२०८१ बैशाख २१

सद्भाव बिथोल्न द्वन्द्व पैदा गर्ने प्रयास भयो : गृहमन्त्री




काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण गर्ने प्रयास भइरहेको बताएका छन् ।


Advertisement


सोमबार ललितपुरमा ज्यापु समाज यलले आयोजना गरेको कार्यक्रममा उनले जातीय एवं धार्मिक सद्भाव बिथोल्न द्वन्द्व पैदा गर्ने प्रयास भइरहेको भन्दै सचेत हुनुपर्नेमा जोड दिए । नेपाली समाजको मौलिक परम्परा बिगार्न खोज्ने षड्यन्त्रलाई सफल हुन नदिने उनले बताए ।

राजनीतिक परिवर्तनसँगै आधारभूत आवश्यकता पूरा होस् भन्ने जनताको आकांक्षा रहेको भन्दै गृहमन्त्री श्रेष्ठले यसप्रति सरकार गम्भीर भएर काम गरिरहेको जिकिर गरे ।



सरकारको कार्यभार विकास र समृद्धितर्फ अघि बढ्नु भएको उनले उल्लेख गरे । उनले भ्रष्टाचार अन्त्य नभएसम्म सुशासन कायम हुन नसक्ने बताए । सरकारले अघि बढाएको भ्रष्टाचारविरुद्धको अभियान नरोकिने उनको भनाइ छ ।

सुशासनको अभियानलाई सफल पार्न नदिने नयाँ षड्यन्त्र सुरु भएको भन्दै उनले सबै मिलेर यसलाई प्ररास्त गर्नुपर्ने धारणा राखे ।

Copy link
Powered by Social Snap