२०८२ चैत्र १२

राजनीति

केपी ओलीलाई युगौंयुगसम्म नेपालीहरूले सम्झिरहने छन् : सांसद भट्टराई

केपी ओलीलाई युगौंयुगसम्म नेपालीहरूले सम्झिरहने छन् : सांसद भट्टराई

देश, राजनीति, समाचार
२३ पुस, काठमाडौं । राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालीहरूले युगौंयुगसम्म सम्झिरहने बताएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले भने, ‘चीनसँगको पारवहन सम्झौताले गर्दा नेपालले कहिल्यै नाकाबन्दीको सामना गर्नु नपर्ने भएको छ । केपी ओलीको यो गुण नेपालीहरूले युग–युगसम्म नेपालीहरूले सम्झिरहने छन् ।’ Advertisement ओली नेतृत्वको सरकारले गर्व गर्न लायक प्रशस्त काम गरेको नेकपा ओली पक्षका सांसद भट्टराईको भनाइ छ । तुइन युगको समाप्ति, लोडसेडिङ अन्त्य, संघीयताको संस्थागत विकास, सुरक्षा अंगको व्यवस्थापन, धरहरा निर्माण अन्तिम चरणमा पुगेको र मेलम्ची निर्माण कार्य अन्तिम चरणमा पुगेको बैठकमा उनले बताए । सरकारको संसद संसद विघटनको निर्णय संविधान बमोजिम भएको उनले दाबी गरे । Credit: OnlineKhabar ...
इन्स्पेक्टर शर्मा निलम्बित : थानकोटका

इन्स्पेक्टर शर्मा निलम्बित : थानकोटका

देश, राजनीति, समाचार
२३ पुस, काठमाडौं । महानगरीय प्रहरी वृत्त, थानकोटको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक गायत्रीराज शर्मालाई निलम्बन गरिएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालको सिफारिसमा गृह मन्त्रालयले शर्मालाई निलम्बन गरेको हो । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एक अधिकृतका अनुसार सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमाथि छानविन थाल्न उनलाई निलम्बन गरिएको हो । Advertisement थानकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) घनश्याम श्रेष्ठले गरेको रिपोर्टिङका आधारमा काठमाडौंका एसएसपी अशोक सिंहले शर्माविरुद्ध छानविन थालेका थिए । शर्मालाई निलम्बन गरिएसँगै छानविनका लागि छुट्टै समिति बनाउने तयारी छ । कलंकीमा भएको एक दुर्घटनामा अनुसन्धान प्रतिवेदन ढिला बुझाएर नियमित प्रक्रियालाई लम्ब्याएको अभियोग शर्मामाथि छ । त्यसवापत उनले हिरासतमा रहेका व्यक्तिका निकटस्थसँग...
धादिङ आइपुग्यो एकीकरण पदयात्रा

धादिङ आइपुग्यो एकीकरण पदयात्रा

देश, राजनीति, समाचार
एजेन्सी । नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाह र गोरखाली फौज हिँडेको बाटो हुँदै नेपाली सेनाले शुरु गरेको ‘एकीकरण पदयात्रा’ आज धादिङ आएको छ । गोरखाबाट हिँडेको रणसिंह दल गणले गोरखा दरबारबाट ल्याइएको दीप र झण्डा बोर्लाङ्घाटमा आएर धादिङस्थित नेपाली सेनाको देवीदत्त गणलाई हस्तान्तरण गरेको थियो । Advertisement बोर्लाङबाट आज हिँडेको सेनाको टोली बुङ्कोटघाटबाट कछारगाउँ, सल्यानटारको कोषढुङ्गा, रानीपौवा, कालोढुङ्गा, खहरे, चरङ्गे पौवा, चरङ्गेमा आएर बसेको छ । पदयात्रा देवीदत्त गणका प्रमुख सेनानी दिनेश कार्कीले नेतृत्व गरेका थिए । चरङ्गेस्थित शान्तिकालिका आधारभूत विद्यालयमा आएपछि गाउँबासी र जनप्रतिनिधिको टोलीले स्वागत गरेको थियो । त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुख शम्भु थापा र नेत्रावती डबजोङमा गाउँपालिकाका प्रमुख दुर्गाकुमार शाक्यले सेनाको टोलीलाई स्वागत ग...
निर्वाचन आयोगसँगलाई प्रचण्ड – नेपालको आग्रह : सूर्य चिन्न हाम्रै होस

निर्वाचन आयोगसँगलाई प्रचण्ड – नेपालको आग्रह : सूर्य चिन्न हाम्रै होस

देश, राजनीति, समाचार
२२ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले आफूहरु नै आधिकारिक नेकपा रहेको दावी निर्वाचन आयोगसँग दोहो¥याएको छ । पुस १७ मा आयोगले यो समूहलाई वैधानिकता दावी गर्न भन्दै पत्र पठाएको थियो । पुष्पकमल दाहाल प्रचण्डको नाममा आएको पत्रको जवाफमा यो समूहले थप दावी प्रमाणको आवश्यकता नै नरहेको अडान लिएको छ । पुस १८ मा जवाफ पत्र पठाएको यो समूहले पुस १० मा पेश भएको (दर्ता नम्बर ५५५) कागजात नै पर्याप्त भएको जवाफ दिएको छ । दलसम्बन्धी ऐन–२०७३ को दफा ५१, नियमावली–२०७४ को नियम २५ र अनुसूची १८ ले तोकेको ढाँचामै आवश्यक कागजात बुझाएको पत्रमा उल्लेख छ । Advertisement त्यसैले, नेकपाको वैधानिकता दावी गर्नुपर्ने अवस्था र स्थिति विद्यमान नरहेको जानकारी आयोगलाई गराएको छ । यो समूहले केपी शर्मा ओलीलाई दलको विधान बमोजिम अनुशासनको कार्बाही गरी अध्यक्षबाट हट...
यी हुन् प्रतिनिधिसभा विघटनका ८ कारण : शंकर पोखरेलद्वारा खुलासा

यी हुन् प्रतिनिधिसभा विघटनका ८ कारण : शंकर पोखरेलद्वारा खुलासा

देश, राजनीति, समाचार
काठमाडौं । लुम्बिनी प्रेदशका मुख्यमन्त्री शंकर पोखरेलले प्रतिनिधिसभा विघटनमा विभिन्न कारण प्रस्तुत गरेका छन् । बुधबार साँझ. सामाजिक संजाल फेसबुकमार्फत नेकपा स्थायी समिति सदस्य पोखरेलले ८ कारणले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुपरेको खुलासा गरेका हुन् । सभामुख अग्नी सापकोटाको असहयोगदेखि पार्टीका प्रथम अध्यक्षविरुद्ध षडयन्त्र भएको विषयले संसद विघटन निम्याएको उनको भनाइ छ ।  Advertisement पोखरेलको नजरमानेकपाको झण्डै दुई तिहाइको उपस्थिति रहेको प्रतिनिधि सभाले आफ्नो सान्दर्भिकता गुमाउनुको पहिलो कारण  सरकारको विजनेस सभामुखवाट अवान्छित रुपमा लामो समय रोकेर राख्ना हो । सरकारवाट प्रस्तुत भएका विधेयकहरुमा सत्तापक्षकै समितिका सभापती र सांसदहरुको असहयोग रहनालेलाई पाखरेलले दास्रो कारणका रुपमा लिएका छन् ।यस्तै उनले तेस्रो कारणका ...
सांसद नै नरहेका ‘ कामचलाउ मन्त्री ‘ को भारत भ्रमण कत्ति उचित?

सांसद नै नरहेका ‘ कामचलाउ मन्त्री ‘ को भारत भ्रमण कत्ति उचित?

देश, राजनीति, समाचार
२२ पुस, काठमाडौं । सरकारको हैसियत कामचलाउ बनिसकेको र देशभित्र संवैधानिक संकट उत्पन्न भएका बेला परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको तयारी थालिएको छ । ज्ञवाली माघ १ गते दिल्ली जाने र भोलिपल्टै स्वदेश फर्कने तयारी छ । दुवै देशका परराष्ट्रमन्त्रीले संयुक्तरुपमा अध्यक्षता गर्ने नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन मन्त्री ज्ञवाली भारत भ्रमणमा जान लागेका हुन् । यसका अतिरिक्त उनले विभिन्न राजनीतिक भेटघाट समेत गर्नेछन् । Advertisement दुवै देशका बीचमा रहेका समग्र विषय, द्विपक्षीय परियोजना र अन्य विषयमा छलफल गरी समाधानको गाँठो फुकाउने म्यान्डेट संयुक्त आयोगलाई छ । यस अगाडि दुईपटक भ्रमणको मिति तय भए पनि नेपालको आन्तरिक राजनीतिक अवस्थाका कारण भ्रमण हुन सकेको थिएन । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भ्रमणमा जाने भनिए पन...
प्रचण्डल चुनावपछि नै एकता तोड्न तत्पर थिए थिए : नेता पोखरेल पोखरेल

प्रचण्डल चुनावपछि नै एकता तोड्न तत्पर थिए थिए : नेता पोखरेल पोखरेल

देश, राजनीति, समाचार
२१ पुस, जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टीका नेता ईश्वर पोखरेलले गत प्रतिनिधिसभा निर्वाचनको परिणाम आउनेबित्तिकै पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता तोड्न खोजेको आरोप लगाएका छन् । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा मंगलबार नेकपाको ओली समूहले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ३ वर्षअघि चुनाव सकिएलगत्तै प्रचण्डले आफ्नै नेतृत्वमा सरकार बनाउन छलफल चलाएको आरोप लगाएका हुन् । Advertisement ‘सरकार बनाउने बेलामा हामीले छलफल चलाउँदा दुई दिनसम्म प्रचण्ड आउनु नै भएन’ उपप्रधानमन्त्री समेत रहेका पोखरेलले भने, ‘पछि थाहा पाउँदा त उहाँ कांग्रेस र साना दलहरुसँग सरकार बनाउने बारेमा छलफल चलाइसक्नुभएको रहेछ ।’ चुनावमा तत्कालिन नेकपा एमाले र नेकपा माओेवादी केन्द्र मिलेर बहुमत ल्याएपछि सरकार बनाउने फाइदा प्रचण्डले लिने खोजेको पोखरेलले बताए । त्यतिबेला व...
३० जना एसपीको सरुवा (सूचीसहित)

३० जना एसपीको सरुवा (सूचीसहित)

देश, राजनीति, समाचार
काठमाडौं । नेपाल प्रहरीका उपरिक्षक (एसपी)हरुको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार ३० जना एसपीहरुको सरुवा गरेका हुन् ।  जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी बेलबहादुर पाण्डेलाई सरुवा गरिएको छ ।  Advertisement झापामा सानुराम भट्टराई, मकवानपुरमा सोमेन्द्र सिंह राठौर, काभ्रेपलाञ्चोकमा भुपेन्द्र बहादुर खत्री, बारामा दिपेन्द्र शाहीलाई र सिन्धुलीमा आभुषण तिम्सिनालाई पठाईएको छ । कञ्चनपुरमा उमा प्रसाद चतुर्वेदीलाई सरुवा गरिएको छ ।त्यस्तै जिल्ला प्रहरी कार्यालय धनुषामा प्रकाश रानाभाटलाई सरुवा गरिएको छ । साभार: रातोपाटी ...
मैले बनाएको प्रधानमंत्री मैलाई घाँडो:  माधव नेपाल

मैले बनाएको प्रधानमंत्री मैलाई घाँडो: माधव नेपाल

देश, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आफैले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री घाँडो भएको बताएका छन् । जनता समाजवादी पार्टी नेपालले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् । प्रधानमन्त्री ओलीले संसदमा विपक्षी पार्टीका नेताहरुलाई गरेका शब्दबाण सुनेर आफूलाई पोल्ने गरेको समेत उनले बताए । Advertisement यस्तै प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दा देश भित्र र बाहिर कस्तो प्रभाव पार्छ भन्ने विचार नगरी बोल्ने प्रवृतिले आफूहरुलाई शिर निहुर्याएर बस्नुपर्ने अवस्थामा पुर्याएको समेत बताए । उनले भने– ‘संसदमा उहाँले विपक्षी पार्टीहरुसँग, विपक्षी नेताहरुसँग गरिएका शब्दबाणहरु सुन्नुहोस् । त्यो ओहोदामा पुगेको र देश...
निर्वाचन आयोग तात्यो: थाल्यो मतदान स्थल निर्माण

निर्वाचन आयोग तात्यो: थाल्यो मतदान स्थल निर्माण

देश, राजनीति, समाचार
२१ पुस, काठमाडौं । निर्वाचन आयोगले बिहीबारदेखि मध्यावधि चुनावका लागि मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्य सुरु गर्ने भएको छ । सरकारले संसद भंग गरेर वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेको छ । संसद विघटनविरुद्ध परेको रिटमा भोलिबाट सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ गर्ने तयारी छ । Advertisement निर्वाचन आयोगले भने आफ्नो तयारी गरिरहेको छ । आयोगले अन्तिम मतदाता नामावली तयारी थालेको छ । मतदाता नामावलीसँगै गर्दा मतदान स्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी काम पनि गर्नुपर्ने भन्दै आयोगले “मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७” र “मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्यक्रम, २०७७” स्वीकृत गरेको छ । ‘पुस २३ गतेदेखि जिल्लास्तरमा मतदान स्थल तथा मतदान केन्द्र निर्धारण सम्बन्धी कार्य प्रारम्भ हुँदैछ’ आयोगले भ...