२०८१ जेष्ठ ५

सर्वोच्चले सरकारको पक्षमा फैसला गर्छ : मन्त्री भट्ट

कैलाली । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले सर्वोच्च अदालतले गर्ने फैसला सरकारको पक्षमा हुने बताएका छन् । 

आज कैलालीमा ओली पक्षको प्रेस संगठन नेपालले गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । 


Advertisement


सर्वोच्चको फैसला केहि दिन भित्रै आउने बताउँदै मन्त्री भट्टले फैसला सरकारको पक्षमा नै हुने ठोकुवा गरे । 

उनले समय सिमाभित्रै निर्बाचन हुने र निर्वाचनका लागि निर्वाचन आयोग गृह कार्यमा लागि सकेको बताए । 

उनले सरकारलाई काम गर्न नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गर्नु परेको बताए । आफ्नै पार्टीबाट प्रधानमन्त्रीलाई असहयोग हुन थालेपछि बाध्यात्मक परिस्थितीमा बिघटन गर्नु परेको उनको भनाई छ । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap