२०८२ चैत्र १३

राजनीति

मोदीद्वारा स्वास्थ्यकर्मीका लागि विशेष भिसा र क्षेत्रीय एम्बुलेन्सको प्रस्ताव

मोदीद्वारा स्वास्थ्यकर्मीका लागि विशेष भिसा र क्षेत्रीय एम्बुलेन्सको प्रस्ताव

देश, राजनीति, विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
६ फागुन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली सहयोग संगठन(सार्क) का ८ सदस्य मुलुक र इन्डियन ओसन मुलुकका डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरुका लागि विशेष भिसा योजनाको प्रस्ताव गरेका छन् । सार्क लगायत भारतका १० वटा छिमेकी मुलुकबीच ‘कोभिड–१९ व्यवस्थापनः अनुभव, राम्रा अभ्यास र आगामी बाटो’ शीर्षकमा आयोजित भर्जुअल कार्यक्रमलाई सम्बोधन गदै मोदीले सो प्रस्ताव गरेका हुन् । मोदीले भने,‘आज म यो क्षेत्रका देशका नर्स र डाक्टरले यस क्षेत्रमा स्वास्थ्य संकटकाल आइपर्दा सकेसम्म छिटो यात्रा गर्न सकुन् भनेर उनीहरुका लागि विशेष भिसाको योजनाको प्रस्ताव गर्छु ।’ मोदीको सो प्रस्तावको बारेमा यस क्षेत्रका स्वास्थ्य अधिकारीहरुको बीचमा छलफल हुने छ । Advertisement मोदीले यस क्षेत्रका बिरामीहरुको उद्धार र उपचारका लागि क्षेत्रीय एयर एम्बुलेन्सको प्रस्...
तोकिएको समयमा नै निर्वाचन हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

तोकिएको समयमा नै निर्वाचन हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

देश, राजनीति, समाचार
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तोकिएको समयमा नै निर्वाचन हुने बताएका छन् । धुलिखेल नगरपालिकाको ३५औँ स्थापना दिवसका अवसरमा काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित उद्घाटन कार्यक्रममा उहाँले मुलुक नयाँ निर्वाचनको पूर्वतयारीमा केन्द्रित रहेकाले आगामी वैशाख १७ र २७ गते नै निर्वाचन हुने स्पष्ट पारे ।  मन्त्री ज्ञवालीले सङ्घीय संसद्को डेढ वर्ष बाँकी रहँदै ताजा जनादेशमा जानुपर्ने बाध्यता आएको कारण प्रनितिधिसभा विघटन गरेर निर्वाचनमा जानुको विकल्प नभएको बताउँदै यसअघिको निर्वाचनमा मुलुकमा स्थिरता र समृद्धि दिन्छौँ भनेर प्रतिबद्धता जनाएअनुसार कामलाई निरन्तर अगाडि बढाइरहेको अवस्थामा केही नेताको ध्यान निरन्तर कुर्सीतिर गएको उल्लेख गरे । प्राप्त जनादेशलाई भागबण्डा गरेर प्रधानमन्त्रीको कुर्सीलाई म्युजिकल चियरजस्तो बनाउने र आलोपालोमा सीमित गर्न खोजेर अस्थिरतातिर धकेल्न खोजेको कारण पनि...
पत्रकारिता क्षेत्रका विकृतिलाई सुधार गर्नेतर्फ मेरो अर्जुनदृष्टि छः मन्त्री गुरुङ

पत्रकारिता क्षेत्रका विकृतिलाई सुधार गर्नेतर्फ मेरो अर्जुनदृष्टि छः मन्त्री गुरुङ

देश, राजनीति, समाचार
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारिता क्षेत्रका विकृति, विसंगतीलाई हटाई सम्मानित र जवाफदेही बनाउन आफ्नो ध्यान केन्द्रीत रहेको बताएका छन् । बुधबार नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनमा बोल्दै मन्त्री गुरुङले आफ्नो एक मात्रै ध्यान पत्रकारिता तथा आमसञ्चार क्षेत्रलाई सम्मानित र जवाफदेही बनाई गरिमालाई उच्च राख्नुतर्फ रहेको बताएका हुन् । पत्रकारिता क्षेत्रमा रहेका विकृति, विसंगति र अनुशासनहिन गतिविधिहरुलाई कसरी सुधार गर्न सकिन्छ भन्नेमा आफ्नो अर्जुनदृष्टि रहेको उनको भनाई छ । संविधानले दिएको प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रताप्रति आफुले सम्मान गर्ने भन्दै उनले सरकारले प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको भन्दै शंका नगर्न पनि उनले आग्रह गरे । मन्त्री गुरुङले पत्रकारहरुले भोग्ने गरेको प्रेस पासको समस्या समाधान गर्न आफुले...
देउवाद्वारा अन्सारीको निधनप्रति दुःख व्यक्त

देउवाद्वारा अन्सारीको निधनप्रति दुःख व्यक्त

देश, राजनीति, समाचार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीकी धर्मपत्नी मल्लिका वेगम अन्सारीको निधनप्रति दुःख व्यक्त गरेका छन् । Advertisement मल्लिका वेगम अन्सारीको ५५ वर्षको उमेरमा नोवेल मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगरमा मस्तिष्कघात उपचारका क्रममा आज निधन भएको हो । सभापति देउवाले शोक वक्तव्यमार्फत अन्सारीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगततर्फबाट समवेदना प्रकट गरेका छन् ।  साभार: रातोपाटी ...
प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन शुरु

प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन शुरु

देश, राजनीति, समाचार
५ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन आजबाट शुरु भएको छ । आन्दोलनको कार्यक्रम अनुसार सो समूहले आजदेखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लास्तरीय विरोध प्रदर्शन, सभा लगायतका कार्यक्रमहरुको आयोजना गर्ने छ । Advertisement कार्यक्रम अन्तर्गत भोलि सो समूहले प्रतिगमन, महंगी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर विरोध कार्यक्रम आयोजना गरेको छ । तेस्रो चरणको कार्यक्रम फागुन १५ गतेसम्म तय गरिएको छ । अबको १० दिन सो समूहले विभिन्न विरोधका कार्यक्रमहरु आयोजना गर्नेछ । सरकारले गत पुस ५ गते संसद विघटन गरेपछि त्यसको विरोधमा प्रचण्ड–माधव समूहले आन्दोलनका कार्यक्रम गर्दै आएको छ । Credit: OnlineKhabar ...
बैतडीमा ओली समूहद्वारा काँग्रेस नेता एनपी साउदमाथि आक्रमण

बैतडीमा ओली समूहद्वारा काँग्रेस नेता एनपी साउदमाथि आक्रमण

देश, राजनीति, समाचार
काठमाडौं । बैतडीमा नेपाली काँग्रेसका नेता एनपी साउद सहभागी कार्यक्रममा नेकपाको केपी ओली समूहले हस्तक्षेप गरेको छ । डिलासैनी गाउँपालिकामा आयोजित आमसभामा नेकपा ओली समूहका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा मुकेश पालको नेतृत्वमा आएको समूहले आक्रमण गरेको हो ।  आक्रमणमा परी काँग्रेस पूर्वमन्त्री एवम् केन्द्रीय सदस्य एनपी साउदसहितका नेता कार्यकर्ता घाइते भएका छन् । ओली समूहको आक्रमणबाट साउदको पेट र खुट्टामा चोट लागेको छ । आमसभा सभा चलिरहेका बेला ओली समूह आएर एक्कासी आक्रमण गरेको साउदका सहगोगी दिपक जोशीले जानकारी दिए ।  Advertisement जोशीका अनुसार उनीहरुको ढुंगा लागेर कांग्रेसका स्थानीय कार्यकर्ता जयराज जोशी, सुरेशसिंह विष्टलगायतका घाइते भएका छन् । उनीहरुको टाउकोमा चोट लागेको छ । उनीहरुले पाटन नगपालिकाका मेयरले चढ्ने गाडीसहितमा पनि तोडफोड गरेका थि...
मलाई सिध्याउन केपी ओलीले राम मन्दिरको कुरा ल्याएः प्रचण्ड

मलाई सिध्याउन केपी ओलीले राम मन्दिरको कुरा ल्याएः प्रचण्ड

देश, राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री केपी शर्मा ओलीले माडीमा राम मन्दिर बनाउने कुरा ‘प्रचण्ड सिध्याउन सकिन्छ’ भन्ने उद्देश्यले ल्याइएको बताएका छन् । चितवनको भरतपुरमा निर्माणाधिन महानगरको गौरवको आयोजना सिटीहल र पुल्चोक गोन्द्राङ ६ लेन सडकको अवलोकन पछि पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।  ‘मेरो निर्वाचन क्षेत्रमा राम जन्मेको पुष्टि भएर, राम मन्दिर बन्छ भने नेताहरु मध्ये म जतिको खुसी को हुन्छ ?’ भन्दै ओली माथि प्रतिप्रश्न तेस्र्याए । उनले भने, ‘ओलीजीले यसलाई पुरातात्विक अन्वेषणबाट स्थापित र प्रमाणित गर्न के गर्नुभयो, त्यसको लागि एउटा माखो नमार्ने, सिन्को नभाँच्ने, अनि होहल्ला मात्र गर्ने ?’ होहल्ला नगरेर प्रमाणित गरेर देखाउन प्रधानमन्त्रीलाई चुनौती दिँदै उनले त्यसमा सबैभन्दा बढी सहयोग आफूले गर्ने...
मङ्गलबारबाट एमिकस क्युरीको बहस हुने

मङ्गलबारबाट एमिकस क्युरीको बहस हुने

देश, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको जवाफी बहस आज सकिएको छ । मङ्गलबारबाट अदालतका सहयोगी (एमिकस क्युरी)को बहस शुरु हुनेछ । एमिकस क्युरीको बहसपछि निर्णय आउने छ । एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहेका छन् । उनीहरुले उक्त विषयमा अदालतलाई न्याय सम्पादनमा सहयोग पुग्ने उद्देश्यका साथ स्वतन्त्र विचार दिनेछन् । Advertisement प्रतिनिधिसभा विघटन विरुद्ध दायर भएका १३ रिट निवेदकका पक्षबाट जवाफी बहस सकिएको छ । रिट निवेदकबाट जवाफी बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपालको संविधानले प्रतिनिधिसभा विघटन गर्न विशेष अधिकार प्रधानमन्त्रीलाई नदिएको तर्क पेश गरे । “फैसला न्यायाधीशज्यूहरुको कन्भेन्सको कुरा हो, संविधनमा जे लेखिएको छ, फैसला त्यही नै हो”, उनले जोडे । अधिवक...
प्रधानमन्त्रीको अयोग्यताले सरकार पूर्णतः असफल भयोः काँग्रेस

प्रधानमन्त्रीको अयोग्यताले सरकार पूर्णतः असफल भयोः काँग्रेस

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णतः असफल भएको प्रतिक्रिया दिएको छ । वर्तमान सरकारले ३ वर्ष पुरा गरेको सन्दर्भमा नेपाली काँग्रेसले सरकारले सहयोगी प्रतिपक्षी हुँदाहुँदै पनि काम गर्न नसकेर असफल भएको प्रतिक्रिया दिएको हो । Advertisement नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अनुकूल राजनैतिक परिस्थिति भएर पनि इतिहासको सबैभन्दा बलियो भनिएको सरकार प्रधानमन्त्रीको अयोग्यताका कारणले असफल भएको नेपाली कांग्रेसको मूल्याँकन रहेको बताए । काँग्रेसले सरकार बलियो भनिएपनि जनअपेक्षा अनुसार काम गर्न नसकेको र प्रधानमन्त्री स्वयं अयोग्य भएको प्रारम्भिक मूल्याँकन गरेको प्रवक्ता शर्माले बताए । सरकारले ३ वर्षमा ३ उपहार दम्भ, द्वन्द र भ्रष्टाचार जनतालाई दिएको प्रवक्ता शर्माको भनाई छ । साभार: रातोपाटी ...
प्रतिनिधिसभा विघटन रहर नभई बाध्यता : उपप्रधानमन्त्री पोखरेल

प्रतिनिधिसभा विघटन रहर नभई बाध्यता : उपप्रधानमन्त्री पोखरेल

देश, राजनीति, समाचार
काठमाडौं । उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० सचिवालय सदस्य ईश्वर पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिका लागि ताजा निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् । प्रेस सङ्गठन नेपाल, गण्डकी प्रदेशस्तरीय भेलाको आज पोखरामा उद्घाटन गर्दै उनले राजनैतिक स्थायित्व र समृद्धिको अभियानलाई पूरा गर्न ताजा जनादेशमा जान खोजिएको स्पष्ट पारे । Advertisement प्रतिनिधिसभा विघटन रहर नभई बाध्ययता भएको उल्लेख गर्दै निर्वाचनलाई सफल पार्न सबैको साथ र सहयोग अपरिहार्य हुनेमा उनको जोड थियो । मुलुकको समृद्धि र राजनैतिक स्थिरताका लागि पार्टीको एकीकरण भएको चर्चा गर्नुहुँदै पोखरेलले पार्टीभित्र देखिएको पदोलोलुपता र सत्तालिप्साको कारण लक्षित योजनाले साकार पाउन नसकेको धारणा राखे । पत्रकार पेशागत दक्षताको विकाससँगै विचारमा जिम्मेवारी हुनुपर्नेमा जोड दिँदै उनल...