२०८१ बैशाख २२

प्रदेश २ प्रमुख झाले लिए सपथ, उपराष्ट्रपति र सभामुखद्वारा बहिस्कार

काठमाडौं । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार साँझ राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश प्रमुख झाले शपथ  लिएका हुन् । 

नेपालको संविधानको धारा १६७ बमोजिम झाले प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण गरेका थिए । सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्र सहभागी थिए ।


Advertisement


उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा भने आज पनि शपथग्रहण समारोहमा सहभागी भएनन् ।  संवैधानिक आयोगका पदाधिकारीहरूको सपथ ग्रहण समारोहमा पनि उपराष्ट्रपति र सभामुखले बहिस्कार गरेका थिए ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्‌को सिफारिसमा शुक्रबार प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरी झालाई नियुक्त गरेकी थिइन् ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap