले घटनामा संलग्न वडिगाड १० का २३ वर्षीय मिलन बुढा मगर, २४ वर्षीय रेशम भनिने भेषराज बुढा मगर, २३ वर्षीय कुमार छन्त्याल, ३३ वर्षीय झनबहादुर बुढा मगर, तिर्थलाल बुढा मगर, ३१ वर्षीय सूर्य बुढा मगर र ४६ वर्षीय ढालबहादुर बुढा मगरलाई सार्वजनिक गरेको हो । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा दुईजनालाई गुल्मीको मदानेबाट, एकजनालाई रुपन्देही,...
पेप्सीकोलामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

पेप्सीकोलामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

देश, समाचार, सामाजिक
काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित छाप्रोमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शुक्रवार बा.१० च २८६४ नम्बरको कार दुर्घटना हुँदा २० वर्षीय डितम गुभाजुको मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए । Advertisement मुलपानीबाट जडिबुटीतर्फ आउँदै गरेको कार अनियन्त्रित भएर सडकको बारमा ठोेक्किएको थियो । कार चालक  विरेन्द्र राज श्रेष्ठलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले पक्राउ गरेको छ ।  उनलाई सवारी ज्यान अन्तर्गतको कसुरमा मुद्दा चलाइने महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले जनाएको छ । डितमको शव ट्रमा सेन्टरमा राखिएको छ ।  साभार: रातोपाटी ...