२०८१ बैशाख २१

समाजवादी मोर्चाको सभा आज विराटनगरमा 




काठमाडौं । समाजवादी मोर्चाले आज कोसी प्रदेशमा सभा गर्दै छ । मोर्चाले आज विराटनगरमा सभा गर्न लागेको हो । सभा सवा १२ बजे हुने मोर्चाले जनाएको छ । 


Advertisement


सभालाई प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्नेछन् । 



मोर्चाले यसअघि मधेस, लुम्बिनी, कर्णाली, गण्डकी र वाग्मती प्रदेशमा सभा गरिसकेको छ ।

असार ४ गते गठन भएको समाजवादी मोर्चाले देशभर संयुक्त सभा गर्दै आएको छ ।  
 

Copy link
Powered by Social Snap