२०८२ पुष ४

राजनीति

निर्वाचन आयोगसँगलाई प्रचण्ड – नेपालको आग्रह : सूर्य चिन्न हाम्रै होस

निर्वाचन आयोगसँगलाई प्रचण्ड – नेपालको आग्रह : सूर्य चिन्न हाम्रै होस

देश, राजनीति, समाचार
२२ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले आफूहरु नै आधिकारिक नेकपा रहेको दावी निर्वाचन आयोगसँग दोहो¥याएको छ । पुस १७ मा आयोगले यो समूहलाई वैधानिकता दावी गर्न भन्दै पत्र पठाएको थियो । पुष्पकमल दाहाल प्रचण्डको नाममा आएको पत्रको जवाफमा यो समूहले थप दावी प्रमाणको आवश्यकता नै नरहेको अडान लिएको छ । पुस १८ मा जवाफ पत्र पठाएको यो समूहले पुस १० मा पेश भएको (दर्ता नम्बर ५५५) कागजात नै पर्याप्त भएको जवाफ दिएको छ । दलसम्बन्धी ऐन–२०७३ को दफा ५१, नियमावली–२०७४ को नियम २५ र अनुसूची १८ ले तोकेको ढाँचामै आवश्यक कागजात बुझाएको पत्रमा उल्लेख छ । Advertisement त्यसैले, नेकपाको वैधानिकता दावी गर्नुपर्ने अवस्था र स्थिति विद्यमान नरहेको जानकारी आयोगलाई गराएको छ । यो समूहले केपी शर्मा ओलीलाई दलको विधान बमोजिम अनुशासनको कार्बाही गरी अध्यक्षबाट हट...
यी हुन् प्रतिनिधिसभा विघटनका ८ कारण : शंकर पोखरेलद्वारा खुलासा

यी हुन् प्रतिनिधिसभा विघटनका ८ कारण : शंकर पोखरेलद्वारा खुलासा

देश, राजनीति, समाचार
काठमाडौं । लुम्बिनी प्रेदशका मुख्यमन्त्री शंकर पोखरेलले प्रतिनिधिसभा विघटनमा विभिन्न कारण प्रस्तुत गरेका छन् । बुधबार साँझ. सामाजिक संजाल फेसबुकमार्फत नेकपा स्थायी समिति सदस्य पोखरेलले ८ कारणले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुपरेको खुलासा गरेका हुन् । सभामुख अग्नी सापकोटाको असहयोगदेखि पार्टीका प्रथम अध्यक्षविरुद्ध षडयन्त्र भएको विषयले संसद विघटन निम्याएको उनको भनाइ छ ।  Advertisement पोखरेलको नजरमानेकपाको झण्डै दुई तिहाइको उपस्थिति रहेको प्रतिनिधि सभाले आफ्नो सान्दर्भिकता गुमाउनुको पहिलो कारण  सरकारको विजनेस सभामुखवाट अवान्छित रुपमा लामो समय रोकेर राख्ना हो । सरकारवाट प्रस्तुत भएका विधेयकहरुमा सत्तापक्षकै समितिका सभापती र सांसदहरुको असहयोग रहनालेलाई पाखरेलले दास्रो कारणका रुपमा लिएका छन् ।यस्तै उनले तेस्रो कारणका ...
सांसद नै नरहेका ‘ कामचलाउ मन्त्री ‘ को भारत भ्रमण कत्ति उचित?

सांसद नै नरहेका ‘ कामचलाउ मन्त्री ‘ को भारत भ्रमण कत्ति उचित?

देश, राजनीति, समाचार
२२ पुस, काठमाडौं । सरकारको हैसियत कामचलाउ बनिसकेको र देशभित्र संवैधानिक संकट उत्पन्न भएका बेला परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको तयारी थालिएको छ । ज्ञवाली माघ १ गते दिल्ली जाने र भोलिपल्टै स्वदेश फर्कने तयारी छ । दुवै देशका परराष्ट्रमन्त्रीले संयुक्तरुपमा अध्यक्षता गर्ने नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन मन्त्री ज्ञवाली भारत भ्रमणमा जान लागेका हुन् । यसका अतिरिक्त उनले विभिन्न राजनीतिक भेटघाट समेत गर्नेछन् । Advertisement दुवै देशका बीचमा रहेका समग्र विषय, द्विपक्षीय परियोजना र अन्य विषयमा छलफल गरी समाधानको गाँठो फुकाउने म्यान्डेट संयुक्त आयोगलाई छ । यस अगाडि दुईपटक भ्रमणको मिति तय भए पनि नेपालको आन्तरिक राजनीतिक अवस्थाका कारण भ्रमण हुन सकेको थिएन । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भ्रमणमा जाने भनिए पन...
प्रचण्डल चुनावपछि नै एकता तोड्न तत्पर थिए थिए : नेता पोखरेल पोखरेल

प्रचण्डल चुनावपछि नै एकता तोड्न तत्पर थिए थिए : नेता पोखरेल पोखरेल

देश, राजनीति, समाचार
२१ पुस, जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टीका नेता ईश्वर पोखरेलले गत प्रतिनिधिसभा निर्वाचनको परिणाम आउनेबित्तिकै पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता तोड्न खोजेको आरोप लगाएका छन् । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा मंगलबार नेकपाको ओली समूहले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ३ वर्षअघि चुनाव सकिएलगत्तै प्रचण्डले आफ्नै नेतृत्वमा सरकार बनाउन छलफल चलाएको आरोप लगाएका हुन् । Advertisement ‘सरकार बनाउने बेलामा हामीले छलफल चलाउँदा दुई दिनसम्म प्रचण्ड आउनु नै भएन’ उपप्रधानमन्त्री समेत रहेका पोखरेलले भने, ‘पछि थाहा पाउँदा त उहाँ कांग्रेस र साना दलहरुसँग सरकार बनाउने बारेमा छलफल चलाइसक्नुभएको रहेछ ।’ चुनावमा तत्कालिन नेकपा एमाले र नेकपा माओेवादी केन्द्र मिलेर बहुमत ल्याएपछि सरकार बनाउने फाइदा प्रचण्डले लिने खोजेको पोखरेलले बताए । त्यतिबेला व...
३० जना एसपीको सरुवा (सूचीसहित)

३० जना एसपीको सरुवा (सूचीसहित)

देश, राजनीति, समाचार
काठमाडौं । नेपाल प्रहरीका उपरिक्षक (एसपी)हरुको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार ३० जना एसपीहरुको सरुवा गरेका हुन् ।  जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी बेलबहादुर पाण्डेलाई सरुवा गरिएको छ ।  Advertisement झापामा सानुराम भट्टराई, मकवानपुरमा सोमेन्द्र सिंह राठौर, काभ्रेपलाञ्चोकमा भुपेन्द्र बहादुर खत्री, बारामा दिपेन्द्र शाहीलाई र सिन्धुलीमा आभुषण तिम्सिनालाई पठाईएको छ । कञ्चनपुरमा उमा प्रसाद चतुर्वेदीलाई सरुवा गरिएको छ ।त्यस्तै जिल्ला प्रहरी कार्यालय धनुषामा प्रकाश रानाभाटलाई सरुवा गरिएको छ । साभार: रातोपाटी ...
मैले बनाएको प्रधानमंत्री मैलाई घाँडो:  माधव नेपाल

मैले बनाएको प्रधानमंत्री मैलाई घाँडो: माधव नेपाल

देश, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आफैले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री घाँडो भएको बताएका छन् । जनता समाजवादी पार्टी नेपालले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् । प्रधानमन्त्री ओलीले संसदमा विपक्षी पार्टीका नेताहरुलाई गरेका शब्दबाण सुनेर आफूलाई पोल्ने गरेको समेत उनले बताए । Advertisement यस्तै प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दा देश भित्र र बाहिर कस्तो प्रभाव पार्छ भन्ने विचार नगरी बोल्ने प्रवृतिले आफूहरुलाई शिर निहुर्याएर बस्नुपर्ने अवस्थामा पुर्याएको समेत बताए । उनले भने– ‘संसदमा उहाँले विपक्षी पार्टीहरुसँग, विपक्षी नेताहरुसँग गरिएका शब्दबाणहरु सुन्नुहोस् । त्यो ओहोदामा पुगेको र देश...
निर्वाचन आयोग तात्यो: थाल्यो मतदान स्थल निर्माण

निर्वाचन आयोग तात्यो: थाल्यो मतदान स्थल निर्माण

देश, राजनीति, समाचार
२१ पुस, काठमाडौं । निर्वाचन आयोगले बिहीबारदेखि मध्यावधि चुनावका लागि मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्य सुरु गर्ने भएको छ । सरकारले संसद भंग गरेर वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेको छ । संसद विघटनविरुद्ध परेको रिटमा भोलिबाट सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ गर्ने तयारी छ । Advertisement निर्वाचन आयोगले भने आफ्नो तयारी गरिरहेको छ । आयोगले अन्तिम मतदाता नामावली तयारी थालेको छ । मतदाता नामावलीसँगै गर्दा मतदान स्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी काम पनि गर्नुपर्ने भन्दै आयोगले “मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७” र “मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्यक्रम, २०७७” स्वीकृत गरेको छ । ‘पुस २३ गतेदेखि जिल्लास्तरमा मतदान स्थल तथा मतदान केन्द्र निर्धारण सम्बन्धी कार्य प्रारम्भ हुँदैछ’ आयोगले भ...
भारत सरकारसँग विरोध प्रकट गर्न कमल थापाद्वारा सरकारको ध्यानाकर्षण

भारत सरकारसँग विरोध प्रकट गर्न कमल थापाद्वारा सरकारको ध्यानाकर्षण

देश, राजनीति, समाचार
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सोमबार भएको कञ्चनपुर घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।  मंगलबार सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सीमाक्षेत्रमा एक नेपालीलाई गोली प्रहार गरी घाइते बनाएको घटनाप्रति घोर भत्सर्ना गरेका छन् । उनले घटनाको छानबिन गर्न,भारत सरकारसँग बिरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न सरकारको ध्यान आकर्षित गरेका छन् ।  Advertisement उनले भनेका छन् - 'कञ्चनपुरको दोधारा चाँदनी नपास्थित नेपाल-भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार साँझ १६ बर्षिय नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको घोर भत्सर्ना गर्दछु।घटनाको छानबिन गर्न,भारत सरकारसँग बिरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न सरकारको ध्यान आकर्षित गर्दछु'  सोमबार साझँ भारतीय ...
आन्दोलन नेकपाकै शक्तिको भरमा: रघुजी पन्त

आन्दोलन नेकपाकै शक्तिको भरमा: रघुजी पन्त

देश, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तले आगामी आन्दोलन नेकपाकै शक्तिको भरमा अघि बढ्ने बताएका छन् । सोमबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठकपश्चात सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ स्थायी कमिटी सदस्य पन्तले सरकारको संसद विघटनको असंवैधानिक कदमका विरुद्ध संयुक्त आन्दोलनको लागि प्रयास जारी राख्दै आगामी आन्दोलन भने नेकपाकै शक्तिको भरमा अगाडी बढाउने बताएका हुन् । Advertisement पन्तले संसद विघटनको सम्बन्धमा सर्वोच्च अदालतले कुनै नेता अथवा आन्दोलनकारीको मुख हेरी फैसला नगर्ने टिप्पणी गरे । सर्वोच्च अदालतले संविधान हेरेर फैसला गर्ने भएकोले संसद विघटनको जवाफ पुनस्र्थापना बाहेक केही हुन नसक्ने उनले बताए । संविधानले संसद विघटनको अधिकार प्रधानमन्त्...
मन्त्रिपरिषद् विस्तारबारे सरकारका नाममा कारण देखाउ आदेश जारी

मन्त्रिपरिषद् विस्तारबारे सरकारका नाममा कारण देखाउ आदेश जारी

देश, राजनीति, समाचार
प्रधानमन्त्री केपी ओलीले १० पुसमा गरेको मन्त्रिपरिषद् विस्तार विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको आज सुनुवाई भएको छ । रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार उनले मन्त्रिपरिषद् विस्तार गैरसंवैधानिक कदम भएकाले अन्तरिम आदेश जारी गरी पाउँ भनेर निवेदन दिएका थिए ।  Advertisement सो रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले मिति नै तोकेर पुस २८ गते सरकारका प्रतिनिधिलाई मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने कारणसहित उपस्थित हुन आदेश दिएको हो । ‘सरकारका नाममा कारण देखाउ आदेश जारी भयो’, त्रिपाठीले भने, ‘मिति नै तोकेर सरकारलाई उपस्थित हुन आदेश जारी भएको छ ।’ पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि संविधानको धारा ७७ अनुसार ओली सरकार काम चलाउको हैसियतमा छ । काम चलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्न पाउँदैन । तर, ओलीले संविधानको व्यवस्था विपरित...