ओली पक्षको केन्द्रीय समितिको आकार बढेको बढ्यै
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रुपमा विभाजित भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षको अस्तित्व रक्षाका लागि धमाधम पद बाँड्न थालेका छन् । नेकपाको प्रचण्ड–माधव पक्षले करिब ७० प्रतिशत केन्द्रीय सदस्यको उपस्थितिमा आफूलाई पार्टी अध्यक्षको जिम्मेवारीबाट हटाएपछि ओलीले आफ्नो गुटलाई नै राजनीतिक दलका रुपमा परिणत गर्ने जमर्को गरेका छन् । सोही क्रममा उनले धमाधम केन्द्रीय समिति विस्तार गरेका छन् ।
Advertisement
दुई पटक केन्द्रीय समिति विस्तार गर्दै उनले आफू पक्षीय केन्द्रीय सदस्यको संख्या एक हजार पाँच सय एक पु-याएका छन् । नेकपा राजनीतिक रुपमा विभाजन भएसँगै पूर्व एमालेबाट ठूलो हिस्सा नेकपाको प्रचण्ड–माधव पक्षमा समर्पित भएको र पूर्वमाओवादीका केही केन्द्रीय नेताबाहेक सबैजसो नेता–कार्यकर्तासमेत सोही पक्षमा कायम रहेको अवस्थामा ओली...









