२०८१ जेष्ठ ५

राजनीति

मोरङमा निर्वाचनको तयारी

मोरङमा निर्वाचनको तयारी

देश, राजनीति, समाचार
सरकारले अगामी वैशाख १७ र २७ गते आम निर्वाचन गर्ने गरेको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय मोरङ आवश्यक तयारीमा जुटेको छ ।  यसका लागि कार्यालयले जिल्ला मतदान तथा मतदान निर्धारण समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा बैठक सम्पन्न गरी मतदानका निम्ति सूची र मापदण्ड मोरङका १७ वटै स्थानीय तह र जिल्लास्थित राजनीतिक दललाई आवश्यक सुझावका लागि पठाइसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेशकुमार ठाकुरले बताए ।  Advertisement उनले स्थानीय तह तथा राजनीतिक दलबाट सो सम्बन्धमा आउने सुझावलाई ग्रहण गरी सोहीअनुसार काम गर्दा निर्वाचन सहज हुने धारणा राखे । राजनीतिक दल तथा स्थानीय तहका जनप्रतिनिधिहरुबाट आउने सुझावलाई परिमार्जन गरेर मतदान केन्द्र र मतदान स्थलको निर्धारण गर्दा निर्वाचनप्रतिको विश्वास बढ्ने, निर्वाचन निष्पक्ष, धाँधलीर...
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको आज पनि सुनुवाइ हुँदै

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको आज पनि सुनुवाइ हुँदै

देश, राजनीति, समाचार
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको आज पनि सुनुवाइ हुँदैछ । आइतबार प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ भएकोमा वकिलहरुले बहस गर्ने क्रम जारी रहेकाले लगातार सुनुवाइ हुने गरी हेर्दाहेर्दैमा राखेका थिए । आइतबार रिट निवेदनकर्ताको तर्फबाट अधिवक्ताहरु भीमार्जुन आचार्य, बद्रीराज भट्ट, सुनील पोखरेललगायतले बहस गरेका थिए । Advertisement बहसका क्रममा पोखरेलले प्रचण्ड र माधव नेपालले असहयोग गरेकै कारण विघटनको अधिकारी प्रधानमन्त्रीमा नरहेको जिकिर गरेका थिए । उनले संसदले विश्वासको मत दिएन भने मात्रै संसद विघटन गर्न सकिने भन्दै त्यसका लागि १४८ दिनसम्म प्रक्रियमा जान समय लाग्ने तर्क गरेका थिए । आचार्यले पनि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नै नसक्ने तर्क गरे । गत १० पुस गते सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नु...
जङ्गी अड्डा सुरक्षा-व्यवस्थापन केन्द्र सुचारु

जङ्गी अड्डा सुरक्षा-व्यवस्थापन केन्द्र सुचारु

देश, राजनीति, समाचार
प्रधान सेनापति पूर्णचन्द्र थापाले आज जङ्गी अड्डा भवनमा हालसालै स्थापना गरिएको ‘जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्र’को समुद्‍घाटन गरेका छन् ।  Advertisement यस्तै बन्दोवस्ती तथा विपदको अवस्थामा  छिटो सूचना प्राप्त गर्न सकिने व्यवस्था समेत गरिएको जनाइएको छ ।  साभार: रातोपाटी
निर्वाचन आयोगद्वारा राजनीतिक दलसँग सल्लाह

निर्वाचन आयोगद्वारा राजनीतिक दलसँग सल्लाह

देश, राजनीति, समाचार
निर्वाचन आयोगले सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिसँग आगामी प्रतिनिधिसभा निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी बनाउने उद्देश्यले राय सुझाव लिएको छ । राजनीतिक दलका प्रतिनिधिलाई आयोगमा बोलाएर मतदाता नामावली अद्यावधिक एवं मतदानस्थल र केन्द्र पुुनरालोकनका विषयमा केन्द्रित रहेर सुुझाव लिइएको हो । मुुलुकका ७५३ वटै पालिकामा यही माघ १५ देखि २१ गतेसम्म मतदाता नामावली  अद्यावधिक गरिँदैछ । केन्द्र, प्रदेश र स्थानीय तहका राजनीतिक दलका समितिको उल्लेख्य सहयोग, समन्वय र सहभागिताका लागि आवश्यक निर्देशनको अपेक्षा राख्दै आयोगले राजनीतिक दललाई यसअघि नै पत्राचार गरिसकेको छ । Advertisement आयोगका अनुुसार माघ १५ गते कार्यक्रमको सूूचनासहित मतदाता नामावली प्रकाशन गर्ने, कुुनै नाम वा विवरण त्रुुटि भएमा सच्च्याउन १६ र १७  गते  ...
ओलीले जनताको ढाड भाँच्ने काम गरे : मन्त्री यादव

ओलीले जनताको ढाड भाँच्ने काम गरे : मन्त्री यादव

देश, राजनीति, समाचार
जनकपुर । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको ढाड भाँच्ने काम गरेको बताएका छन् । उनले संविधान विपरित संसद विघटन गर्दै निर्वाचन घोषणा गरेको पनि दावी गरे । जनताको सर्वोच्च जनप्रतिधि संस्था प्रतिनिधि सभा विघटन गरेर जनताले तिरेको करमाथि ओलीले मनोमानी गरिरहेको मन्त्री यादवको भनाइ छ । Advertisement आइतबार धनुषाको गणेशमान चारनाथ नगरपालिकाको न्यायीक समितिको इजलाशकक्ष उद्घाटन गर्दै मन्त्री यादवले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर देशलाई अराजकतातर्फ धकेलेको तथा मुलुक र जनताले पीडा भोग्नुपरिरहेको पनि बताए । ‘संघीयतालाई मजबुत गर्नुपर्ने बेलामा कमजोर पार्ने र जनताको जनजीवीकालाई सहज तुल्याउनुपर्ने बेलामा जनताकै ढाड भाँच्ने गरि करोडौको रकम दुरुपयोग गर्र्ने कार्य गर्नु निन्दनीय विषय हो’, म...
लुम्बिनी प्रदेशका सबै क्षेत्रमा काँग्रेसको प्रदशन

लुम्बिनी प्रदेशका सबै क्षेत्रमा काँग्रेसको प्रदशन

देश, राजनीति, समाचार
प्रतिनिधिसभा विघटनका विरुद्ध नेपाली काँग्रेसले लुम्बिनी प्रदेशका सवै क्षेत्रमा ससत्त प्रर्दशन गरेको छ । केन्द्रीय नीति अनुसार प्रदेशका सबै क्षेत्रमा नेपाली काँग्रेसले प्रर्दशन गरेको हो । ती बिरोध सभालाइ केन्द्रीय तथा जिल्ला तहका नेताहरुले सम्बोधन गर्दै ओली सरकारले गरेका  कामले जनतालाई थप सास्ती दिएको आरोप  लगाएका थिए । Advertisement लुम्बिनी प्रदेश अस्थाई राजधानी बुटवलमा व्यापक प्रर्दशन नेपाली काँग्रेसले गरेको छ । रुपन्देहीका १६ वटै स्थानीय तहमा  विरोध सभा सम्पन्न गरेको काँग्रेस रुपन्देही सचिव रामकृष्ण खाँणले रातोपाटीलाई  बताए ।   नेपाली काँग्रेस तिलोत्तमा नगरसमितिले मणिग्राममा  गरेको विरोध सभालाइ सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्ने र सगरमाथाको गरिमा माथि धावा बोल्...
न्यायाधीशहरूलाई कहिल्यै भेटेको छैन : प्रम ओली

न्यायाधीशहरूलाई कहिल्यै भेटेको छैन : प्रम ओली

देश, राजनीति, समाचार
३ माघ, काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आफूले नभेटेको बताएका छन् । शनिबार काठमाडौंमा प्रदेश नम्बर १, प्रदेश सम्पर्क कमिटीको भेलालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष समेत अध्यक्ष समेत रहेका ओलीले न्यायाधीशलाई भेटेको प्रमाणित गर्न चुनौती दिए । ‘मैले यसपटक मात्र होइन, शायद कहिल्यै भेटेको छैन’ उनले भने, ‘अह, सपना प्रधानलाई वकिल हुँदा यस्तै कुनै कार्यक्रममा देखेको हो । अरुलाई त देखेको छैन, शायद चिनेको पनि छैन ।’ Advertisement प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला प्रधानमन्त्री ओलीले पुस २६ र २७ गते चार जना न्यायाधीशलाई भेटेको खबर आएको भन्दै शुक्रबार संवैधानिक इजलासमै प्रश्न उठेको थियो । रिट निवेदकको तर्फबाट शशी श्रेष्ठले यसबारे प्रश्न उठाएकी थिइन्, तर प्रध...
संसद बहाली नभए सरकारविरुद्ध लडाईँ हुन्छ : नेता झा

संसद बहाली नभए सरकारविरुद्ध लडाईँ हुन्छ : नेता झा

देश, राजनीति, समाचार
रौतहट । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवं पूर्वमन्त्री अनिल झाले संसद पुनर्स्थापना नभएमा सरकारको विरुद्ध थप कडा आन्दोलन हुने चेतावनी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमाथि अधिनायकवाद लाद्न खोजेको भन्दै झाले जनत समाजवादी पार्टी अबको लडाईं वारपारको लड्ने बताए । Advertisement राजपा रौतहटद्वारा  सनिवार चन्द्रपुर नगरपालिका बसन्तपुरमा आयोजित कार्यक्रममा नेता झाले त्यस्तो चेतावनी दिए । विरोधसभामा पार्टी  केन्द्रीय कार्यकारिणी सदस्य पूर्वमन्त्री हिसिला यमी,केन्द्रीय सदस्य पूर्वमन्त्री गोबिन्द चौधरी, केन्द्रीय सदस्य सुशीला श्रेष्ठ, केन्द्रीय सदस्य तथा राज्यमन्त्री द्वय योगेन्द्र यादव, डा. डिम्पल झा, विधायकद्वय किशोरी यादव, गौर नगरपालिकाका  मेयर अजय गुप्ता, केन्द्रीय सदस्य रेवन्त झा, अनिल सिंह, धिरज पटेल, कन्थ...
नेता सिंहको भन्छन : प्रधानमन्त्री सबै भन्दा उच्च हुन् तर संविधानको पनि होस गर्नु

नेता सिंहको भन्छन : प्रधानमन्त्री सबै भन्दा उच्च हुन् तर संविधानको पनि होस गर्नु

देश, राजनीति, समाचार
३ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन सिफारिस गरेको बताएका छन् । संसद विघटनविरुद्ध काठमाडौंको बसन्तपुरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै सिंहले भने, ‘संविधान हुँ भनेर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ ?’ Advertisement कांग्रेसको नेतृत्वमा संविधान जारी भएको भन्न्दै उनले प्रधानमन्त्रीले असंवैधानिक कदम उठाउँछ भने कांग्रेस टुलुटुलु हेरेर बस्न नमिल्ने बताए । राष्ट्रपति संविधानको संरक्षक भएको भन्दै उनले प्रधानमन्त्रीले संविधानको बर्खिलापमा गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन गर्न पाइन्छ भन्दै प्रश्न गरे । Credit: OnlineKhabar ...
नेपालमा थप २ सय ४० जनामा कोरोनाभाइरस संक्रमण

नेपालमा थप २ सय ४० जनामा कोरोनाभाइरस संक्रमण

देश, राजनीति, समाचार
पछिल्लो २४ घण्टामा देशभर थप २ सय ४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने थप ६ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । यस्तै मृतकको संख्या १९५४ पुगेको छ ।  Advertisement यसैगरी देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ५८ रहेको छ ।  यसैगरी पछिल्लो २४ घण्टामा ४ सय ७७ जना उपचारपछि डिस्चार्ज भएको पनि मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ३ हजार ८ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ भने हालसम्म २० लाख ८ हजार बढीको परीक्षण भइसकेको छ। साभार: रातोपाटी ...