२०८२ पुष ५

राजनीति

ओलीका दुई मन्त्री हामीतिर आउन वार्ता भइरहेको छ : प्रचण्ड

ओलीका दुई मन्त्री हामीतिर आउन वार्ता भइरहेको छ : प्रचण्ड

देश, राजनीति, समाचार
नेकपा प्रच्ण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीतिर लागेका मानिसहरु आफूहरुतिर फर्किन थालेको दावी गरेका छन् । उनले ओली सरकारका दुईजना मन्त्री प्रचण्ड–माधव पक्षमा फर्किन चाहेको र त्यसका लागि आफूहरुसँग वार्ता भइरहेको दावी समेत गरे ।  बुधबार नेकपा प्रचण्ड–माधव पक्षले काठमाडौंमा आयोजना गरेको बिरोध सभामा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो दावी गरेका हुन्।  Advertisement उनले प्रधानमन्त्री ओलीले आफूसँग पचासौँ वर्ष सँगै काम गर्ने नेता कार्यकताहरुलाई अपमान गरेर गल्ती गरेको पनि बताए । उनले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव पनि दिए ।  ओलीले भूमि आयोग बनाएर किसानमा भ्रम छरेको टिप्पणी समेत गरे ।  उनले ओलीको निरंकुशताको विरुद्ध संयुक्त आन्दोलन गर्न नेपाली कांग्रेसलाई आग्रह समेत गरेका छन् ।  साभार: रातोपाटी ...
सुर्खेत मालपोत प्रकरण : दुईजना पुर्पक्षका लागि थुनामा, छ जना धरौटीमा रिहा

सुर्खेत मालपोत प्रकरण : दुईजना पुर्पक्षका लागि थुनामा, छ जना धरौटीमा रिहा

देश, राजनीति, समाचार
सुर्खेत । जिल्ला अदालतले जग्गा धनीलाई पत्तै नदिएर अर्काको जग्गा नामसारी गर्ने कार्यमा संलग्न दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । मालपोत कार्यालय सुर्खेतका कम्प्युटर अपरेटर सुनिल राना र जग्गा आफ्नो नाममा ल्याएका सहवीर कार्कीलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।  हिजो मंगलबार जिल्ला अदालत सुर्खेतका न्यायाधीश विलप्रसाद सापकोटाको एकल इजलासले मालपोत कार्यालयका नायब सुब्बा विश्वरुप साउदसहित छ जनालाई धरौटीमा छोड्न आदेश दिएको बताइएको  छ ।  Advertisement ‘मालपोत कार्यालयका सुब्बा साउद र खरिदार दीपेन्द्र श्रेष्ठलाई जनही ५/५ लाख, वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का कार्यवहाक अध्यक्ष रामकुमार दर्लामी र वडा सचिव उत्तम अधिकारीलाई जनही २/२ लाख  र साक्षी बसेका चाँदनी ओली र नारायण बुढाक्षेत्रीलाई २/२ लाखमा धरौट...
संसद विघटनविरुद्धका रिटमा आजबाट पुनः बहस सुरु हुँदै

संसद विघटनविरुद्धका रिटमा आजबाट पुनः बहस सुरु हुँदै

देश, राजनीति, समाचार
२८ माघ, काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटहरुमा आजबाट पुनः बहस सुरु हुँदैछ । न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार एक दिन स्थगित गरिएको बहस आजबाट पुनः सुरु हुन लागेको हो । Advertisement संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा मुद्दा परेका छन् । ती मुद्दामाथि माघ चार गतेदेखि निरन्तर बहस हुँदै आएको छ । हाल प्रधानमन्त्रीका निजी कानून व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस चलिरहेको छ । त्यसअघि रिट निवेदकका तर्फबाट ७० जनाभन्दा बढीले बहस गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसविरुद्ध परेका रिटमाथि सुनुवाइ गर्न प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका छन् । संवैधानिक इजलासमा दु...
वर्तमान सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुन्छः  उपसभापति निधि

वर्तमान सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुन्छः उपसभापति निधि

देश, राजनीति, समाचार
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्रनारायण निधिले मुलुकमा विद्यमान राजनीतिक सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने बताएका छन् ।  उनले सरकारकोे असंवैधानिक निर्णयबाट सिर्जना भएको राजनीतिक संवैधानिक सङ्कटको समाधान प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने प्रष्ट पारे । कांग्रेस बुथ कमिटी बगहीले आइतबार वीरगञ्ज महानगरपालिका–२८ बगहीमा आयोजना गरेको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उपसभापति निधिले वर्तमान समस्याको समाधान गर्न प्रतिनिधिसभाको पुनःस्थापना वा निर्वाचनबाहेक अर्को विकल्प नभएको बताए ।  Advertisement उनले सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेको रिटको फैसला गर्दै प्रतिनिधिसभा पुनःस्थापना भए समस्या समाधान हुन्छ, नभए प्रनिधिसभाको निर्वाचनमार्फत समस्याको समाधान खोज्नु नै उपयुक्त बाटो भएको धारणा व्यक्त गरे ।  प्रतिनिधिस...
दैलेखमा पत्रकार थापाको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ

दैलेखमा पत्रकार थापाको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ

देश, राजनीति, समाचार, सामाजिक
सुर्खेत ।  दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न भनिएका फरार एक अभियुक्त लामो समय पछि पक्राउ परेका छन्  । दैलेख प्रहरीले  महाबु गाउँपालिका–६ का ६८ वर्षीय जयबहादुर शाहीलाई पक्राउ गरेको हो ।  खोजतलासका क्रममा दैलेखबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।  Advertisement जिल्ला अदालत दैलेखबाट दुई वर्ष कैद सजाय तोकिएका शाहीले पुर्पक्षका लागि १ वर्ष ७ महिना १ दिन सजाय भुक्तान  गरिसकेका छन् भने बाँकी सजाय दिलाउन उनलाई कारागार चलान गरिएको श्रेष्ठले बताए ।  १ वर्ष ७ महिना १ दिन कैद भुक्तान गरी बन्दीप्रत्यक्षीकरण रिटमामार्फत उनी थुनाभुक्त भइ फरार थिए  ।  पत्रकार थापा द्वन्द्वकालमा तत्कालीन माओवादीबाट मारिएका थिए । द्वन्द्वकालमा तत्कालीन माओवादीले दैलेख बजारको...
ओलीले देशभरबाट प्रधानमन्त्री होइन, झापाको एक क्षेत्रबाट सांसद जितेका हुन् : वर्षमान पुन

ओलीले देशभरबाट प्रधानमन्त्री होइन, झापाको एक क्षेत्रबाट सांसद जितेका हुन् : वर्षमान पुन

देश, राजनीति, समाचार
स्याङजा । नेकपाको प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले केपी ओलीलाई जनताले नभई पार्टीले प्रधानमन्त्री बनाएको बताएका छन् । ओलीले आफू जनताबाट प्रधानमन्त्री चुनिएको र विशेषाधिकार रहेको झुठो दाबी गरेको भन्दै पुनले ओली जनताबाट नभई संसदबाट प्रधानमन्त्री चुनिएको बताए । देशभरका १ सय ६५ निर्वाचन क्षेत्रबाट एक÷एक  र १ सय १० जना समानुपातिकबाट गरी २ सय ७५ सांसद मात्र जनताले छान्ने मन्त्री पुनको स्पष्टोक्ति छ । ‘ओलीजी प्रधानमन्त्रीको उम्मेदवार भएर देशभरका जनताले भोट हालेको होइन’, पार्टी सम्वद्ध युवा र विद्यार्थीको भेलालाई आइतबार स्याङजामा सम्बोधन गर्दै पुनले भने, ‘उहाँ झापाको एउटा क्षेत्रबाट निर्वाचित सांसद हो, देशभरबाट होइन । उहाँले जसरी १ सय ७५ जना सांसदले चुनाव जितेका छन् ।’ प्रधानमन्त्री ओलीले सार्वजनिक अभिव्यक्तिहरुमा आफू पाँच वर्षका लागि जनताबाट प्रधानमन्त...
प्रदेश १ मा सत्ता पक्षका सांसदबाटै प्रदेशसभा बैठक अवरोध

प्रदेश १ मा सत्ता पक्षका सांसदबाटै प्रदेशसभा बैठक अवरोध

देश, राजनीति, समाचार
काठमाडौं । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक नेकपा ओली समूहले अवरुद्ध गरेको छ । आइतबार दिउँसो बसेको प्रदेशसभा बैठक ओली समूहका सांसदहरुले अवरुद्ध गरेका हुन् । उनीहरुले बैठक अवरुद्ध गरेपछि अविश्वासको प्रस्ताव दर्ता हुन सकेन । Advertisement ओली समूहका सांसदहरुले विरोध जनाएलगत्तै सभामुख प्रदीप भण्डारीले फागुन ९ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका थिए । ओली पक्षका सांसदहरुले संसदीय दलका नेताले निलम्बन गरेका १६ जना सांसदहरुलाई प्रवेश गर्न दिएको भन्दै बैठक अवरुद्ध गरेका हुन् । साभार: रातोपाटी ...
प्रदेश १ प्रदेशसभा बैठक आज : ओली पक्षले अवरोध गरे प्रतिकार गर्ने प्रचण्ड–माधव पक्षको तयारी

प्रदेश १ प्रदेशसभा बैठक आज : ओली पक्षले अवरोध गरे प्रतिकार गर्ने प्रचण्ड–माधव पक्षको तयारी

देश, राजनीति, समाचार
काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक बस्दैछ । सातौँ हिउँदे अधिवेशनको दोस्रो बैठक आइतबार दिउँसो २ बजेलाई बोलाइएको छ ।  गत ७ माघमा करिब ३ मिनेट बसेर स्थगित भएको प्रदेश सभाको बैठक अघि ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले बताएका छन् । आज बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव पक्षका १६ जना सांसदलाई ओली पक्षले निलम्बन गरेको भन्दै बैठकमा सहभागी गराउन नहुने बताउँदै आएको छ । उनीहरु बैठकमा प्रवेश गरे बैठक सञ्चालन हुनै नदिने ओली पक्षको तयारी छ । तर, प्रचण्ड–माधव पक्षका भीम आचार्यसहित ओली पक्षले कारवाही गरेका सांसदहरु बैठकमा जसरी पनि सहभागी हुने तयारीमा छन् । त्यसका लागि ओली पक्षले अवरोध गरे प्रतिकार गर्ने तयारी समेत उनीहरुको छ । Advertisement प्रदेश सांसद र...
‘नेकपा प्रवेशको लहर चल्यो’

‘नेकपा प्रवेशको लहर चल्यो’

देश, राजनीति, समाचार
बनेपा नगरपालिका–१० मा विभिन्न पार्टी परित्याग गरी ८५ राजनीतिकर्मी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । शनिबार बनेपा नगरकै सात नम्बर वडाका ४२ जना अन्य पार्टीबाट नेकपामा प्रवेश गरेका थिए । बृहत् वडास्तरीय दुवै भेलामा नवप्रवेशीलाई पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले स्वागत गरे । Advertisement यस्तै यही माघ १७ गते नेकपाको पनौती नगर कमिटीको बृहत् भेलामा विभिन्न पार्टी परित्याग गरी तीन दर्जन नेकपामा प्रवेश गराइएको पार्टीका नगर संयोजक सुरेश हुमागाईँले जानकारी दिए । उक्त कार्यक्रममा बाँस्कोटाले भने, “नेकपामा प्रवेशको लहर चलेको छ ।” नेकपाका काभ्रेपलाञ्चोकको इन्चार्जसमेत रहेका बाँस्कोटाका अनुसार नेकपामा पार्टी प्रवेशको कार्यक्रमले अब तीव्रगतिमा निरन्तरता पाउनेछ । यही माघ १० गते विप्लव समूहका केन्द्रीय सदस्य च...
भागरथीको हत्यारालाई तत्काल कारवाही होस् : प्रचण्ड-माधवले भने

भागरथीको हत्यारालाई तत्काल कारवाही होस् : प्रचण्ड-माधवले भने

देश, राजनीति, समाचार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कारवाही गर्न माग गरेको छ । अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज एक विज्ञप्तिमार्फत यही माघ २२ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी निवासी भट्टको बलात्कारपछि हत्या भएको घटनाले आफूहरु स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन्  । Advertisement विद्यालयबाट घर फर्किंदै गरेको बेला १७ वर्षीय किशोरी भागरथीमाथि भएको पाशविक र अमानवीय कुकृत्यको नेकपाले घोर भत्र्सना गरेको छ । अध्यक्षद्वयको विज्ञप्तिमा भनिएको छ, “डेढ वर्षअघि निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको आम जनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको समान प्रकृतिको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्यसंयन्त्र असफल भएको तथ्यलाई नै...