२०८२ चैत्र १२

राजनीति

कम्युनिस्ट पार्टीभित्र घुसेका सामन्तीहरुले व्यवस्था उल्ट्याउन खोजेः प्रचण्ड

कम्युनिस्ट पार्टीभित्र घुसेका सामन्तीहरुले व्यवस्था उल्ट्याउन खोजेः प्रचण्ड

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउन कम्युनिस्ट पार्टी भित्रै घुसेका ‘सामन्ती’हरु लागिरहेको बताएका छन् ।  सोमबार कोटेश्वरस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सामन्ती, निरंकुशता, प्रतिगमन र अराजकतातिर देशलाई धकेल्न षड्यन्त्रविरुद्ध देशव्यापी रुपमा आन्दोलन भइरहेको भन्दै त्यसलाई परास्त गरेरमात्रै विश्राम लिने बताए ।  Advertisement सो क्रममा उनले प्रदेश नम्बर २ का जनताले यसअघि भएका आन्दोलनमा अग्रसरता देखाएकोमा आभार व्यक्त गरे ।  ‘यो सन्देश देशभरी गएको छ । प्रतिगमनलाई हरहालतमा परास्त गर्नैपर्छ । नेपाल र नेपाली जनताका लागि । उत्पीडित आदिवासी सवै किसिमका जनताको संघर्ष हो । जसरी गणतन्त्रलाई स्थापित गरिएको छ यसलाई उल्टाउने कम्यु...
नेकपाबाट केपी ओली निष्कासित : हाल सम्म प्र.म. मौन

नेकपाबाट केपी ओली निष्कासित : हाल सम्म प्र.म. मौन

देश, राजनीति, समाचार
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्वको नेकपाले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो । Advertisement प्रचण्ड नेपाल नेतृत्वको नेकपाले लिएको निर्णयबारे प्रधानमन्त्री समेत रहेका ओलीको सचिवालयसँग रातोपाटीले टेलिफोन सम्पर्क गर्दा कुनै प्रतिक्रिया आएन । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले यसबारे आफूहरुसँग कुनै प्रक्रिया नभएको बताए ।  फोनमा झोकिँदै उनले भने, 'उहाँहरुले के के कारबाही गर्नुहुन्छ ? मलाई के थाहा हुन्छ ? मेरो कुनै प्रतिक्रिया छैन । मैले तपाईंहरुसित यत्ति कुरा गर्न चाहेँ ।' अनि थापाले फोन राखे ।  ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ...
प्रधानमन्त्रीको भनाई प्रति बार एशोसिएशनको आक्रोश

प्रधानमन्त्रीको भनाई प्रति बार एशोसिएशनको आक्रोश

देश, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर नेपाल बार एशोसिएशनले आपत्ति जनाएको छ । महासचिव लीलामणि पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री खड्गप्रसाद ओलीले माघ ९ गते आफ्नो पार्टीको कार्यक्रममा सम्बोधन गर्ने क्रममा ‘वकिलले कुरा फिटेका फिट्यै छन्, केही वकिलहरुले एकजना बाज वकिललाई लिएर गएछन् त्यहाँ तमासा हेर्न’ भनेकोप्रति आपत्ति जनाएका हुन् । Advertisement प्रधानमन्त्रीको सो अभिव्यक्ति संविधान, कानुन र प्रधानमन्त्री स्वयंको पदीय मर्यादा, आचरण अनुकुल नरहेको बार एशोसिएशनको ठहर छ । ‘उक्त अभिव्यक्ति हाम्रा वरिष्ठतम् वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीज्यू र समग्र कानुन व्यवसायीकै विरुद्धमात्र नभएर अदालतकै मानहानी-अवहेलनाजन्य कार्यसमेत हो,’ महासचिव पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । प्रधानमन्त्रीको सो अभिव्यक्तिलाई...
कीर्ते कागजका आधारमा प्रतिनिधिसभा विघटन गरियो: भीम रावल

कीर्ते कागजका आधारमा प्रतिनिधिसभा विघटन गरियो: भीम रावल

देश, राजनीति, समाचार
कैलाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले कीर्ते कागजका आधारमा प्रतिनिधिसभा विघटन गरिएको आरोप लगाएका छन् । कैलालीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा रावलले प्रधानमन्त्रीको कीर्ते सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएको आरोप लगाए । उनले प्रतिनिधिसभा विघटनपछि नेकपा दुई धारमा विभाजित भएको जिकिर गर्दै बहुमत सदस्य रहेको पक्ष नै आधिकारिक हुने टिप्पणीसमेत गरे । ‘निर्वाचन आयोगले पनि बहुमत सदस्य कता छन् भन्ने हेरेर नै आधिकारिकतासम्बन्धी विवाद समाधान गर्छ’ उनले भने । Advertisement कालापानी, लिम्पियाधुरा, लिपुलेकमा भएको भारतीय अतिक्रमणका विरुद्ध देशभक्त नागरिकहरु एकजुट भएपछि मात्र सरकारले नेपालको नयाँ नक्सा प्रकाशित गरेको भन्दै रावलले ती भूभागलाई भारतकै स्वामित्वमा ...
केही नेताले देश डुबाउन लागेपछि जनतालाई गुहारेर चुनावमा जाँदैछौं : मन्त्री ज्ञवाली

केही नेताले देश डुबाउन लागेपछि जनतालाई गुहारेर चुनावमा जाँदैछौं : मन्त्री ज्ञवाली

देश, राजनीति, समाचार
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले निर्वाचनमा जाने निर्णय गरेर जनताबाट प्राप्त विश्वास जनतामै फर्काएको बताएका छन् । उनले लोकतन्त्रमा जनता नै सर्वेसर्वा भनिए पनि विभिन्न बहानामा केही नेताको लेनदेनमा देशलाई अड्काउन खोजिएपछि सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताए ।  Advertisement गैर आवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को अनलाइन माध्यमबाट गरिएको विशेष महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले जनतालाई निर्णायक बनाएर मात्रै लोकतन्त्र सुदृढ हुनसक्ने बताए । अहिले केही असहमति देखिए पनि यसलाई देश रूपान्तरणको दिशामा अघि बढ्न खोजेकाले उत्पन्न हुन आएको परिस्थितिका रूपमा बुझ्न आग्रह गर्दै मन्त्री ज्ञवालीले सम्मानित अदालतले यसबारेमा फैसला गर्ने भएकाले सोहीअनुरूप अघि बढ्नु पर्नेमा जोड दिए । अहिले मुलुकमा देखिएको समस्यालाई लिएर नेपालको ल...
प्रधानमन्त्रीमाथि औंला ठड्याउने प्रतिपक्ष खोजिरहेछु : पौडेल

प्रधानमन्त्रीमाथि औंला ठड्याउने प्रतिपक्ष खोजिरहेछु : पौडेल

देश, राजनीति, समाचार
१० माघ, विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमाथि औंला ठड्याउने विपक्षी दल चाहिएको बताएका छन् । असंवैधानिक रुपमा संसद भंग गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्की दिइरहँदा पार्टी सभापति शेरबहादुर देउवा अदालतलाई केही भन्नु हुन्न भनेर बसेको भन्दै उनले असन्तुष्टि जनाएका छन् । Advertisement शनिबार विराटनगरमा भएको ददिराज सुवेदी पुरस्कार प्रतिष्ठानको कार्यक्रममा वरिष्ठ नेता पौडेलले ‘यो देशमा म एउटा मानिस खोजीरहेछ’ भन्ने गीत सम्झिए । ‘मलाई भन्न मन लाग्छ यो देशमा म त्यस्ता मानिस खोजिरहेछु, जसले मातृभूमिको माया गरुन । यो देशमा म त्यस्ता नेताहरु खोजिरहेछु, जसले स्वार्थबाट माथि उठेर धनी देशका गरिब जनताको माया गरुन’ उनले भनेका छन् ।’ छलकपट, षड्यन्त्र, आफ्नो सत्ता महत्वकांक्षाका लागि जुनसुकै दुस्साहास गर्ने न...
केपी ओलीलाई पार्टीबाटै निष्कासन गर्ने प्रचण्ड–माधव पक्षको तयारी

केपी ओलीलाई पार्टीबाटै निष्कासन गर्ने प्रचण्ड–माधव पक्षको तयारी

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई पार्टीबाटै निष्कासन गर्ने तयारी गरेको छ । प्रचण्ड–माधव पक्षले यसअघि ओलीलाई अध्यक्ष पदबाट हटाउँदै उनको स्थानमा वरिष्ठ नेता माधव कुमार नेपालाई अध्यक्ष चयन गरिसकेको छ ।  Advertisement यसअघि पार्टीको अनुशासन र विधि विधान विपरित काम गरेको भन्दै स्पस्टीकरण साधिएकोेमा उनले उक्त स्पस्टीकरणको जवाफ नदिएपछि पार्टीबाटै निष्कासन गर्न लागिएको प्रचण्ड–माधव पक्षका एक शीर्ष नेताले जानकारी दिए ।  ती नेताका अनुसार आइतबार बस्ने स्थायी समिति बैठकले ओलीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गर्नेछ ।  ‘पार्टीले ओलीलाई स्पस्टीकरण सोधेको थियो । तर उहाँले जवाफ दिनुभएन । त्यसकारण उहाँलाई पार्टीबाटै हटाउनुको विकल्प भएन’, स्रोतले रातोपाटीलाई भन्यो, ‘यसअघि अध्यक्षबाट मात्रै हटाइएको थियो अब पार्ट...
मन्त्री साहद्वारा सहिद परिवारलाई जागिर दिने घोषणा

मन्त्री साहद्वारा सहिद परिवारलाई जागिर दिने घोषणा

देश, राजनीति, समाचार, सामाजिक
रौतहट ।  शहरी विकास मन्त्री प्रभु साहले जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनका साथै सबै  आन्दोलनहरूका शहिद परिवारलाई जागिर दिने घोषणा गरेका छन् । शुक्रवार रौतहटको माधव नारायण नगरपालिका वडा ५  मिठुअवामा जनयुद्धका शहिद परिवारहरुको सम्मान कार्यक्रममा सम्बोधन गर्दै नेकपा प्रदेश दुईका अध्यक्ष समेत रहेका मन्त्री साहले ईन्जिनियर र सब ईन्जिनियर पढेका शहिद परिवारका सदस्यलाई योग्यता अनुसार आफ्नो मन्त्रालयमा जागिर दिने उदघोष गरेका हुन ।  Advertisement आफू बहाल रहेको शहरी विकास मन्त्रालय निर्माणसंग सम्बन्धित रहेकोले शहिद परिवारमा सिभिल ईन्जिनियर तथा सब(ईन्जिनियर पढेकालाई जागिरको व्यवस्था गर्ने मन्त्री साहले बताएका थिए । मन्त्री साहले योग्यताका आधारमा सबै शहिद परिवारलाई रोजगारी प्रदान गर्ने उद्देश्य राखेको प्रतिबद्धता जनाएका छन्  । ...
सबै दल एक भएर संयुक्त जनआन्दोलन गरौं : भट्टराई

सबै दल एक भएर संयुक्त जनआन्दोलन गरौं : भट्टराई

देश, राजनीति, समाचार
९ माघ, बुटवल । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी बैशाखमा चुनाव हुनै नसक्ने ठोकुवा गरेका छन् । प्रेस नेपालले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा भट्टराईले व्यवस्था भत्काउने र निरंकुश शासक बन्ने ओलीको ‘माइन्ड सेट’का कारण प्रतिनिधि सभा विघटन गरिएको भन्दै संसद पुःस्थापना नभई चुनाव हुन नसक्ने दावी गरे । Advertisement ‘चुनाव गर्न होइन, व्यवस्था भत्काउने र निरंकुश शासक बन्न चुनाव घोषणा गरिएको हो,’ भट्टराईले भने, ‘ओलीको माइन्ड सेट नै गलत आचरण र चरम महत्वाकांक्षाको छ ।’ संसद पुनःस्थापना नगरी हुने चुनावबाट कसैको बहुमत नआउने र मुलुक संवैधानिकरुपमा सधैंका लागि अस्थिरतामा फस्ने भट्टराईले औंल्याए । संवैधानिक निकाय, सुरक्षा लगायत राज्यका सबै अंग नियन्त्रणमा लिएर तथा राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा सेटिङ...
मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्तावबारे बुढानीलकण्ठमा काँग्रेसको निर्णायक छलफल

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्तावबारे बुढानीलकण्ठमा काँग्रेसको निर्णायक छलफल

देश, राजनीति, समाचार
काठमाडौं । बागमती प्रदेशको सत्ता समीकरणका विषयमा नेपाली काँग्रेस रणनीतिक छलफलमा जुटेको छ । विहान १० बजेबाट सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पार्टी पदाधिकारी र बागमती प्रदेशका केन्द्रीय नेताहरुबीच छलफल सुरु भएको छ ।  सभापति देउवाले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्तावबारे संस्थागत धारणा बनाउन नेताहरुसँग परामर्श थालेको देउवाका स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई जानकारी दिए ।  Advertisement यता आज (शुक्रबार) दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ ।  बैठकमा पौडेलविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने छ । नेकपाको प्रचण्ड नेपाल समूहले मुख्यमन्त्री पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्। उक्त समूहले मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई अगाडि सारेका छन्।  तर वाग्मती प्रदेशमा नयाँ सरकार गठन ...