२०८२ पुष ६

सामाजिक

होलीमा विशेष सावधानी अपनाउन प्रहरीको अनुरोध

होलीमा विशेष सावधानी अपनाउन प्रहरीको अनुरोध

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै नेपाल प्रहरीले होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण फैलन सक्ने भएकाले नेपाल सरकारले जारी गरेको निर्देशन र स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न पनि प्रहरीले विशेष अनुरोध गरेको छ ।  प्रहरीले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई आवश्यक निर्देशन दिँदै स्वास्थ्य मापदण्ड पालना गराउन र शान्तिसुरक्षा चुस्त बनाउन आवश्यक निर्देशन दिइसकिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । “सरकारले घरघरमै बसेर होली बनाउन अनुरोध गरिसकेको छ, भीडभाडमा पुगेर समूहगत रुपमा होली नमनाउन भनिसकेको अवस्थामा त्यसलाई कार्यान्वयन गर्न मातहतका सबै प्रहरी कार्यालयलाई निर्देशन दिइएको छ”, प्रवक्ता कुँवरले भने ।  यस वर्ष आइतबार पहाडी क्षेत्रमा र सोमबार तराईमा होली मनाइँद...
भारतमा एकैदिन कोरोनाका ६२ हजार बढी नयाँ संक्रमित भेटिए, सचिन तेन्दुल्कर पनि संक्रमित

भारतमा एकैदिन कोरोनाका ६२ हजार बढी नयाँ संक्रमित भेटिए, सचिन तेन्दुल्कर पनि संक्रमित

विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका ६२,२५८ नयाँ संक्रमित  भेटिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो । लगातार दोस्रो दिन साठी हजारभन्दा बढी नयाँ संक्रमित भेटिएको हो । शुक्रबार मन्त्रालयले भारतमा १६० दिनपछि कोरोनाका यति धेरै नयाँ संक्रमित भेटिएका हुन् । Advertisement सरकारी अधिकारीका अनुसार महाराष्ट्र, पंजाब र गुजरातमा संक्रमण सबैभन्दा तीब्र गतिमा बढिरहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९१ को कोरोनाका कारण मृत्यु भएको छ । भारतमा यो महामारीका कारण ज्यान गुमाउनेको कुल संख्या अब एक लाख ६१ हजारभन्दा बढी भएको छ । भारत सरकारले हालसम्म पाँच करोड ८१ लाखभन्दा बढीलाई कोभिड भ्याक्सिनको डोज दिइसकेको बताइएको छ । यसैबीच, पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुलकर कोरोनाद्वारा संक्रमित भएका छन् । https://twitt...
आगो निभाउने क्रममा एक महिलाको जलेर मृत्यु

आगो निभाउने क्रममा एक महिलाको जलेर मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
सुर्खेत । रुकुम पश्चिमको बुकीबारी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक महिलाको मृत्यु भएको छ ।   बाँफिकोट गाउँपालिका–१० गारावाङमा आगो निभाउने क्रममा ४५ वर्षीया सर्केनी दमाईको मृत्यु भएको प्रहरीले बताएको  छ ।   Advertisement आगो निभाउन खोज्दा जलेकी सर्केनीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गाउँलेसँगै आगो निभाउन खटिएकी सर्केनीलाई आगोले भेटेको थियो । त्यस्तै स्थानीय गगन जैसीको गोठ जलेर नष्ट भएको छ ।  बिहीबार वडाको राजीखेत भन्ने ठाउँबाट सुरु भएको आगो आधा दर्जनभन्दा बढी जंगलमा फैलिएको स्थानीयबासीले बताएका छन् । आगो गाउँतिर फैलिएपछि स्थानीय त्रसित बनेका छन् । आगो नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले प्रयास जारी रहेको पनि बताएको छ ।    साभार: रातोपाटी ...
९४० ग्राम चरेससहित एकजना पक्राउ

९४० ग्राम चरेससहित एकजना पक्राउ

देश, समाचार, सामाजिक
Modern metal handcuffs. Vector illustration in flat style कैलाली । प्रहरीले चरेससहित कैलालीबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–१ बसन्तपुर बस्ने वर्ष ४० को चेतराज ऐर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले रातोपाटीलाई जानकारी दिए । Advertisement ऐरले सञ्चालन गरेको पसलमा चरेसको बिक्री वितरण भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले बिहीबार उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक थापाको भनाइ छ । पसलमा खानतलासी गर्दा लुकाइ छिपाइ राखेको अवस्थामा ९४० ग्राम चरेस बरामद भएको उनले बताए । साभार: रातोपाटी ...
मुख्यमन्त्रीको पिएसओ असईको दुर्घटनामा मृत्यु

मुख्यमन्त्रीको पिएसओ असईको दुर्घटनामा मृत्यु

देश, समाचार, सामाजिक
पूर्वपश्चिम राजमार्ग अन्तर्गत एक ट्रकले ठक्कर दिँदा प्रदेश नम्बर २ को मुख्यमन्त्री लालबाबु राउतको पिएसओको घटनास्थलमै मृत्यु भएको छ । धनुषाको मिथिला नगरपालिका–१० स्थित लालगढमा रहेको मोडल अस्पताल नजिक शुक्रबार बिहान अन्दाजी ३ बजेको समयमा ट्रकले प्रहरी सहायक निरीक्षक मदनजंग कापर सवार लु ५३ प ८५७५ नम्बरको मोटरर्साइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए । Advertisement प्रहरी नायब उपरीक्षक मिश्रले असई कापरको ड्युटी सकेर घर फर्कने क्रममा ट्रकले ठक्कर दिँदा मृत्यु भएको हो । मृतक असई कापरको शव जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको धनुषा प्रहरीले जनाएको छ । साभार: रातोपाटी ...
डढेलो बस्तीमा पस्दा चार घर जलेर नष्ट

डढेलो बस्तीमा पस्दा चार घर जलेर नष्ट

देश, समाचार, सामाजिक
सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेपछि भोजपुरमा चार घर जलेर नष्ट भएका छन् ।  बिहीबार बेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) मा चार घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । Advertisement आगालागीबाट हतुवागढी गाउँपालिका–८ का अर्जुन राई, कञ्चन राई, भीमबहादुर राई, शान्तकुमारी राईको घर र कालीबहादुर राईको गोठ जलेको जिल्ला प्रहरीले जनाएको छ ।  सुक्खा मौससमा मालढुङ्गा सामुदायिक वनमा लागेको डढेलो हावाले उडाउँदा घर जलेको प्रहरीले जनाएको छ ।  आगलागीबाट चारवटा घर र गोठ जलेर पूर्ण नष्ट भएको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।  साभार: रातोपाटी ...
कीर्ते गरी अर्काको जग्गा नामसारी गराउने मुख्य अभियुक्त पक्राउ

कीर्ते गरी अर्काको जग्गा नामसारी गराउने मुख्य अभियुक्त पक्राउ

देश, समाचार, सामाजिक
सुर्खेत । कीर्ते गरी अर्काको जग्गा नामसारी गराउने मुख्य अभियुक्त ठहरिएका कम्प्युटर अपरेटर गणेश विक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विकलाई बिहीबार पक्राउ गरेको हो । वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतको नाममा रहेको जग्गा उनलाई थाहै नदिइ अर्काको नाममा नामसारी गर्न मुख्य भूमिका निर्वाह गरेको भन्दै जिल्ला अदालत सुर्खेतले विक विरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । Advertisement पक्राउ पूर्जी जारी भएको लामो समयसम्म पनि प्रहरीले उनलाई पक्राउ गरेको थिएन । विक मालपोत कार्यालयमा हाजिर भइ काम गरिरहेको अवस्थामा प्रहरीले बिहीबार उनलाई पक्राउ गरेको हो । जग्गा नामसारी गराउने कार्यमा संलग्न भएको आरोपमा तत्कालीन मालपोत कार्यालय प्रमुख लक्ष्मी खत्री, सोही कार्यालयका कर्मचारी कमला सापकोटा, कृष्ण थापा, तीर्थ बहादुर महतारा, नापी कार्यालय ...
सर्लाहीमा टाउको काटेर युवकको हत्या गरेको आरोपमा २ जना पक्राउ

सर्लाहीमा टाउको काटेर युवकको हत्या गरेको आरोपमा २ जना पक्राउ

देश, समाचार, सामाजिक
काठमाडौं । सर्लाहीमा टाउको काटेर युवाको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । बिहीबार टाउको काटेको अवस्थामा मलंगवा–९ स्थित खेतमा २५ बर्षीय सुशील यादवको शव फेला परेको थियो । हत्या आरोपमा कमल पण्डित उर्फ विमलकान्त पाठक र अशोक झालाई पक्राउ गरिएको सर्लाहीका एसपी सन्तोष सिंह राठौरले रातोपाटीलाई बताए ।  ४५ बर्षीय कमल पण्डित मलंगवा–९ का स्थानीय हुन् । ४० बर्षीय अशोक भारतीय नागरिक हुन् । भारतको मदौलिया घर भएका उनी लामो सयमदेखि मलंगवामा बस्दै आएका छन् ।  Advertisement मृतक र आरोपी लागू औषध प्रयोगकर्ता हुन् । बुधवार साँझ उनीहरु सँगै बसेर खाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । कमल पण्डितले आफूलाई बोलाएपछि होटलमा पुगेको हत्या आरोपी अशोकले प्रहरीलाई बताएका छन् ।  कमल र मृतकको आर्थिक लेनदेन रहेको र आफ्ना छोरीहरुलाई ‘गलत नजर’ लगाएको आरो...
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापा, शिवसताक्षी नगरपालिकामा आज बिहान एक जनाको मृत्यु भएको छ  ।  शिवसताक्षी– १ धरमपुरको ढकाल चोकस्थित भित्री सडकखण्डमा मे १० प ३५६९ नं को मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँका ४६ वर्षीय किशोर कार्कीको मृत्यु भएको हो । Advertisement दुर्घटनामा टाउकामा चोट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज बिहान सवा २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । साभार: रातोपाटी ...
कीर्तिपुरमा नक्कली नोट छाप्ने प्रिन्टरसहित दुईजना पक्राउ, ५ सय र हजारका नक्कली नोट बरामद

कीर्तिपुरमा नक्कली नोट छाप्ने प्रिन्टरसहित दुईजना पक्राउ, ५ सय र हजारका नक्कली नोट बरामद

देश, समाचार, सामाजिक
काठमाडौं । ५ सय र १ हजारका नक्कली नेपाली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले रौतहट घर भएका गनबहादुर लोप्चन  ‘राजु’ र निता तामाङ ‘माया’ लाई पक्राउ गरेको हो ।  Advertisement नक्कली नोट बोकेका व्यक्ति कलंकीमा आएको सुराकको आधारमा प्रहरीले उनीहरुको पिछा गरेको थियो । कलंकीबाट ५ सय दरको ९ वटा नोट बरामद गरिएको थियो । कीर्तिपुरस्थित उनीहरुको डेरा सर्च गर्दा हजार रुपैयाँ दरका ४९ वटा र ५ सय दरको थप ५६ वटा नक्कली नोट फेला परेको छ । डेराबाट नोटमा प्रयोग गरिने ‘सेक्युरिटी थ्रेड’ बनाउन प्रयोग हुने कच्चा पदार्थ र प्रिन्टर बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।  साभार: रातोपाटी ...