संसद बहाली नभए सरकारविरुद्ध लडाईँ हुन्छ : नेता झा
रौतहट । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवं पूर्वमन्त्री अनिल झाले संसद पुनर्स्थापना नभएमा सरकारको विरुद्ध थप कडा आन्दोलन हुने चेतावनी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमाथि अधिनायकवाद लाद्न खोजेको भन्दै झाले जनत समाजवादी पार्टी अबको लडाईं वारपारको लड्ने बताए ।
Advertisement
राजपा रौतहटद्वारा सनिवार चन्द्रपुर नगरपालिका बसन्तपुरमा आयोजित कार्यक्रममा नेता झाले त्यस्तो चेतावनी दिए । विरोधसभामा पार्टी केन्द्रीय कार्यकारिणी सदस्य पूर्वमन्त्री हिसिला यमी,केन्द्रीय सदस्य पूर्वमन्त्री गोबिन्द चौधरी, केन्द्रीय सदस्य सुशीला श्रेष्ठ, केन्द्रीय सदस्य तथा राज्यमन्त्री द्वय योगेन्द्र यादव, डा. डिम्पल झा, विधायकद्वय किशोरी यादव, गौर नगरपालिकाका मेयर अजय गुप्ता, केन्द्रीय सदस्य रेवन्त झा, अनिल सिंह, धिरज पटेल, कन्थ...









