पौडेल भेट्न बोहोराटार पुगे देउवा, भोलिको बैठक सर्यो
काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । सोमबार अपरान्ह सभापति देउवा वरिष्ठ नेता पौडेललाई भेट्न पौडेलको निवास बोहोराटार पुगेका हुन्।
Advertisement
बोहोराटारमा देउवा र पौडेलबीच करिब एक घण्टा संवाद भएको थियो । असोज १२ मा पौडेल पक्षले केन्द्रीय समितिमा पेस गरेको विरोध पत्रका विषयमा छलफल भएको पौडेलका्े सचिवालयले जनाएको छ ।
स्रोतका अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध पार्टीका नेताहरुबाट आइरहेका फरक फरक धारणाका विषयमा पनि छलफल भएको छ । संसद् पुनर्स्थापनाको मुद्दासहित सडकमा जानुपर्नेमा पौडेलले जोडदिएपछि देउवाले पौडेलसँग ‘वान टु वान’ वार्ता गरेको बुझिएको छ ।
गत बुधबार नेकपाका प्रचण्डनेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आफूसँग राखेको प्रस्तावबारे पन...









