म्यानमारमा ५०० प्रदर्शनकारीको मृत्यु, सडकमा फोहोर फालेर सरकारको विरोध
१७ चैत, काठमाडौं । सैन्य कूविरुद्ध आन्दोलनरत म्यानमारका नागरिकहरुले सडकमा फोहोर फालेर विरोध जनाएका छन् ।
अवज्ञा आन्दोलनअन्तर्गत म्यानमारवासीले मंगलबारबाट सडकमा फोहोर फालेर विरोध जनाउन सुरु गरेका बीबीसीले जनाएको छ ।
Advertisement
प्रदर्शनकारीले फोहोर फालेर जुन्ता सरकारको विरोध जनाउन सामाजिक सन्जालमार्फत् आह्वान गरेका छन् ।
गत फेब्रुअरी १ मा म्यानमारको सेनाले सत्ता हातमा लिएको थियो । सेनाको सो कदमविरुद्ध आन्दोलन जारी छ ।
आन्दोलनकारीमाथि सेनाले निर्मम दमन गरेको छ । समाचार एजेन्सीमा अनुसार विरोध प्रदर्शनमा हालसम्म ५०० जनाको मृत्यु भइसकेको छ ।
सोमबारमात्रै १४ जनाको मृत्यु भएको छ । म्यानमारको सेनाले हवाई हमलासमेत गरेको छ । सेनाको दमनका कारण म्यानमारवासी नागरिक भागेर थाइल्याण्डतर्फ गएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
आन्दोलनकारीहरु...









