हामी चार्ली च्याप्लिन हैनौ : प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको बताएका छन् । राजधानीमा आयोजित प्रचण्ड–माधव पक्षको काठमाडौं जिल्ला कार्यकर्ता भेलामा प्रचण्डले भने, ‘७० वर्षभन्दा बढी समयबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा छ । संविधान धरापमा छ । यसको रक्षा गर्नु हाम्रो जिम्मेवारी छ । संघीय लोकतान्त्रिक गणतन्त्रका लागि हामी सबै गम्भीर छौँ । हाम्रै अगाडी यत्रो प्रहार भएको छ ।’
Advertisement
प्रचण्डले आफूहरुले नै निर्वाचित गरेको प्रधानमन्त्री र अध्यक्षले परिवर्तनका मुद्दालाई धूमिल पारेको बताए । ‘हामीले नै निर्वाचित गरेको प्रधानमन्त्रीबाट, हामीले चयन गरेको अध्यक्षबाट संविधान र लोकतन्त्रमाथि प्रहार भएको छ । ऐतिहासिक जिम्मेवारीलाई गहिरो गरी वोध गर्न म सबैमा अपिल गर्...









