‘कोभिड–१९ विरुद्धको लडाईंमा नेपाल नयाँ चरणमा’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको लडाईंमा नेपाल नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । बुधबार बालुवाटारबाट भर्चुअल रुपमा एकैपटक काठमाडौँका ११ वटा अस्पतालमा खोप अभियानको शुभारम्भपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २२० स्थानबाट खोप अभियान सुभारम्भ भएको जानकारी दिए । उनले माघ १८ गते सम्म ७७ वटै जिल्लाका ३ सय केन्द्रमा खोप अभियान अघि बढ्ने पनि बताए ।
Advertisement
‘खोप अभियानबाट कोभिड १९ विरुद्धको लडाईंलाई माथि उठाएका छौँ । गएको एक बर्ष अत्यन्तै कठिन भएको छ । महामारीका रुपमा आएको कोभिडबारे यसअघि कसैलाई पनि ज्ञान नभएपनि यसको सामना गर्न हामी अघि बढिरह्यौँ,’ सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने । उनले अग्रपंक्तिमा रहेर खटिने स्वास्थ्यकर्मीको उच्च प्रशंसा गर्दै आफु खतरा मोल्न चाहेर पनि देश हितमा लाग्नेहरुको कठिन घडीमा पुर्...









