२०८२ चैत्र १२

राजनीति

न्यायाधीशहरुलाई वर्षमानको प्रश्नः ओलीले अदालतमा सेटिङ मिलाएको छु भनेका छन्, कुरा के हो ?

न्यायाधीशहरुलाई वर्षमानको प्रश्नः ओलीले अदालतमा सेटिङ मिलाएको छु भनेका छन्, कुरा के हो ?

देश, राजनीति, समाचार
रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले संसद विघटनविरुद्ध विचाराधीन मुद्दाको फैसला गर्ने क्रममा सर्वोच्च अदालत प्रधानमन्त्री केपी ओलीको दबाब, प्रलोभन र धम्कीमा नपर्ने विश्वास व्यक्त गरेका छन् ।      पुनले अदालतले संविधानको मर्म, भावना र अक्षरका आधारमा न्यायोचित फैसला गर्ने उल्लेख गर्नुभयो । संसद विघटनलाई ओली समूहबाहेक सबै राजनीति दल, पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश, कानूनविद, नागरिक अगुवा, सामाजिक अभियन्ता र सार्वजनिक सञ्चार माध्यम सबैले असंवैधानिक भनेकाले प्रतिनिधिसभा पुर्नस्थापनाको विकल्प नरहेको उनको भनाइ थियो ।  Advertisement प्रधानमन्त्री केपी ओली र उनको समूहका मानिसहरुले सर्वोच्चमा सेटिङ मिलाएकाले प्रतिनिधिसभा विघटन सदर हुने हल्ला चलाउँदै हिंडेको भन्दै त्यसमा सचेत रहन अदालतलाई पुनको आग्रह छ  ...
‘केपी ओली कम्युनिष्ट कसरी भए ?’

‘केपी ओली कम्युनिष्ट कसरी भए ?’

देश, राजनीति, समाचार
–पंखबहादुर शाही  सुर्खेत । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सुध्रिएर देश विकास गर्ने अपेक्षा राखेपनि उनले पुर्पुरोमा हात राख्नुपर्ने अवस्थामा ल्याई पुर्याएको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार आयोजित भेलामा सम्बोधन गर्दै नेता नेपालले देश समृद्धिका लागि ओलीलाई सुधार्न विभिन्न प्रयास गरेपनि ओलीले आफुहरुलाई पुर्पुरोमा हात राख्नुपर्ने अवस्थामा ल्याएको बताएका हुन् ।  Advertisement उनले प्रधानमन्त्री ओलीले पार्टीका नेतामाथि बदलाको भावना राखेर मुलुकलाई संकटमा पारेको बताए । ‘ओलीले संविधान विरोधी, अलोकतान्त्रिक कदमहरु चाले’ उनले भने,  ओलीले  चालेका प्रतिगामी कदमले मुलुक संकटमा परेको हो ।’ पार्टीको निर्णय स्वीकार गर्न नसक्ने व्यक्ति पार्टीको साधारण सदस्य समेत रहन नसक्...
ओली समूहको कार्यक्रम बिथोल्न खोजेको भन्दै प्रचण्ड–माधव समूहका कार्यकर्ता पक्राउ

ओली समूहको कार्यक्रम बिथोल्न खोजेको भन्दै प्रचण्ड–माधव समूहका कार्यकर्ता पक्राउ

देश, राजनीति, समाचार
८ माघ, सप्तरी । नेकपा (ओली समूह) ले सप्तरीमा गर्न लागेको कार्यक्रम बिथोल्न खोजेको आरोपमा प्रचण्ड–माधव समूहका सात जना कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ओली समूहका नेता महेश बस्नेतको नेतृत्वमा बिहीबार सप्तरीमा मोटरसाइकल र्‍याली र प्रशिक्षण कार्यक्रम हुँदैछ । उक्त कार्यक्रमलाई बिथोल्न खोजेको भन्दै प्रहरीले बिहीबार बिहान प्रचण्ड–माधव समूहका छेदी रजक, बिनोद यादव, वडा अध्यक्षसमेत रहेका प्रेम यादवलगायतलाई पक्राउ गरेको हो । Advertisement सदरमुकाम राजविराजस्थित जनआन्दोलन चोकमा नाराबाजी गरिरहेका उनीहरुलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता भुवनेश्वर साहले बताए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । प्रचण्ड–माधव समूहका नेता उमेश यादवले संसद विघटनको असंवैधानिक कदमविरुद नारा लगाएकै कारण पक्राउ गर्नु तानाशाही प्रवृत्ति भएको बता...
विप्लव समूहका जिल्ला ईन्चार्ज हतियारसहित पक्राउ

विप्लव समूहका जिल्ला ईन्चार्ज हतियारसहित पक्राउ

देश, राजनीति, समाचार, सामाजिक
काठमाडौँ । नेकपा विप्लव समूहका मोरङ जिल्ला ईन्चार्ज हातहतियारसहित पक्राउ परेका छन् ।  बुधबार दिउँसो २ बजे मोरङ बुढीगंगा गाउँपालिका-४ बाट संखुवासभा मादी नगरपालिका-४ ओखरबोटेका ३२ वर्षीय डिबि सिलवाल भन्ने धन बहादुर बिक पक्राउ परेका हुन् ।  Advertisement जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईका अनुसार बिक मोरङ जिल्लाका उद्योगी व्यवसायीहरुलाई धम्क्याउँदै चन्दा असुल गर्ने कार्यमा संलग्न हुँदै आएका थिए । लामो समयदेखि प्रतिवन्धित नेकपा विप्लव समूहमा आवद्ध रहेका उनी मोरङ जिल्ला ईन्चार्ज हुन् ।  उनको साथबाट प्रहरीले अटोमेटिक पेस्तोल एक थान,  म्याग्जिनमा लोड गरेको  अवस्थामा KF 7.65 लेखिएको गोली ३ थान , सिम नभएको ओप्पो कम्पनीको मोबाइल एक थान, कलर्स मोबाइल एक थान र सिमकार्डहरु बरामद गरेको छ । प्रहरी अनुसन्धानमा ...
प्रतिनिधिसभा विघटन मुद्दाको बहसमा ‘टाइम कार्ड लागू’

प्रतिनिधिसभा विघटन मुद्दाको बहसमा ‘टाइम कार्ड लागू’

देश, राजनीति, समाचार
–कालिका खड्का काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनको सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले बहस गर्दा प्रत्येक कानून व्यवसायीले आधा घण्टामा बहस सकाउन ‘टाइम कार्ड लागू’ गरेका छन् ।   प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सुनुवाइ शुरु भएलगत्तै प्रधानन्यायाधीश राणाले रिट निवेदनबाट बहस गर्ने प्रत्येक कानून व्यवसायीले ३० मिनेटमा सक्नु भनेर टाइमा कार्ड लागू गरेका हुन् । Advertisement आइतबारदेखि विषय केन्द्रित भएर सुनुवाइ शुरु भए पनि चौथो दिनसम्म आइपुग्दासम्म रिट निवेदकका तर्फबाट जम्मा १८ कानून व्यवसायीको मात्र बहस सकिएको छ । आज आधा घण्टामा बहस सक्नुपर्ने भन्ने समयसीमा तोकेपछि छ जना कानून व्यवसायीको बहस सकिएको छ । आज वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, डा चन्द्रकान्त ज्ञवाली, अधिवक्ता अनिता जोशी मानन्धर, झल विक, नवराज ...
आठबीसकोट घटनाप्रति कांग्रेसको निन्दा

आठबीसकोट घटनाप्रति कांग्रेसको निन्दा

देश, राजनीति, समाचार
७ माघ, काठमाडौं । नेपाली कांग्रेसले रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ का वडाध्यक्ष तारकबहादुर शाहीलगायतमाथि भएको आक्रमणको निन्दा र भर्त्सना गरेको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै आक्रमणमा संलग्नलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न तथा घाइतेहरुको उचिव उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । Advertisement इलाका प्रहरी कार्यालयमा छलफल चलिरहेकै समयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट कार्यकर्ताले आक्रमण गर्दा वडाध्यक्ष शाही, तेजबिक्रम आरसी, दीपक केसीसहित पाँच जना घाइते भएको कांग्रेसले जनाएको छ । जसमध्ये वडाध्यक्ष शाही, आरसी र केसीको अवस्था गम्भीर रहेका कारण थप उपचारका लागि नेपालगञ्ज लगिएको कांग्रेसले जनाएको छ । अन्य दुई जनाको भने आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । नेकपाबाट निर्...
किसान क्रेडिट कार्ड र एप शुभारम्भ

किसान क्रेडिट कार्ड र एप शुभारम्भ

देश, राजनीति, समाचार
७ माघ, काठमाडौं । नेपाल कृषि विकास बैंकले आजबाट किसान क्रेडिट कार्ड र किसान एप शुभारम्भ गरेको छ । कृषि विकास बैंकको ५४ औं वाषिर्कोत्सवको अवसरमा बुधबार अर्थमन्त्री विष्णु पौडेलले किसान क्रेडिट कार्ड र एपको शुभारम्भ गरेका हुन् । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले बैंक र कृषकबीचको सम्बन्ध अब अझ बलियो हुने बताए । कृषि विकास बैंकलाई सबैको घरआँगनकाे बैंक बनाइने उनले बताए । Advertisement किसान क्रेडिट कार्ड र किसान एप एकअर्कामा अन्तरसम्बन्धित हुन्छन् । किसानले बैंकबाट ऋण स्वीकृत गराएपछि ऋणको निश्चित रकम कार्डमा लोड गरिन्छ भने किसान एपमा किसानको प्रोफाइल तयार हुन्छ । कृषि कर्म गर्नका लागि देशभरका कृषि विकास बैंकका कुनै पनि शाखाबाट ऋण लिएपछि कृषकले बैंकबाट किसान क्रेडिट कार्ड पाउँछन् । किसान क्रेडिट कार्ड हाल सर्वसाधारणले प्रयो...
कांग्रेसलाई मुख्यमन्त्री छाड्न तयार छौं’

कांग्रेसलाई मुख्यमन्त्री छाड्न तयार छौं’

देश, राजनीति, समाचार
६ माघ, विराटनगर । प्रदेश १ मा प्रचण्ड माधव समूहले आफूहरुलाई ३८ सांसदको साथ रहेको दावी गरेका छन् । मंगलबार बसेको संसदीय दलको बैठकमा ३३ सांसद उपस्थित भए पनि आफूहरुसँग ३८ सांसद रहेको प्रदेश सांसद राजेन्द्र राईले बताए । संसदीय दलका उपनेता टंक आङबुहाङलगायत ५ जना काठमाडौंमा रहेकाले बैठकमा उपस्थित नभएको उनले बताए । Advertisement ९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा नेकपाका ६७ सांसद छन् । ६७ मध्ये ५ जना अहिले पनि ओली समूहमा नगई तटस्थ रहेको राईले बताए । तटस्थ बसेकालाई सहमत गराउन सकेमा आफ्नै प्रयासमा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव पारित हुने प्रचण्ड माधव समूहको जिकिर छ । ‘तटस्थ बसेकाहरु आउनुभयो भने हामै्र मतले अविश्वास प्रस्ताव पास हुन्छ, उहाँहरु नआए अरु दलको समर्थन चाहिन्छ’ उनले भने । मुख्यमन्त्रीको विवाह, पार्टीले घोषणा गरेको आन्...
प्रदेश १ मा प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठक बस्दै

प्रदेश १ मा प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठक बस्दै

देश, राजनीति, समाचार
प्रदेश १ मा नेकपा प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सांसद इन्द्रबहादुर आङ्वोले जानकारी दिए ।  उनका अनुसार बुधबारबाट बस्ने प्रदेशसभा बैठक अघि नेकपाको बहुमत पक्षको संसदीय दलको बैठक बस्न लागेको हो । यसअघि प्रचण्ड माधव पक्षले मुख्यमन्त्री समेत रहेका दलका नेता शेरधन राईलाई हटाएर भिम आचार्यलाई चयन गरिसकेको छ ।  Advertisement प्रदेश सभा बैठकमा नेकपाको बहुमत पक्षले प्रदेशका मुख्यमन्त्री राईविरुद्ध दर्ता गरको अविस्वासको प्रस्ताव निणर्याथ प्रस्तुत गर्ने तयारी छ । तर गत पुस १० गते ३७ सांसदले राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । त्यसमध्ये ३ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता गरिसकेका छन् । कुल ९३ जना सांसद रहेको यो प्रदेशमा नेकपाका कुल ६७ जना सांसद छन् ।  अविस्वास प्रस्ताव पास भए मुख्यमन्...
पौडेल भेट्न बोहोराटार पुगे देउवा, भोलिको बैठक सर्‍यो

पौडेल भेट्न बोहोराटार पुगे देउवा, भोलिको बैठक सर्‍यो

देश, राजनीति, समाचार
सोलुखुम्बु । नेकपा केपी ओली पक्षका बरिष्ठ नेता तथा गृहमन्त्री रामबहादुर थापाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने खेल भएपछि संसद विघटन गर्नुपरेको बताएका छन् । मन्त्री थापाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउन आफ्नै दल भित्रबाट अविश्वासको प्रस्ताव दर्ता गर्नेदेखि अन्य दलसँग मिलेर नयाँ सरकार निर्माण गर्नेलगायत चलखेल बढेपछि संसद् विघटन गर्नुपरेको बताए । Advertisement नेकपाद्वारा आज सल्लेरीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संसद् विघटनलाई अग्रगामी कदमको संज्ञा दिए । उनले संविधानमा भएको व्यवस्था अनुसार नै सरकारले संसद् विघटन गरेर अग्रगामी कदम चालेको दाबी गरे । गृहमन्त्री थापाले पार्टी अध्यक्ष ओलीले नेतृत्व गरेको नेकपा आधिकारिक पार्टी भएकाले चुनाव चिन्ह पनि आफूहरुले नै प्राप्त गर्ने विश्वास व्यक्त गरे । साभार: रातोपाटी ...