२०८२ पुष ४

राजनीति

दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक : प्रम ओलिको संबोधन

दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक : प्रम ओलिको संबोधन

देश, राजनीति, समाचार
आइतबार बस्ने राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । बैठक दिउँसो १  बजेका लागि बोलाइएको छ ।  Advertisement अहिले केहीबेरमा बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीले सम्वोधन गर्ने कार्यसूची तय गर्ने संसद सचिवालय स्रोतले बताएको छ । चौतर्फी रुपमा प्रतिनिधिसभा विघटनको विरोध भइरहेका बेला प्रधानमन्त्री ओलीले राष्ट्रिय सभा बैठकबाट आफ्नो भनाइ राख्न लागेका हुन् ।  राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्तर्गत आज चौथो बैठक बस्न लागेको हो । साभार: रातोपाटी ...
जनताको भावना कुण्ठित हुन पुगेको छ, हामी चिन्तित छौँ : ईश्वर पोखरेल

जनताको भावना कुण्ठित हुन पुगेको छ, हामी चिन्तित छौँ : ईश्वर पोखरेल

देश, राजनीति, समाचार
 उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताको भावना कुण्ठित भएकोमा चिन्तित रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय सदस्यसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले आज नेकपा मकवानपुरको जिल्ला भेलालाई सम्बोधन गर्दै नेकपाभित्रको प्रचण्ड–माधव समूहले जनभावनालाई बेवास्ता गरेको आरोप लगाए । Advertisement उनले जनताको पाँच वर्षका लागि केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने चाहनालाई अर्को पक्षबाट सम्मान नगरिएको दाबी गरे । “नेकपा अध्यक्ष प्रचण्डको अन्तरविरोध सिर्जना गर्दै जाने र अर्का नेता माधव नेपालको पदबाहेक बस्नै नसक्ने कुण्ठाको कारण नेकपाभित्र विवाद सिर्जना भएको हो”, उनले भने, “कुर्सीको आकार हेर्ने, घनचक्कर पैदा गर्ने, इष्र्या र डाह बोक्नेले महाधिवेशनबाट अध्यक्ष र निर्वाचनबाट प्रधानमन्त्री बन्नुभएका केपी शर्मा ओलीको हाइहाइ र लोकप्रियताबाट कुण्ठित...
अध्यक्ष प्रचण्ड स्वदेश फिर्ता, श्रीमती सीताको उपचार मुम्बईमा जारी

अध्यक्ष प्रचण्ड स्वदेश फिर्ता, श्रीमती सीताको उपचार मुम्बईमा जारी

देश, राजनीति, समाचार
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिवार स्वदेश फर्किएका छन् । पत्नी सीता दाहालको उपचारका लागि पुस २० गते भारतको मुम्बई गएका प्रचण्ड शनिवार स्वदेश फर्किएका हुन् । Advertisement अध्यक्ष प्रचण्डको स्वागतका लागि नेकपाका नेता वर्षमान पुन, जोखबहादुर महरालगायत नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल  विमानस्थल पुगेका थिए । उनी पत्नी सीताको उपचार एवं अन्य बन्दोबस्तका लागि छोरी गङ्गा र रेनु दाहाललाई छाडेर स्वदेश फर्किएको उनको सचिवालयले जनाएको छ । लामो समयदेखि पार्किन्सनजस्तो देखिने गम्भीर रोगबाट पीडित सीताको थप उपचार मुम्बईको न्युरोजिन ब्रेन एण्ड स्पाइनल इन्टिच्युटमा उपचार भएको छ । साभार: रातोपाटी ...
निर्धारित मितिमै निर्वाचन हुन्छ, मज्जाले तयारी गर्नुस् : प्रधानमन्त्री ओली

निर्धारित मितिमै निर्वाचन हुन्छ, मज्जाले तयारी गर्नुस् : प्रधानमन्त्री ओली

देश, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिन पनि तलमाथि नगरी निर्धारित मितिमै प्रतिनिधि सभाको निर्वाचन हुने बताएका छन् । शनिबार काठमाडौँमा राष्ट्रिय युवा संघले आयोजना गरेको ताजा जनादेशको लागि घोषित मध्यावधि निर्वाचनको स्वागतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी वर्ष बैशाख १७ गते र २७ गते नै निर्वाचन हुने बताए ।  Advertisement एकदिन पनि निर्वाचन तलमाथि नहुने भन्दै उहाँले कार्यकर्ताहरुलाई निर्वाचनको वातावरण सिर्जना गर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले आफुलाई लोकतन्त्र मास्न लागेको आरोप लगाइएको भन्दै लोकतन्त्र जोगाउन जेलनेल भोगेर आएकाले निर्धारित मितिमै निर्वाचन गराउने प्रतिवद्धता व्यक्त गरे । प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन संवैधानिक भएको जिकिर गरे । सर्वोच्च अदालतलाई सडकबाट प्रभावित गराउन खोजिएको भन्दै उहाँले स्वतन्त्...
ओलीलाई थापाको चुनौती : सुवास नेम्वाङलाई लिएर आउनुस् खुलामञ्चमा संविधान पढौं

ओलीलाई थापाको चुनौती : सुवास नेम्वाङलाई लिएर आउनुस् खुलामञ्चमा संविधान पढौं

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले शर्मा ओलीले  खुलामञ्चमा सँगै संविधान पढ्न आउन प्रधानमन्त्री केपी ओलीलाई चुनौती दिएका छन् । शुक्रबार धनगढीमा आयोजना गरेको सभामा ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न आग्रह गरेका थिए ।  Advertisement शनिबार थापाले भने, ‘कमरेड ओली आउनुस्, खुलामञ्चमा बहस गरौं । तपाई मैदान छाडेर लुकेर बस्ने सुवास नेम्वाङलाई लिएर आउनुस्, हामी संविधान ढोगेर जारी गर्ने रामवरण यादवलाई लिएर आउँछौं, खुलामञ्चमा जनताको बीचमा संविधान पढौं ।’ प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली काँग्रेस काठमाडौं ४ (ख)ले आयोजना गरेको विरोधसभामा प्रधामनन्त्री ओलीले क्रान्तिकारी नभई संसद छाडेर भागेको भगौडा भएको बताए  । थापाले भने, ‘संसदको सामना नगर्ने, अनि अदालतलाई प्रभावित गर्न मसँग ६४ प्रतिशत मत भएकाले अर्को संसदबाट सरकार बन्नै स...
दुर्लभ वन्यजन्तुको चोरी, निकासी बढ्यो, सरोकारवाला निकाय मुखदर्शक

दुर्लभ वन्यजन्तुको चोरी, निकासी बढ्यो, सरोकारवाला निकाय मुखदर्शक

देश, राजनीति, समाचार
सरोकारवाला निकायले ध्यान नदिँदा जाजरकोटमा दैनिक दुर्लभ वन्यजन्तुको चोरी, निकासी बढेको छ । चोरी निकासी तथा शिकार गर्ने प्रवृत्ति बढे पनि सरोकारवाला निकाय मुखदर्शक भएको स्थानीयवासीको आरोप छ ।  Advertisement प्रहरीचौकी नजिकै बन्दुकद्वारा भकाभक वन्यजन्तु मर्दासम्म खासै नियन्त्रणतर्फ ध्यान नगएको उनीहरुको आरोप छ । प्रहरी कार्यालयभित्र नै बन्दुक पट्काएको आवाज आउँदा पनि प्रहरीले ध्यान दिँदैनन् बारेकोट गाउँपालिका–४ का काली बस्नेतले बताए । बारेकोट गाउँपालिकाको जिरीमैना, पारामुल्साम, लुहाग स्याला, कोलल्यानी, सिल्पाचौर, लैखम, नलगाड नगरपालिकाको ऐराडी, नहकुली, गेरेनी, रावतगाउँ, ध्यारगाउँ, रग्दा, भगवती, कुशे गाउँपालिकाको पैक, अछार्नी, भेरी नगरपालिकाको डिङ्गा, तिमीलेलगायत स्थानको उच्च लेक तथा पाटन क्षेत्रमा दैनिक चोरी शिकार भइरहेको वन्यजन्तु संरक्षण अभियान्ता गोव...
निर्मला पन्तलाई न्याय माग्दा पक्राउ परेकालाई रिहाइ गर्न देउवाको माग

निर्मला पन्तलाई न्याय माग्दा पक्राउ परेकालाई रिहाइ गर्न देउवाको माग

देश, राजनीति, समाचार, सामाजिक
२४ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखिएको टिसर्ट लगाउँदा पक्राउ परेकाहरूलाई तत्काल रिहाइ गर्न माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा शुक्रबार धनगढीमा आयोजित कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएको भन्दै प्रहरीले पक्राउ गरेका सात युवा रिहा गर्नुपर्ने उनको माग छ । Advertisement न्यायको माग राखेर शान्तिपूर्ण प्रदर्शन गरेकालाई पक्राउ गर्नु लोकतान्त्रिक मुख्य मान्यता विपरीत रहेको देउवाको ठहर छ । ‘धनगढीमा निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरूलाई पक्राउ गर्ने कार्य एकदम निन्दनीय छ,’ पूर्वप्रधानमन्त्री देउवाले ट्विटरमा लेखेका छन्, ‘दोषीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेको नाग...
केपी ओलीलाई युगौंयुगसम्म नेपालीहरूले सम्झिरहने छन् : सांसद भट्टराई

केपी ओलीलाई युगौंयुगसम्म नेपालीहरूले सम्झिरहने छन् : सांसद भट्टराई

देश, राजनीति, समाचार
२३ पुस, काठमाडौं । राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालीहरूले युगौंयुगसम्म सम्झिरहने बताएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले भने, ‘चीनसँगको पारवहन सम्झौताले गर्दा नेपालले कहिल्यै नाकाबन्दीको सामना गर्नु नपर्ने भएको छ । केपी ओलीको यो गुण नेपालीहरूले युग–युगसम्म नेपालीहरूले सम्झिरहने छन् ।’ Advertisement ओली नेतृत्वको सरकारले गर्व गर्न लायक प्रशस्त काम गरेको नेकपा ओली पक्षका सांसद भट्टराईको भनाइ छ । तुइन युगको समाप्ति, लोडसेडिङ अन्त्य, संघीयताको संस्थागत विकास, सुरक्षा अंगको व्यवस्थापन, धरहरा निर्माण अन्तिम चरणमा पुगेको र मेलम्ची निर्माण कार्य अन्तिम चरणमा पुगेको बैठकमा उनले बताए । सरकारको संसद संसद विघटनको निर्णय संविधान बमोजिम भएको उनले दाबी गरे । Credit: OnlineKhabar ...
इन्स्पेक्टर शर्मा निलम्बित : थानकोटका

इन्स्पेक्टर शर्मा निलम्बित : थानकोटका

देश, राजनीति, समाचार
२३ पुस, काठमाडौं । महानगरीय प्रहरी वृत्त, थानकोटको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक गायत्रीराज शर्मालाई निलम्बन गरिएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालको सिफारिसमा गृह मन्त्रालयले शर्मालाई निलम्बन गरेको हो । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एक अधिकृतका अनुसार सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमाथि छानविन थाल्न उनलाई निलम्बन गरिएको हो । Advertisement थानकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) घनश्याम श्रेष्ठले गरेको रिपोर्टिङका आधारमा काठमाडौंका एसएसपी अशोक सिंहले शर्माविरुद्ध छानविन थालेका थिए । शर्मालाई निलम्बन गरिएसँगै छानविनका लागि छुट्टै समिति बनाउने तयारी छ । कलंकीमा भएको एक दुर्घटनामा अनुसन्धान प्रतिवेदन ढिला बुझाएर नियमित प्रक्रियालाई लम्ब्याएको अभियोग शर्मामाथि छ । त्यसवापत उनले हिरासतमा रहेका व्यक्तिका निकटस्थसँग...
धादिङ आइपुग्यो एकीकरण पदयात्रा

धादिङ आइपुग्यो एकीकरण पदयात्रा

देश, राजनीति, समाचार
एजेन्सी । नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाह र गोरखाली फौज हिँडेको बाटो हुँदै नेपाली सेनाले शुरु गरेको ‘एकीकरण पदयात्रा’ आज धादिङ आएको छ । गोरखाबाट हिँडेको रणसिंह दल गणले गोरखा दरबारबाट ल्याइएको दीप र झण्डा बोर्लाङ्घाटमा आएर धादिङस्थित नेपाली सेनाको देवीदत्त गणलाई हस्तान्तरण गरेको थियो । Advertisement बोर्लाङबाट आज हिँडेको सेनाको टोली बुङ्कोटघाटबाट कछारगाउँ, सल्यानटारको कोषढुङ्गा, रानीपौवा, कालोढुङ्गा, खहरे, चरङ्गे पौवा, चरङ्गेमा आएर बसेको छ । पदयात्रा देवीदत्त गणका प्रमुख सेनानी दिनेश कार्कीले नेतृत्व गरेका थिए । चरङ्गेस्थित शान्तिकालिका आधारभूत विद्यालयमा आएपछि गाउँबासी र जनप्रतिनिधिको टोलीले स्वागत गरेको थियो । त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुख शम्भु थापा र नेत्रावती डबजोङमा गाउँपालिकाका प्रमुख दुर्गाकुमार शाक्यले सेनाको टोलीलाई स्वागत ग...