२०८१ बैशाख २१

नेपाल सुहाउँदो समाजवादका लागि मोर्चा : नेत्रविक्रम चन्द




विराटनगर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले समाजवादी मोर्चा गठन भएपछि विभिन्न टीकाटिप्पणी भएको बताएका छन् ।


Advertisement


समाजवादी मोर्चाले विराटनगरमा आयोजना गरेको सन्देश कार्यक्रममा उठेका तरंगले यसको गठन सही छ भन्ने प्रस्ट भएको बताए ।

“सयौँ पार्टी छन् क्रियाशील छन्, नेपाल पेचिलो विन्दुमा आएको छ, संवेदनशील अवस्थामा छ,” उनले भने, “एक किसिमको उकुस मुकुस छ । पूर्वमा पहिचानको कुरा छ । युवा सन्तुष्ट छैनन् । देश जटिल संक्रमणको अवस्थामा छ ।”

यसको सामना कसले गर्ने र कसले सच्याउने भन्दै चन्दले प्रश्न गरे ।

जहाँ उत्पीडन हुन्छ त्यहाँ आन्दोलन उठ्ने भन्दै यसको सामना गर्न तयार हुनुपर्ने बताए ।‌

उनले भने, “धार्मिक, सांस्कृतिक विरोध छन् । समाजवादी मोर्चा बनाउँदा टुक्रा टुक्रा आन्दोलनले समाधान हुँदैन । समग्र लक्ष्य पूरा गर्न मोर्चा बनेको हो ।”



उनले पुरानो तरिकाले निकास नहुने भएकोले दलाल पुँजीवादको अन्त्य गर्न जरुरी भएको बताए ।

मोर्चाले ९५ प्रतिशत जनताको चाहना र आकांक्षा सम्बोधन गर्ने दाबी गर्दै अग्रगमनको नेतृत्व गर्ने दाबी गरे ।

उनले भने, “जाति जनजाति, किसान, मजदुर मालिक बीचको अन्तर विरोधको सम्बोधन गर्छ ।”

संसदीय व्यवस्था जनताको चाहनाअनुसार नभएको भन्दै उनले नेपाली विशेषताको समाजवाद आवश्यक रहेको बताए ।

नेपालमा सामन्तवाद जनताको बलले धुलो चटाएको र यो क्रममा नेपालमा महत्वपूर्ण परिवर्तन भएको चन्दले बताए । देश संकटमा पर्दा माओवादीहरू एक हुने बताउँदै विदेशीको डलर खानेले देशको विकास गर्न नसक्ने बताए ।‌

Copy link
Powered by Social Snap