२०८२ चैत्र १३

राजनीति

केपी ओलीको साइबर सेना बनेर काम गर्ने युवा संघको निर्णय

केपी ओलीको साइबर सेना बनेर काम गर्ने युवा संघको निर्णय

देश, राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह निकट राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको साइबर सेना बनेर काम गर्ने निर्णय गरेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष बचनबहादुर सिंहले माघ २५ र २६ गते बसेको संघको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको बताए ।  सामाजिक सञ्जालमा सरकार र प्रधानमन्त्री ओली विरुद्ध भइरहेको गलत प्रचारलाई नियन्त्रण गर्ने काम साइबर सेनाले गर्ने पनि प्रष्ट पारे ।  आफूलाई बुद्धिमान ठान्नेहरुले सरकार र कम्युनिष्ट पार्टीबारे जनतालाई दिगभ्रमित पार्ने काम सामाजिक सञ्जालबाट गरिरहेकोले त्यसलाई नियन्त्रण गर्न साइबर सेनाले आफ्नो विवेक प्रयोग गरी परिचालन हुने बताए ।  Advertisement यस्तै अध्यक्ष सिंहले आगामी चैत मसान्त भित्रमा ७७ वटै जिल्लामा युवा संघको कमिटी निर्माण गर्ने, सबै संघीय निर्वाचन क्षेत...
मकवानपुरमा निर्वाचन तयारी

मकवानपुरमा निर्वाचन तयारी

देश, राजनीति, समाचार
जिल्ला निर्वाचन कार्यालय मकवानपुरले आगामी वैशाखमा हुने निर्वाचनलाई लक्षित गरेर तयारी पूरा गरेको छ । जिल्लामा १६५ मतदानस्थलका ३३८ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।  सो निर्वाचनमा मकवानपुरका दुई लाख ७२ हजार ४७८ मतदाता मतदान प्रक्रियामा सहभागी हुन पाउने जिल्ला निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद पौडेलले जानकारी दिए । Advertisement निर्वाचनका लागि आवश्यक सुरक्षा रणनीतिसमेत तयार पारिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । उनले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराइने बताए । चुनावको समयमा हुने गाडीका लावा लस्कर र भोज भत्तेरलाई नियमन र नियन्त्रण गरिने उनले बताए। यसैबीच, निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०७७ को मस्यौदामा भएका व्यवस्थाका सम्बन्धमा सरोकारवालासँग अन्तक्र्रिया गरेको छ ।  क...
प्रदेश २ प्रमुख झाले लिए सपथ, उपराष्ट्रपति र सभामुखद्वारा बहिस्कार

प्रदेश २ प्रमुख झाले लिए सपथ, उपराष्ट्रपति र सभामुखद्वारा बहिस्कार

देश, राजनीति, समाचार
काठमाडौं । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार साँझ राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश प्रमुख झाले शपथ  लिएका हुन् ।  नेपालको संविधानको धारा १६७ बमोजिम झाले प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण गरेका थिए । सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्र सहभागी थिए । Advertisement उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा भने आज पनि शपथग्रहण समारोहमा सहभागी भएनन् ।  संवैधानिक आयोगका पदाधिकारीहरूको सपथ ग्रहण समारोहमा पनि उपराष्ट्रपति र सभामुखले बहिस्कार गरेका थिए । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्‌को सिफारिसमा शुक्रबार प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरी झालाई नियुक्त...
ओली सरकारले दमनकारी क्रियाकलाप गरिराखेको छ: नारायणकाजी श्रेष्ठ

ओली सरकारले दमनकारी क्रियाकलाप गरिराखेको छ: नारायणकाजी श्रेष्ठ

देश, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली सरकारले ज्यादतिपूर्ण  ढंगले दमनकारी क्रियाकलाप गरिराखेको बताएका छन् । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडाँमा केन्द्रीय कमिटीको अनौपचारिक बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले प्रतिनिधिसभाको विघटनपछि कामचलाउ बनेको ओली सरकारले कानून विपरित ज्यादतिपूर्ण ढंगले दमनकारी क्रियाकलाप गरिराखेको बताएका हुन् । यस्तो कदम केही समयको लागि निर्लज्ज दमनकारी अभिव्यक्ति मात्रै हुने पनि प्रवक्ता श्रेष्ठले बताए । उनले भने– ‘प्रधानमन्त्री र सरकारले आफैले प्रतिनिधिसभा विघटन गरिसकेपछि स्वतः कामचलाउ सरकारमा परिणत भएको छ । त्यसको विपरित गैह्रकानूनी ढंगले ज्यादतीपूर्ण, बलमिच्याहिंपूर्ण, दमनकारी क्रियाकलाप गरिराखेको छ । यो केही समयको एउटा निर्लज्ज दमनकारी अभिव्यक्ति मात्रै हो, आचरण मात्रै हो ।’ ...
देउवाको प्रश्न  : राजनीति छोड्ने कि चुनावको तयारी गर्ने ?

देउवाको प्रश्न : राजनीति छोड्ने कि चुनावको तयारी गर्ने ?

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको विश्वास गर्न पार्टी कार्यकर्तालाई आग्रह गरेका छन् । शुक्रबार काँग्रेस नुवाकोट जिल्ला कार्यसमितिको भवन उद्घाटन गर्दै देउवाले भने,  ‘संविधान सम्बन्धी कुरा, कानुन नियमको कुरा गर्ने अदालत बाहेक को छ यहाँ ?  अदालतलाई विश्वास गरौं न प्लिज । अदालतलाई विश्वास नगरेर कसको गर्ने यहाँ ?’ अदालतलाई धम्क्याएर तर्साएर काम गराउने भए अदालत  किन चाहियो भन्ने देउवाको प्रश्न थियो । ‘अदालतलाई धम्क्याएर तर्साएर काम गराउने भए अदालत हटाइदिए भयो त । जसले बढी धक्म्याउछ उसको कुरा माने भइहाल्यो नि ,’  उनले यस्तै देउवाले चुनाव हुँदैन भन्ने डर हटाउन आग्रह गर्दै चुनावका लागि तयार रहन निर्देशन दिए । 'डराएर कहीँ हुन्छ। डर हटाउनुस्। चुनावमा भाग लिने जित्ने हो,’ उनले भने।   Advertisement प्रधानमन्त्री केपी ...
ओली गएपछि कम्युनिस्ट आन्दोलनको घाँडो पन्छियो, सबै खुसी छन् : नेपाल

ओली गएपछि कम्युनिस्ट आन्दोलनको घाँडो पन्छियो, सबै खुसी छन् : नेपाल

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रम छरिरहेको बताएका छन् । पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली अहिले पनि साम, दाम दण्ड भेद सवै प्रयोग गरेर जनता र नेकपा नेता कार्यकर्तामाथि भ्रम छर्न तल्लिन रहेको बताएका हुन् । Advertisement ‘ओलीले अझै विभिन्न किसिमका भ्रमहरु छरिरहेका छन् । पूर्व एमालेहरु मिल्नुपर्छ । यति मानिस यता आए भनेर व्यापक भ्रम फिजाइरहेका छन् । त्यो भ्रममा नपर्न म सबै केन्द्रीय सदस्यहरुलाई आग्रह गर्छु’, नेपालले बैठकमा भने, ‘यो विचारको लडाई हो ।’ उनले केपी ओली टुक्रेर नेकपाबाट बाहिरिएको भन्दै उनी ओली गएपछि कम्युनिस्ट आन्दोलनको घाँडो समाप्त भएको बताए । ‘घाँडो पन्छिएपछि सबै नेता कार्यकर्ताले खुसी प्रकट गरेका छन्’, नेपालको भनाइ छ । उनले आफ्न...
बुहारी हत्या अभियोगमा २० वर्ष कैद पाएका ससुरा पक्राउ

बुहारी हत्या अभियोगमा २० वर्ष कैद पाएका ससुरा पक्राउ

देश, राजनीति, समाचार, सामाजिक
६ फागुन, जनकपुरधाम । महोत्तरीमा आफ्नै बुहारीको हत्या गरी फरार भएका एक प्रतिवादी १४ वर्षपछि पक्राउ परेका छन् । बुहारी हत्याको अभियोगमा जिल्ला अदालतबाट २० वर्ष कैद सजाय सुनाइएपछि फरार रहेका महोत्तरीको साविक महदैया तपनपुर गाविस-५ बस्ने शंकर सहनीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार ५२ वर्षीया सहनीलाई लोहारपट्टी नगरपालिका-३ महदैया नजिकैबाट पक्राउ गरिएको हो । महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टका अनुसार पक्राउ परेका सहनीलाई अदालतमा पेस गरिएको छ । Advertisement शंकरले आफ्नै छोरा राजु सहनीकी पत्नी विना देवी सहनीलाई घरायसी विवादका कारण बिष खुवाई घाँटी थिचेर हत्या गरेको अभियोगमा अदालतले कैद सुनाएको थियो । प्रहरीका अनुसार २०६४ साल भदौ १३ गते ससुरा शंकर सहनी, सासु चन्दर देवी, देवर राजकुमार सहनी, छिमेकी बली साह र शंकर साह मिलेर विनाको हत्या...
द्वन्द्वपीडितका समस्या समाधान गर्न विशेष कार्यदल बनाउछौं : प्रधानमन्त्री ओली

द्वन्द्वपीडितका समस्या समाधान गर्न विशेष कार्यदल बनाउछौं : प्रधानमन्त्री ओली

देश, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको सशस्त्र द्वन्द्वपीडितको समस्या सम्बोधनका लागि एक विशेष कार्यदल बनाउने बताएका छन् । आफ्ना पीडा अवगत गराउन आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका द्वन्द्वमा मारिएका सुरक्षाकर्मीका परिवार तथा घाइते सुरक्षाकर्मीसँगको छलफलमा उनले कार्यदल बनाई द्वन्द्वपीडितको समस्या समाधान गरिने बताए ।   उनले अब क्षमा र पीडितलाई आवश्यकताअनुरुपको सहयोगमार्फत द्वन्द्वका घाउलाई क्रमशः पुर्दै लैजानुपर्नेसमेत बताए । प्रधानमन्त्री ओलीले राज्यले शान्तिसुरक्षाका लागि खटाएका, राज्यविरुद्ध हतियार उठाउनेका तर्फबाट लडेका र कुनै पक्षमा सामेल नभए पनि आशङ्का वा रिसिइवीमा मारिएका गरी तीन धारका द्वन्द्वपीडित रहेको उल्लेख गर्दै भने,  “जता पट्टिबाट गोली चलेर मारिएको होस्, तिनमा आश्रित एकल महिला, उनका अभिभावक उनमा आश्रित सन्तानको पीडा उस्तै उस्तै छन् ।” Advertisement ...
काँग्रेसले लियो संविधानको साहारा : १४ औं महाधिवेशन भदौ दोस्रो साताका लागि तय

काँग्रेसले लियो संविधानको साहारा : १४ औं महाधिवेशन भदौ दोस्रो साताका लागि तय

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन २०७८ भदौ दोस्रो साताका लागि तय भएको छ । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय समितिको बैठकले १४ औं महाधिवेशन ७–१० भदौमा काठमाडौंमा गर्ने निर्णय गरेको केन्द्रीय सदस्य रमेश लेखकले रातोपाटीलाई जानकारी दिए । Advertisement उनका अनुसार बुधबारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तावित महाधिवेशनको कार्यतालिकालाई केही संशोधन गर्दै विहीबारको बैठकले सर्वसम्मतिबाट पारित गरेको हो । हिजो प्रस्तुत कार्यतालिकामा वडा, पालिका, क्षेत्री र जिल्ला अधिवेशन तथा क्रियाशील सदस्यता वितरण र नविकरणको तालिका परिमार्जन गरि पारित गरिएको छ । गाउँनगरको वडा अधिवेशन असार २० गते, गाउँ नगरपालिकाको अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा नि...
निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन आयोगको आह्वान

निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन आयोगको आह्वान

देश, राजनीति, समाचार
निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते दुई चरणमा हुने भनिएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सक्रियता पूर्वक सहभागी हुन आह्वान गरेको छ । निर्वाचन दिवसको अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले यस्तो आह्वान गरेका हुन् । ‘नेपालमा सर्वप्रथम वि.सं. २०१५ साल फागुन ७ गते आम निर्वाचन प्रारम्भ भई वालिग नेपालीहरूले मताधिकारको उपयोग गर्न पाएको गौरवमय दिनलाई स्मरण गर्दै निर्वाचन आयोगले वि.सं. २०७३ साल देखि प्रत्येक बर्ष फागुन ७ गते निर्वाचन दिवस मनाउन प्रारम्भ गरे बमोजिम आज हामी “निर्वाचनमा सबै, सँधै, सँगै” भन्ने  मुल नाराका साथ पाँचौ निर्वाचन दिवस, २०७७ मनाउन गइरहेका छौ । यस महत्वपूर्ण अवसरमा म सम्पूर्ण नेपाली मतदाता आदरणीय दिदीबहिनी तथा दाजुभाईहरू प्रति हार्दिक शुभकामना  व्यक्त गर्दै आगामी २०७८ बैशाख १७ र २७ गते दुई चरणमा हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सक्...