२०८१ बैशाख १५

बागलुङ ग्याङ फाइट : घटनामा संलग्न ८ जना सार्वजनिक

पोखरा । बागलुङको वडिगाडमा फागु पूर्णिमाको दिन दुई जनाको ज्यान जाने गरी भएको झडपमा संलग्न रहेको आरोपमा पक्राउ परेका ८ जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यलय बागलुङले शुक्रबार पत्रकार सम्मेलन गरी सो घटनामा संलग्न ८ जनालाई सार्वजनिक गरेको हो । चैत १५ गते होली खेल्ने क्रममा बल्देधुरीमा झडप हुँदा निसीखोला गाउँपालिका ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दामाई मारिएका थिए ।


Advertisement


प्रहरीले घटनामा संलग्न वडिगाड १० का २३ वर्षीय मिलन बुढा मगर, २४ वर्षीय रेशम भनिने भेषराज बुढा मगर, २३ वर्षीय कुमार छन्त्याल, ३३ वर्षीय झनबहादुर बुढा मगर, तिर्थलाल बुढा मगर, ३१ वर्षीय सूर्य बुढा मगर र ४६ वर्षीय ढालबहादुर बुढा मगरलाई सार्वजनिक गरेको हो । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा दुईजनालाई गुल्मीको मदानेबाट, एकजनालाई रुपन्देही, एकजनालाई बुर्तिबाङ, दुईजनालाई दर्लिङबाट पक्राउ गरिएको जनाएको छ ।

सो घटनाका दुई आरोपित भने जिल्ला प्रशासन कार्यालयमा आएर आत्मसर्मपण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी कृष्णबहादुर पल्ली मगरले जानकारी दिए । पक्राउ परेका ८ जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको उनले बताए । पीडित पक्षले ६ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap