२०८२ चैत्र १३

राजनीति

निर्वाचन आयोगद्वारा १४ राजनीतिक दलसँग छलफल, कस्तो बन्दैछ निर्वाचन आचारसंहिता ?

निर्वाचन आयोगद्वारा १४ राजनीतिक दलसँग छलफल, कस्तो बन्दैछ निर्वाचन आचारसंहिता ?

देश, राजनीति, समाचार
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०७७ का सम्बन्धमा विभिन्न राजनीतिक दलहरुसँग छलफल गरेको छ ।  आईतबार आयोग परिसरमा आयोजित छलफलमा विभिन्न १४ वटा राजनीतिक दलका प्रतिनिधिहरु सहभागी थिए । राजनीतिक दलका अधिकांश प्रतिनिधिले निर्वाचन आयोगले आचारसंहिता जारी गरेपनि आचारसंहिता पालना भए नभएको अनुगमन चुस्त हुन नसकेको तथा आचारसंहिता उल्लघंन गर्नेमाथि कारवाही गर्ने नगरेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराएका थिए । उनीहरुले आचारसंहिता कडाईका साथ कार्यान्वयन गराउन र उलंघन गर्नेहरुमाथि विद्यमान व्यवस्थाअनुसार कारवाही गर्न पनि माग गरे । Advertisement नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले भने निर्वाचन आचारसंहिता उलंघन गर्ने सरकारलाई कारवाही नगरेको आरोप लगाएको छ । उसले आयोगको कार्यशैलीप्रति आशंका समेत व्यक्त गरेको छ । छलफलमा सहभागी नेता लिलामणि प...
प्रधानमन्त्रीलाई पुनको प्रश्नः कोभिडले थलिएको अर्थतन्त्रले ५० अर्बको निर्वाचन कसरी धान्छ ?

प्रधानमन्त्रीलाई पुनको प्रश्नः कोभिडले थलिएको अर्थतन्त्रले ५० अर्बको निर्वाचन कसरी धान्छ ?

देश, राजनीति, समाचार
तेह्रथुम । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ ले कोभिड–१९ महामारीले थिलथिलो भएको मुलुकको अर्ततन्त्रले मध्यावधि निर्वाचन धान्न नसक्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध तेह्रथुममा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्रीसमेत रहेका पुनले निर्वाचनमा ५० अर्ब खर्च हुने बताए । पाँच वर्षसम्म सरकार चलाउन जनताले दिएको अभिमतमाथि घात गर्दै राज्यकोषबाट ५० अर्ब खर्च गराएर निर्वाचन गराउनु लोकतन्त्र नभएको उनको भनाइ थियो । निर्वाचनका नाममा बर्बाद पार्ने ५० अर्ब रुपैयाँले ७७ वटै जिल्लामा एक÷एकवटा अस्पताल निमार्ण गर्न सकिने वा सबै जनतालाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क लगाउन सकिने पुनले उल्लेख गरे । ‘जनताले पाँच वर्ष चलाउन दिएको संसद विघटन गर्ने र ५० औं अर्ब खर्च गरेर चुनाव गर्छु भन्नु कुनै पनि तरिकाले लोकतन्त्रको पक्षमा छैन’ पुनले भने, ‘प्रधानन्त्रीजी तपाईं जनताप्...
सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारमा कुँवर नियुक्त

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारमा कुँवर नियुक्त

देश, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा लालबहादुर कुँवर नियुक्त भएका छन् ।  यसअघि सर्वोच्चकै रजिस्ट्रार रहेका कुँवर आज मुख्य रजिस्ट्रारमा नियुक्त भएका हुन् ।  माघ ११ गते बसेको न्यायपरिषदको बैठकले तत्कालिन मुख्य रजिस्ट्रार नृपध्वज निरौंलालाई मुख्य न्यायाधीश नियुक्त गरेपछि सर्वोच्चमा मुख्य रजिस्ट्रारको पद रिक्त थियो । माघ २५ गते न्याय सेवा आयोगको बैठकले कुँवरलाई नियुक्त गर्न सिफारिस गरेको थियो । त्यसलगत्तै माघ २९ गते बसेको मन्त्रिपरिषदको बैठकले कुँवरलाई मुख्य रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको थियो । कुँवर २०५५ सालमा शाखा अधिकृतको रुपमा निजामति सेवामा प्रवेश गरेका थिए । उनी गुल्मी धुर्कोटका स्थायी वासिन्दा हुन् । Advertisement त्यस्तै सर्वोच्चकै रजिस्ट्रार पदमा निर्मला पौडेल नियुक्त भएकी छिन् । माघ २९ गते बसेको मन्त्रिपरिषद बैठकले उनल...
निर्वाचन आचारसंहिताबारे छलफल गर्न आयोगले दलहरुलाई बोलायो

निर्वाचन आचारसंहिताबारे छलफल गर्न आयोगले दलहरुलाई बोलायो

देश, राजनीति, समाचार
२ फागुन, काठमाडौं । निर्वाचन आयोगले चुनावको आचारसंहिताबारे सबै दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दैछ । निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको र सो मस्यौदाबारे राजनीतिक दलहरुसँग छलफल गर्न लागिएको आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आचारसंहिताको मस्यौदामा राय परामर्श लिन बिहान ११ बजे दलहरुलाई बोलाइएको जानकारी दिए । Advertisement छलफलका लागि आयोगले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवासहित सबै पार्टीका अध्यक्ष तथा सभापतिहरुलाई बोलाएको छ । दलहरुसँग छलफल गरिसकेपछि निर्वाचन आचारसंहिता सार्वजनिक गर्ने आयोगले जनाएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति तोकेको छ । प्रतिनिधिसभा विघटनसँगै नेकपा विभाज...
नेकपाको मात्रै बाकस भरिन्छ भनेर डराए : प्रधानमन्त्री

नेकपाको मात्रै बाकस भरिन्छ भनेर डराए : प्रधानमन्त्री

देश, राजनीति, समाचार, सामाजिक
१ फागुन, बुटवल । नेकपा ओली समूहका नेताहरुले केपी शर्मा ओलीलाई अझै एक कार्यकाल प्रधानमन्त्री र पार्टी अध्यक्षका रुपका रुपमा अगाडि सारेको छ । पुस ५ गते प्रतिनिधि सभा विघटनसँगै विभाजित नेकपाको प्रचण्ड-माधव समूह सडक आन्दोलनमा छ भने सत्तामा रहेको ओली समूहले पनि सभाहरु गरेर  शक्ति प्रदर्शन गर्दै आएको छ । माघ २३ मा काठमाडौंमा सभा गरेको यो समूहले शनिबार बलियो पकड मानिएको लुम्बिनी प्रदेशको बुटवललाई शक्ति प्रदर्शन गरेको छ । Advertisement बुटवल-७ सिद्धेश्वर माविको मैदानमा भएको सभाका लाागि प्रदेशका १२ वटै जिल्लाबाट कार्यकर्ता र जनता ल्याइएको थियो । सभालाई सम्बोधन गर्दै समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, उर्जामन्त्री टोपबहादुर रायमाझी र उद्योगमन्त्री लेखराज भट्ट, मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिकसँगै विष...
प्रचण्डले भने- डा. बाबुराम र म मुद्दाको मोर्चामा एकै ठाउँ छौँ

प्रचण्डले भने- डा. बाबुराम र म मुद्दाको मोर्चामा एकै ठाउँ छौँ

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई र आफू अहिले एउटै पार्टीमा नरहेपनि मुद्दाको हिसावले एउटै मोर्चामा रहेको बताएका छन् ।  डा.बाबुराम भट्टराईद्वारा लिखित ‘गुमनाम आमाहरूको कथा’ पुस्तकको शनिबार काठमाडौँमा भएको लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।  Advertisement उनले आफू र बाबुराम भट्टराईबीचको सहकार्य र सम्बन्धको चर्चा गर्दै गुमनाम आमाहरुको कथाका पात्र, विश्लेषण र कथाले आफूलाई गम्भीर संश्लेषण गर्नुपर्नेतिर डोर्याएको महशुस भएको पनि बताए ।  ‘बाबुराम जी र म अहिले एउटै पार्टीमा छैनौ, तर मुद्दाको मोर्चामा हामी एकै ठाउँ छौँ । हजारौ सहिद, वेपत्ता, मानवीय अनुभूतिले फेरि पनि एकै ठाउँमा आउन प्रेरित गर्छन्’, प्रचण्डको भनाइ छ । प्रचण्डले लामो समयको संघर्षबाट प्राप्त उपलव्धि खो...
प्रचण्डको आशंका : संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने हो कि ?

प्रचण्डको आशंका : संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने हो कि ?

देश, राजनीति, समाचार
१ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने हो कि भन्ने संशय पैदा भएको बताएका छन् । २६ औं जनयुद्ध दिवसको अवसरमा बर्दियाको बारबर्दिया नगरपालिकाले प्रकाशत गरेको ‘जीवनगाथा’ पुस्तक आज काठमाडौंमा विमोचन गर्दै प्रचण्डले हजारौं सहिदको बलिदानीबाट प्राप्त उपलब्धी गुम्ने खतरा पैदा भएको बताएका हुन् । Advertisement ‘यस्तो परिस्थितिमा यो जीवनगाथा आएको छ । कहीँ कतै संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा जाने हो कि ? कहीँ हजारौ शहीदहरुले बलिदान गरेर रगतले लेखेको संविधान नै धरापमा पर्ने हो कि ? भन्ने खतरा पैदा भएको बेला पनि छ,’ प्रचण्डले भने । जनयुद्धमा शहीद, बेपत्ता पारिएका तथा घाइतेहरुको विवरण समेटर तयार पारिएको ‘जीवनगाथा’ पुस्तकको विशेष अर्थ र महत्...
पूर्वप्रधानमन्त्री खनाल दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना

पूर्वप्रधानमन्त्री खनाल दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना

देश, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका छन् । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका वरिष्ठ नेता समेर रहेका खनाल नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि शुक्रबार विहान भारत गएका थिए । खनालमा उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्या रहेको बताइएको छ ।  Advertisement खनाललाई  एपोलो अस्पतालमा राखिएको भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यले सामाजिक संजालमार्फत जानकारी दिए । आचार्यले खनाल भर्ना भएको अस्पतालमा पुगेर भेट गरेका थिए । राजदूत आचार्यले शीघ्र पूर्ण स्वास्थ्यलाभको शुभकामना पनि गरेका छन् । खनाल श्रीमतीसहित आजै दिल्ली गएका थिए । साभार: रातोपाटी ...
संसदलाई सक्रिय बनाउन सकिन्छ: देव गुरुङ

संसदलाई सक्रिय बनाउन सकिन्छ: देव गुरुङ

देश, राजनीति, समाचार
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य देव गुरुङले निष्कृय संसदलाई सक्रिय बनाउन सकिने  बताएका छन् । रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले न्यायलयको प्रक्रियाबाट र राजनीतिक दलको आपसी सहमतिबाट विघटित प्रतिनिधिसभालाई सक्रिय बनाउन सकिने दावी गरे । साक्षात्कारमा बोल्दै गुरुङले २०५९ मा राजा ज्ञानेन्द्रद्वारा विघटित संसद राजनीतिक सहमतिमा २०६३ मा सक्रिय बनाइएको उदाहरण दिए । उनले संविधान विपरित प्रधानमन्त्री र राष्ट्रपतिले विघटन गरेको प्रतिनिधिसभा सक्रिय र पुनःस्थापना हुन सक्ने दावी गरे । प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले राष्ट्रघात र जनघात गरेको आरोप लगाउँदै सबै देशभक्त राजनीतिक दल, नागरिक समाज, मिडिया एक ठाउँमा उभिनुको विकल्प नभएको बताए । Advertisement प्र...
लुम्बिनी प्रदेशमा चैत १९ र २० गते लगानी सम्मेलन गर्ने मन्त्रिपरिषदको निर्णय

लुम्बिनी प्रदेशमा चैत १९ र २० गते लगानी सम्मेलन गर्ने मन्त्रिपरिषदको निर्णय

देश, राजनीति, समाचार
बुटवल । लुम्बिनी प्रदेशमा चैत १९ र २० गते लगानी सम्मेलन हुने भएको छ । बाह्य लगानी भित्राउने उदेश्यले गर्ने लागनी सम्मेलन  २०७७ चैत १९ र २० गते गर्ने विहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले  निर्णय गरेको हो । बैठकपछि निर्णय सार्वजनिक गर्दै लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बैठकले सम्मेलनको मिति मात्रै तोकिएको जानकारी दिए । उनले प्रदेश सरकारको पूर्ववतः योजना अनुसार नै सम्मेलन हुन लागेको उनले जानकारी गराउदै स्थान र अन्य बिषयमा समितिले निर्णय गर्ने बताए । Advertisement उनले भने, लुम्बिनी प्रदेश सरकारले पहिले देखि नै लगानी सम्मेलनको तयारी गरिरहेको थियो, त्यहि समयमा कोरोना आयो, हामीले बनाएको योजना अनुसार नै मिति तोकेका हौँ ।’ प्रदेशको राजधानी वा मुकाममा भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै प्रवक्...