२०८१ बैशाख २५

राजनीति

विप्लव समूहका जिल्ला ईन्चार्ज हतियारसहित पक्राउ

विप्लव समूहका जिल्ला ईन्चार्ज हतियारसहित पक्राउ

देश, राजनीति, समाचार, सामाजिक
काठमाडौँ । नेकपा विप्लव समूहका मोरङ जिल्ला ईन्चार्ज हातहतियारसहित पक्राउ परेका छन् ।  बुधबार दिउँसो २ बजे मोरङ बुढीगंगा गाउँपालिका-४ बाट संखुवासभा मादी नगरपालिका-४ ओखरबोटेका ३२ वर्षीय डिबि सिलवाल भन्ने धन बहादुर बिक पक्राउ परेका हुन् ।  Advertisement जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईका अनुसार बिक मोरङ जिल्लाका उद्योगी व्यवसायीहरुलाई धम्क्याउँदै चन्दा असुल गर्ने कार्यमा संलग्न हुँदै आएका थिए । लामो समयदेखि प्रतिवन्धित नेकपा विप्लव समूहमा आवद्ध रहेका उनी मोरङ जिल्ला ईन्चार्ज हुन् ।  उनको साथबाट प्रहरीले अटोमेटिक पेस्तोल एक थान,  म्याग्जिनमा लोड गरेको  अवस्थामा KF 7.65 लेखिएको गोली ३ थान , सिम नभएको ओप्पो कम्पनीको मोबाइल एक थान, कलर्स मोबाइल एक थान र सिमकार्डहरु बरामद गरेको छ । प्रहरी अनुसन्धानमा ...
प्रतिनिधिसभा विघटन मुद्दाको बहसमा ‘टाइम कार्ड लागू’

प्रतिनिधिसभा विघटन मुद्दाको बहसमा ‘टाइम कार्ड लागू’

देश, राजनीति, समाचार
–कालिका खड्का काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनको सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले बहस गर्दा प्रत्येक कानून व्यवसायीले आधा घण्टामा बहस सकाउन ‘टाइम कार्ड लागू’ गरेका छन् ।   प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सुनुवाइ शुरु भएलगत्तै प्रधानन्यायाधीश राणाले रिट निवेदनबाट बहस गर्ने प्रत्येक कानून व्यवसायीले ३० मिनेटमा सक्नु भनेर टाइमा कार्ड लागू गरेका हुन् । Advertisement आइतबारदेखि विषय केन्द्रित भएर सुनुवाइ शुरु भए पनि चौथो दिनसम्म आइपुग्दासम्म रिट निवेदकका तर्फबाट जम्मा १८ कानून व्यवसायीको मात्र बहस सकिएको छ । आज आधा घण्टामा बहस सक्नुपर्ने भन्ने समयसीमा तोकेपछि छ जना कानून व्यवसायीको बहस सकिएको छ । आज वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, डा चन्द्रकान्त ज्ञवाली, अधिवक्ता अनिता जोशी मानन्धर, झल विक, नवराज ...
आठबीसकोट घटनाप्रति कांग्रेसको निन्दा

आठबीसकोट घटनाप्रति कांग्रेसको निन्दा

देश, राजनीति, समाचार
७ माघ, काठमाडौं । नेपाली कांग्रेसले रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ का वडाध्यक्ष तारकबहादुर शाहीलगायतमाथि भएको आक्रमणको निन्दा र भर्त्सना गरेको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै आक्रमणमा संलग्नलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न तथा घाइतेहरुको उचिव उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । Advertisement इलाका प्रहरी कार्यालयमा छलफल चलिरहेकै समयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट कार्यकर्ताले आक्रमण गर्दा वडाध्यक्ष शाही, तेजबिक्रम आरसी, दीपक केसीसहित पाँच जना घाइते भएको कांग्रेसले जनाएको छ । जसमध्ये वडाध्यक्ष शाही, आरसी र केसीको अवस्था गम्भीर रहेका कारण थप उपचारका लागि नेपालगञ्ज लगिएको कांग्रेसले जनाएको छ । अन्य दुई जनाको भने आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । नेकपाबाट निर्...
किसान क्रेडिट कार्ड र एप शुभारम्भ

किसान क्रेडिट कार्ड र एप शुभारम्भ

देश, राजनीति, समाचार
७ माघ, काठमाडौं । नेपाल कृषि विकास बैंकले आजबाट किसान क्रेडिट कार्ड र किसान एप शुभारम्भ गरेको छ । कृषि विकास बैंकको ५४ औं वाषिर्कोत्सवको अवसरमा बुधबार अर्थमन्त्री विष्णु पौडेलले किसान क्रेडिट कार्ड र एपको शुभारम्भ गरेका हुन् । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले बैंक र कृषकबीचको सम्बन्ध अब अझ बलियो हुने बताए । कृषि विकास बैंकलाई सबैको घरआँगनकाे बैंक बनाइने उनले बताए । Advertisement किसान क्रेडिट कार्ड र किसान एप एकअर्कामा अन्तरसम्बन्धित हुन्छन् । किसानले बैंकबाट ऋण स्वीकृत गराएपछि ऋणको निश्चित रकम कार्डमा लोड गरिन्छ भने किसान एपमा किसानको प्रोफाइल तयार हुन्छ । कृषि कर्म गर्नका लागि देशभरका कृषि विकास बैंकका कुनै पनि शाखाबाट ऋण लिएपछि कृषकले बैंकबाट किसान क्रेडिट कार्ड पाउँछन् । किसान क्रेडिट कार्ड हाल सर्वसाधारणले प्रयो...
कांग्रेसलाई मुख्यमन्त्री छाड्न तयार छौं’

कांग्रेसलाई मुख्यमन्त्री छाड्न तयार छौं’

देश, राजनीति, समाचार
६ माघ, विराटनगर । प्रदेश १ मा प्रचण्ड माधव समूहले आफूहरुलाई ३८ सांसदको साथ रहेको दावी गरेका छन् । मंगलबार बसेको संसदीय दलको बैठकमा ३३ सांसद उपस्थित भए पनि आफूहरुसँग ३८ सांसद रहेको प्रदेश सांसद राजेन्द्र राईले बताए । संसदीय दलका उपनेता टंक आङबुहाङलगायत ५ जना काठमाडौंमा रहेकाले बैठकमा उपस्थित नभएको उनले बताए । Advertisement ९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा नेकपाका ६७ सांसद छन् । ६७ मध्ये ५ जना अहिले पनि ओली समूहमा नगई तटस्थ रहेको राईले बताए । तटस्थ बसेकालाई सहमत गराउन सकेमा आफ्नै प्रयासमा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव पारित हुने प्रचण्ड माधव समूहको जिकिर छ । ‘तटस्थ बसेकाहरु आउनुभयो भने हामै्र मतले अविश्वास प्रस्ताव पास हुन्छ, उहाँहरु नआए अरु दलको समर्थन चाहिन्छ’ उनले भने । मुख्यमन्त्रीको विवाह, पार्टीले घोषणा गरेको आन्...
प्रदेश १ मा प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठक बस्दै

प्रदेश १ मा प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठक बस्दै

देश, राजनीति, समाचार
प्रदेश १ मा नेकपा प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सांसद इन्द्रबहादुर आङ्वोले जानकारी दिए ।  उनका अनुसार बुधबारबाट बस्ने प्रदेशसभा बैठक अघि नेकपाको बहुमत पक्षको संसदीय दलको बैठक बस्न लागेको हो । यसअघि प्रचण्ड माधव पक्षले मुख्यमन्त्री समेत रहेका दलका नेता शेरधन राईलाई हटाएर भिम आचार्यलाई चयन गरिसकेको छ ।  Advertisement प्रदेश सभा बैठकमा नेकपाको बहुमत पक्षले प्रदेशका मुख्यमन्त्री राईविरुद्ध दर्ता गरको अविस्वासको प्रस्ताव निणर्याथ प्रस्तुत गर्ने तयारी छ । तर गत पुस १० गते ३७ सांसदले राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । त्यसमध्ये ३ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता गरिसकेका छन् । कुल ९३ जना सांसद रहेको यो प्रदेशमा नेकपाका कुल ६७ जना सांसद छन् ।  अविस्वास प्रस्ताव पास भए मुख्यमन्...
पौडेल भेट्न बोहोराटार पुगे देउवा, भोलिको बैठक सर्‍यो

पौडेल भेट्न बोहोराटार पुगे देउवा, भोलिको बैठक सर्‍यो

देश, राजनीति, समाचार
सोलुखुम्बु । नेकपा केपी ओली पक्षका बरिष्ठ नेता तथा गृहमन्त्री रामबहादुर थापाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने खेल भएपछि संसद विघटन गर्नुपरेको बताएका छन् । मन्त्री थापाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउन आफ्नै दल भित्रबाट अविश्वासको प्रस्ताव दर्ता गर्नेदेखि अन्य दलसँग मिलेर नयाँ सरकार निर्माण गर्नेलगायत चलखेल बढेपछि संसद् विघटन गर्नुपरेको बताए । Advertisement नेकपाद्वारा आज सल्लेरीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संसद् विघटनलाई अग्रगामी कदमको संज्ञा दिए । उनले संविधानमा भएको व्यवस्था अनुसार नै सरकारले संसद् विघटन गरेर अग्रगामी कदम चालेको दाबी गरे । गृहमन्त्री थापाले पार्टी अध्यक्ष ओलीले नेतृत्व गरेको नेकपा आधिकारिक पार्टी भएकाले चुनाव चिन्ह पनि आफूहरुले नै प्राप्त गर्ने विश्वास व्यक्त गरे । साभार: रातोपाटी ...
पौडेल भेट्न बोहोराटार पुगे देउवा, भोलिको बैठक सर्‍यो

पौडेल भेट्न बोहोराटार पुगे देउवा, भोलिको बैठक सर्‍यो

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । सोमबार अपरान्ह सभापति देउवा वरिष्ठ नेता पौडेललाई भेट्न पौडेलको निवास बोहोराटार पुगेका हुन्।  Advertisement बोहोराटारमा देउवा र पौडेलबीच  करिब एक घण्टा संवाद भएको थियो । असोज १२ मा पौडेल पक्षले केन्द्रीय समितिमा पेस गरेको विरोध पत्रका विषयमा छलफल भएको पौडेलका्े सचिवालयले जनाएको छ । स्रोतका अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध पार्टीका नेताहरुबाट आइरहेका फरक फरक धारणाका विषयमा पनि छलफल भएको छ । संसद् पुनर्स्थापनाको मुद्दासहित सडकमा जानुपर्नेमा पौडेलले जोडदिएपछि देउवाले पौडेलसँग  ‘वान टु वान’ वार्ता गरेको बुझिएको छ । गत बुधबार नेकपाका प्रचण्डनेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आफूसँग राखेको प्रस्तावबारे पन...
ओली समूहको सप्तरी संयोजकमा ताराकान्त चौधरी

ओली समूहको सप्तरी संयोजकमा ताराकान्त चौधरी

देश, राजनीति, समाचार
५ माघ, सप्तरी । नेकपा ओली समूहले सप्तरी जिल्ला कमिटीको संयोजकको जिम्मेवारी ताराकान्त चौधरीलाई दिएको छ । संयोजकको जिम्मेवारी पाएका चौधरी पूर्व सांसद हुन् । ओली पक्षीय नेताहरुको हालै बसेको बैठकले जिल्ला संयोजकको जिम्मेवारी चौधरीलाई दिने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य समेत रहेका जिल्ला प्रबक्ता सुखराम यादवले जानकारी दिए । Advertisement सप्तरीका नेकपा अध्यक्ष अशोक मण्डल ‘अमर’ र सचिव गोबिन्द बहादुर न्यौपाने प्रचण्ड–माधव समूहको नेकपामा छन् । ओली समूहले जिल्लामा आफ्नो गतिविधि अगाडि बढाउनुअघि चौधरीलाई संयोजकको जिम्मेवारी दिएको हो । यो पक्षीय नेकपाले आगामी माघ ८ गते राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय इन्चार्ज महेश बस्नेतको अगुवाइमा राजविराजमा मोटरसाइकल र्‍याली र प्रशिक्षण कार्यक्रमको आयोजना गर्दैछ । यस्तै, माघ १३ गते उप प्रधानमन्त्री...
प्रदेश २ सरकारलाई राजेन्द्र महतोको आग्रह : शहीद परिवारको भरणपोषणमा ध्यान दिनुस्

प्रदेश २ सरकारलाई राजेन्द्र महतोको आग्रह : शहीद परिवारको भरणपोषणमा ध्यान दिनुस्

देश, राजनीति, समाचार
५ माघ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले शहीद परिवारको भरणपोषणको व्यवस्था मिलाउन प्रदेश २ सरकारलाई आग्रह गरेका छन् । मधेश आन्दोलनका शहीदकै कारण मुख्यमन्त्री र मन्त्री बनेको भन्दै महतोले शहीद परिवारलाई धोका नदिन आग्रह गरे । Advertisement २०७२ सालको मधेश आन्दोलनका क्रममा तत्कालिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले शहीद परिवारलाई ५० लाख रुपैयाँ दिने घोषणा गरेको थियो । ‘त्यतिबेला मोर्चामा अहिलेका हाम्रो पार्टीका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव पनि हुनुहुन्थ्यो’ मधेश बलिदानी दिवसको अवसरमा प्रदेश २ सरकारले सोमबार जनकपुरधाममा गरेको कार्यक्रममा महतोले भने, ‘त्यही शहीदको बलमा मुख्यमन्त्री र मन्त्री बन्नुभएको छ । त्यो घोषणा अनुसार ५० लाखको पूर्ति हुने गरी काम त गर्नुपर्‍यो नि ?’ उनले अघि भने, ‘५० लाख गिन्ती...