२०८२ मंसिर २७

करेन्ट लागेर एकजनाको मृत्यु

२१ चैत, काठमाडौं । सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।


Advertisement


स्थानीय ४५ वर्षीय अशोककुमार चौधरीको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँ बस्ने नरसिंह चौधरीको घरमा मिटर जडान क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि युनिक अस्पताल सप्तरीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap