२०८१ बैशाख २५

राजनीति

नेविसंघ लगायत ११ भ्रातृ संगठनको म्याद थप

नेविसंघ लगायत ११ भ्रातृ संगठनको म्याद थप

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ) सहित ११ वटा भ्रातृ संगठनको म्याद थप गरेको छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले नेविसंघ, तरुण दलसहित ११ वटा भ्रातृ संगठनको म्याद ६ महिना थप गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । Advertisement बैठकले नेपाल विद्यार्थी संघ (नेविसंघ) नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल दलित संघ, नेपाल किसान संघ, नेपाल भूतपूर्व सैनिक संघ, आदिवासी जनजाति संघ, नेपाल ठाकुर समाज, प्रजातन्त्र सेनानी संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल तामाङ संघको म्याद थप गरेको हो ।  बैठकले थपिएको ६ महिनाभित्र अधिवेशन गर्न पनि भ्रातृ संगठनलाई निर्देशन दिएको छ । यसअघि पनि काँग्रेसले अधिवेशन गर्न नसकेका भ्रातृ संगठनको म्याद थप गर्दै आएको थियो । साभार: र...
भारतको गणतन्त्र दिवस : आफ्ना भारतीय समकक्षीलाई शुभकामना

भारतको गणतन्त्र दिवस : आफ्ना भारतीय समकक्षीलाई शुभकामना

देश, राजनीति, समाचार
?????? भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिक शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले आफ्ना भारतीय समकक्षी रामनाथ कोविन्द र प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई आज बेग्ला–बेग्लै शुभकामना सन्देश पठाउँदै शुभकामना एवं बधाई ज्ञापन गरेका हुन् । Advertisement सन्देशमा राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपतिको व्यक्तिगत सुख सुस्वास्थ्यका साथै भारतका जनताको शान्ति र प्रगतिको कामना गरेकी छन् । उनले शताब्दीऔँ पुरानो बहुआयामिक नेपाल–भारत सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास सन्देशमा व्यक्त गरेकी छन् । त्यसैगरी प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदीलाई पठाएको सन्देशमा भारतका जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेका छन् । मैत्री, समानता, सहयोग र पारस्परिक सम...
‘श्रीमान्हरुको धैर्यता चाहिँ विशाल रहेछ !’ : इजलाशमा शम्भु थापा

‘श्रीमान्हरुको धैर्यता चाहिँ विशाल रहेछ !’ : इजलाशमा शम्भु थापा

देश, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा नेकपाका प्रमुख सचेतक देव गुरुङको रिटमा सुनुवाइ भइरहेको छ । आइतबारदेखि शुरु भएको सो रिटको सुनुवाइ मंगलबार पनि चल्नेछ । सोमबार गुरुङको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरेका छन् । संवैधानिक इजलाशमा शम्भु थापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली अधैर्य भएको टिप्पणी गरेका छन् । सोमबारको बसहमा उनले भने –‘प्रधामन्त्री र राष्ट्रपतिले एकछिन पनि धैर्य गर्न सकेनन् ।’ तर, इजलाशमा प्रधानन्यायाधीशसहितका अन्य चार चार न्यायाधिशले धैर्यता देखाएको भन्दै थापाले प्रसंसा गरे । थापाले भने–‘श्रीमान्हरुको धैर्यता त विशाल छ है ।’ Advertisement आइतबारदेखि शुक्रवार अनि, फेरि निरन्तर सुनुवाइ गरेर न्यायाधीशहरुले धैर्यता देखाएको भन्दै थापाले प्रशंसा गरेपछि न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले हाँस्द...
एसपीमा बढुवाका लागि १६ को नाम सिफारिस (सूचीसहित)

एसपीमा बढुवाका लागि १६ को नाम सिफारिस (सूचीसहित)

देश, राजनीति, समाचार, सामाजिक
काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) पदका लागि १६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को नाम सिफारिस गरिएको छ । सोमवार बसेको बढुवा समितिको बैठकले १६ जना डिएसपीलाई बढुवाका लागि सिफारिस भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । Advertisement यस्तो छ बढुवा सिफारिसको सूची  साभार: रातोपाटी
प्रचण्ड–माधव पक्षको सिङ्ग फुक्लिसके, अब कसैले टेर्नेवाला छैनः ओली

प्रचण्ड–माधव पक्षको सिङ्ग फुक्लिसके, अब कसैले टेर्नेवाला छैनः ओली

देश, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलिले सरकारले पार्टीका केही नेताहरुले चौतारोमा बसेर अध्यक्षमा चयन गरेको भन्दै हिजो निर्वाचन आयोगले उनीहरुको सपना खत्तम पारिदिएको बताएका छन् । ‘हिजो निर्वाचन आयोगले खत्तम पार्यो, चौतारीमा बसेर अध्यक्षमा भएकाहरु खत्तम भए, रेष्टुरामा बसेर केपी ओलिलाई निकाले रे, बिमारी परेको सुनेर गद्गद् हुन्छन्, निको भएर फर्कियो भनेर थचक्क हुन्छन्’ प्रधानमन्त्री ओलीले सोमबार लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा आयोजित आमसभालाई सम्बोधन गर्दै भने ।  Advertisement प्रचण्ड–माधव पक्षलाई कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले उनीहरुको सिङ्ग फुक्लिसकेकाले कसैले टेर्दापनि नटेर्ने ठोकुवा गरे । ‘उनीहरुको सिङ फुक्लिसके, यिनले केही गर्नेवाला छैनन्, तिग्रा नठटाए हुन्छ, कसैले टेर्नेवाला छैनन्’, प्रधानमन्त्री ओलीले भने, ‘हेर्नुहोस त मुद्दाको लस्कर, झगडिया काम बाहे...
सरकारको आरोपमा सत्यता छैनः सभामुख सापकोटा

सरकारको आरोपमा सत्यता छैनः सभामुख सापकोटा

देश, राजनीति, समाचार
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन् । सोमबार अन्तरपार्टी महिला सञ्जालले संसद सूचारु गर्न माग गर्दै बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै सभामुख सापकोटाले प्रतिनिधिसभाले कहिल्यैपनि सरकारलाई असहयोग नगरेको बताएका हुन् । Advertisement संसदमा एकदिन पनि सत्तापक्ष र प्रतिपक्ष कसैले पनि सरकारको विरोध गरेर सरकारले दिएको बिजनेसमाथि प्रभाव नपारेको बताए । संसदमा अराजकता भयो, अनुशासन भएन भन्ने सरकारको आरोपमा कुनै सत्यता नभएको सभामुख सापकोटाले बताए । उनले भने– ‘कुनै दिन पनि न त्यहाँ त्यस्तो नारा लाग्यो न वेल घेर्ने काम भयो । सौहार्दपूर्ण ढंगले व्यवस्थित ढंगले हामीले लोकतन्त्रको मूल्य मान्यता, आदर्शलाई स्थापित गर्नका लागि छलफलको वातावरण बनाउनको लागि हामीले भगिरथ मेहनत ग¥यौं । हामी सबै सांसदहरु, सच...
कम्युनिस्ट पार्टीभित्र घुसेका सामन्तीहरुले व्यवस्था उल्ट्याउन खोजेः प्रचण्ड

कम्युनिस्ट पार्टीभित्र घुसेका सामन्तीहरुले व्यवस्था उल्ट्याउन खोजेः प्रचण्ड

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउन कम्युनिस्ट पार्टी भित्रै घुसेका ‘सामन्ती’हरु लागिरहेको बताएका छन् ।  सोमबार कोटेश्वरस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सामन्ती, निरंकुशता, प्रतिगमन र अराजकतातिर देशलाई धकेल्न षड्यन्त्रविरुद्ध देशव्यापी रुपमा आन्दोलन भइरहेको भन्दै त्यसलाई परास्त गरेरमात्रै विश्राम लिने बताए ।  Advertisement सो क्रममा उनले प्रदेश नम्बर २ का जनताले यसअघि भएका आन्दोलनमा अग्रसरता देखाएकोमा आभार व्यक्त गरे ।  ‘यो सन्देश देशभरी गएको छ । प्रतिगमनलाई हरहालतमा परास्त गर्नैपर्छ । नेपाल र नेपाली जनताका लागि । उत्पीडित आदिवासी सवै किसिमका जनताको संघर्ष हो । जसरी गणतन्त्रलाई स्थापित गरिएको छ यसलाई उल्टाउने कम्यु...
नेकपाबाट केपी ओली निष्कासित : हाल सम्म प्र.म. मौन

नेकपाबाट केपी ओली निष्कासित : हाल सम्म प्र.म. मौन

देश, राजनीति, समाचार
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्वको नेकपाले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो । Advertisement प्रचण्ड नेपाल नेतृत्वको नेकपाले लिएको निर्णयबारे प्रधानमन्त्री समेत रहेका ओलीको सचिवालयसँग रातोपाटीले टेलिफोन सम्पर्क गर्दा कुनै प्रतिक्रिया आएन । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले यसबारे आफूहरुसँग कुनै प्रक्रिया नभएको बताए ।  फोनमा झोकिँदै उनले भने, 'उहाँहरुले के के कारबाही गर्नुहुन्छ ? मलाई के थाहा हुन्छ ? मेरो कुनै प्रतिक्रिया छैन । मैले तपाईंहरुसित यत्ति कुरा गर्न चाहेँ ।' अनि थापाले फोन राखे ।  ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ...
प्रधानमन्त्रीको भनाई प्रति बार एशोसिएशनको आक्रोश

प्रधानमन्त्रीको भनाई प्रति बार एशोसिएशनको आक्रोश

देश, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर नेपाल बार एशोसिएशनले आपत्ति जनाएको छ । महासचिव लीलामणि पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री खड्गप्रसाद ओलीले माघ ९ गते आफ्नो पार्टीको कार्यक्रममा सम्बोधन गर्ने क्रममा ‘वकिलले कुरा फिटेका फिट्यै छन्, केही वकिलहरुले एकजना बाज वकिललाई लिएर गएछन् त्यहाँ तमासा हेर्न’ भनेकोप्रति आपत्ति जनाएका हुन् । Advertisement प्रधानमन्त्रीको सो अभिव्यक्ति संविधान, कानुन र प्रधानमन्त्री स्वयंको पदीय मर्यादा, आचरण अनुकुल नरहेको बार एशोसिएशनको ठहर छ । ‘उक्त अभिव्यक्ति हाम्रा वरिष्ठतम् वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीज्यू र समग्र कानुन व्यवसायीकै विरुद्धमात्र नभएर अदालतकै मानहानी-अवहेलनाजन्य कार्यसमेत हो,’ महासचिव पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । प्रधानमन्त्रीको सो अभिव्यक्तिलाई...
कीर्ते कागजका आधारमा प्रतिनिधिसभा विघटन गरियो: भीम रावल

कीर्ते कागजका आधारमा प्रतिनिधिसभा विघटन गरियो: भीम रावल

देश, राजनीति, समाचार
कैलाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले कीर्ते कागजका आधारमा प्रतिनिधिसभा विघटन गरिएको आरोप लगाएका छन् । कैलालीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा रावलले प्रधानमन्त्रीको कीर्ते सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएको आरोप लगाए । उनले प्रतिनिधिसभा विघटनपछि नेकपा दुई धारमा विभाजित भएको जिकिर गर्दै बहुमत सदस्य रहेको पक्ष नै आधिकारिक हुने टिप्पणीसमेत गरे । ‘निर्वाचन आयोगले पनि बहुमत सदस्य कता छन् भन्ने हेरेर नै आधिकारिकतासम्बन्धी विवाद समाधान गर्छ’ उनले भने । Advertisement कालापानी, लिम्पियाधुरा, लिपुलेकमा भएको भारतीय अतिक्रमणका विरुद्ध देशभक्त नागरिकहरु एकजुट भएपछि मात्र सरकारले नेपालको नयाँ नक्सा प्रकाशित गरेको भन्दै रावलले ती भूभागलाई भारतकै स्वामित्वमा ...