२०८२ पुष ९

राजनीति

पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास गर्छुः ओली

पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास गर्छुः ओली

देश, राजनीति, समाचार
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका छन् ।  ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा जारी केन्द्रिय समितिको बुधबारको बैठकमा बोल्दै उनले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका हुन् ।  Advertisement “पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने प्रतिवद्धता अध्यक्ष ओलीले बैठकमा राख्नु भएको छ” बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले भने, “तर पार्टी आन्दोलनलाई घात गर्ने कुनै पनि खालका हर्कतलाई भने सफल हुन नदिइने अध्यक्ष ओलीले बताउनुभयो । ” एमालेले पार्टी जीवनमा प्रतिकूल परिस्थिति आएको निष्कर्ष निकाल्दै त्यसबाट निराश नभई पार्टीको पक्षमा दृढतापूर्वक उभिन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ । बैठकले जनताको पक्षमा का...
बालुवाटारमा विप्लवले गरे प्रधानमन्त्री र गृहमन्त्रीसँग छलफल

बालुवाटारमा विप्लवले गरे प्रधानमन्त्री र गृहमन्त्रीसँग छलफल

देश, राजनीति
तस्बिर: प्रधानमन्त्रीको सचिवालय नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर कुराकानी गरेका छन्। Advertisement बुधबार विप्लवसहित नेपाल कम्युनिष्ट पार्टीका नेतहरूले बालुवाटार पुगेर प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग कुराकानी गरेका हुन्। प्रधानमन्त्री र गृहमन्त्रीसँग विप्लवलगायत नेताले भेटवार्ता गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्रीलाई भेट्न विप्लवसहित नेताहरू खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धर्मेन्द्र बाँस्तोलालगायत नेताहरू बालुवाटार पुगेका थिए। विप्लवले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग आफूहरूले गरेका सहमति कार्यान्वयनमा सघाउन आग्रह गरेका छन्। यसअघि विप्लवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, व...
प्रधानमन्त्री देउवा र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

देश, राजनीति, समाचार
६ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट ठाकुर पक्षको माग र सरकारमा सहभागीताका विषयमा केन्द्रित रहेको स्रोतले बतायो । Advertisement प्रधानमन्त्री देउवालाई भेट्न जसपा अध्यक्ष ठाकुर बिहान साढे नौ बजे बालुवाटार पुगेका थिए । देउवालाई संसदमा ठाकुर पक्षलाई विश्वासको मत दिएको थियो । त्यसअघि देउवाले ठाकुर पक्षका नेताहरुसँगको छलफलमा उनीहरुका माग सम्बोधन गर्ने आश्वासन दिएका थिए । Credit: OnlineKhabar ...
प्रधानमन्त्रीसँग महन्थ ठाकुर पक्षको माग : संविधान संशोधन र रेशम चौधरीलाई रिहा गर

प्रधानमन्त्रीसँग महन्थ ठाकुर पक्षको माग : संविधान संशोधन र रेशम चौधरीलाई रिहा गर

देश, राजनीति, समाचार
५ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले संविधान संशोधन र रेशम चौधरी लगायतका नेता कार्यकर्ताको रिहाइको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा ठाकुर पक्षले पनि मत दिएको थियो । आफ्नो माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्दै ठाकुर पक्षको कार्यकारिणी समिति बैठकले भनेको छ, मुद्दाहरुको सम्बोधनार्थ प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने ।’ Advertisement यो पक्षले संविधान संशोधन, मुद्दा फिर्ता र कार्यकर्ताको रिहाइका साथै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, नागरिकतासम्बन्धी समस्या समाधान गर्नुपर्ने, स्थानीय तहहरुको जनसंख्याका आधारमा पुनस्र्थापना गर्नुपर्ने माग पनि अघि सारेको छ । एक केन्द्रीय सदस्यका अनुसार...
गण्डकीमा संसदीय समितिको सभापति बने खिमबिक्रम

गण्डकीमा संसदीय समितिको सभापति बने खिमबिक्रम

देश, राजनीति, समाचार
५ साउन, पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएपछि रिक्त रहेको गण्डकी प्रदेश सभाको प्रदेश मामिला समिति सभापतिमा खिमबिक्रम शाही निर्वाचित भएका छन् । समितिमा मंगलबार भएको निर्वाचनमा सर्वसम्मत रुपमा शाही सभापतिमा चयन भएका हुन् । १३ सदस्यीय समितिमा ६ जना सदस्य रहेको एमालेका उम्मेदवार इन्द्रधारा विष्टले शाहीलाई नै समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी थिइन् । Advertisement समितिमा अल्पमतमा रहेको प्रतिपक्षी दल एमालेले सार्वजनिक लेखा समिति सभापति पाउने भएपछि विष्टले उम्मेदवारी फिर्ता लिएकी हुन् । शाहीलाई मंगलबारै सभामुख नेत्रनाथ अधिकारीले पद तथा गोपनीयताको शपथ गराएका छन् र शाहीले कार्यभार पनि सम्हालेका छन् । तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १५ गते विश्वासको मत लिने भनिएको दिन एकाएक हराएको भनेर चर्चामा आएका शाही आफ्नै पार...
रेशम चौधरीलाई छोड्ने कुरामा सकारात्मक छु : प्रधानमन्त्री देउवा

रेशम चौधरीलाई छोड्ने कुरामा सकारात्मक छु : प्रधानमन्त्री देउवा

देश, राजनीति, समाचार
प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका निलम्बित सांसद रेशम चौधरीलाई छोड्ने कुरामा सकारात्मक रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रममा उनले भने, ‘मैले उहाँलाई सांसद हुनुभन्दा पहिलेदेखि चिन्छु । उहाँलाई छाड्नुपर्छ भन्ने कुरा मैले पहिले पनि भन्दै आएको छु । उहाँ छुट्नुपर्छ भन्ने व्यक्ति हुँ ।’ Advertisement यद्यपि चौधरीको मुद्दा अदालतका भएकाले केही पर्खिनुपर्ने देउवाको भनाइ छ । उनले भने, ‘राजा वीरेन्द्रले  आममाफी दिँदा पनि काँग्रेसका नेता कार्यकर्ता २० वर्ष रहेका थिए । अदालतका आफ्नो कुरा छ । अदालतमा हस्तक्षेप गर्नु हुँदैन भन्ने हाम्रो कुरा छ ।’ साभार: रातोपाटी ...
उपेन्द्र यादव पक्षले बोलायो संसदीय दलको बैठक

उपेन्द्र यादव पक्षले बोलायो संसदीय दलको बैठक

देश, राजनीति, समाचार
जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) को संसदीय दलको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक बस्नु अघि जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्ना पार्टीका सांसदहरूलाई छलफलका लागि १ बजे पार्टी कार्यालय बालकुमारीमा बोलाएका छन् ।  प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको जसपाले संसदहरूलाई सोही अनुसार ‘ब्रिफिङ’ गरेर त्यहाँबाट सिधै बानेश्वरस्थित संसद् भवन लगिने जसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य इस्तियाक राइले बताए ।  Advertisement ‘प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय भइसकेपछि आज हुने मतदानमा कसरी प्रस्तुत हुने विषयमा छलफल हुन्छ,’ उनले भने, ‘हिजोसम्म १९ जना सांसद यो पक्षमा थिए आज त्यसमा बढ्न सक्ने सम्भावना रहेको छ । त्यसको लागि पनि बैठक बोलाइएको छ ।’ संसदीय दलको नेतापछि चयन गर्ने जसपाको आध...
माधवलाई भेटेपछि शंकरले भने –तीन महिनाको मेहनत खेर गयो

माधवलाई भेटेपछि शंकरले भने –तीन महिनाको मेहनत खेर गयो

देश, राजनीति, समाचार
ओली पक्षका एमाले नेता शङ्कर पोखरेलले १० सदस्यीय कार्यदलले प्रस्ताव गरेको प्रतिवेदन वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरेपछि पार्टी एकताका लागि गरेको तीन महिनाको मेहनत खेर गएको बताएका छन् । Advertisement आइतबार बिहान कार्यदलका सदस्यहरू नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । कोटेश्वरबाट फर्किए लगत्तै नेता पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा नेता नेपालले कार्यदलको प्रस्ताव अस्वीकार गरेको जनाएका हुन् । ‘माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो’, पोखरेलले भनेका छन् ।  साभार: रातोपाटी ...
प्रदेश २ मा माओवादीका मन्त्रीले लिए शपथ

प्रदेश २ मा माओवादीका मन्त्रीले लिए शपथ

देश, राजनीति, समाचार
प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएको छ । शनिबार माओवादीबाट मन्त्री भएका भरतप्रसाद साह र रुवी कर्णले पद तथा गोपनीयताको सपथ लिएका छन् । आन्तारिक मामिला तथा सञ्चारमन्त्रीको जिम्मेवारी पाएका साहलाई प्रदेश प्रमुख राजेश झा अहिराजले शपथ ग्रहण गराएका छन् भने राज्यमन्त्री बनेकी कर्णलाई मुख्यमन्त्री लालबाबु राउतले सपथ ग्रहण गराएका छन् । कर्णलाई पनि आन्तारिक मामिला तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीद्वयले शहीदको नाममा सपथ लिएका छन् ।  Advertisement भाषाको विवादले डेढ घण्टा ढिलो सपथ सपथ ग्रहणको समय अपरान्ह ३ बजे निर्धारण गरिएपनि डेढ घण्टा पछि सुरु भएको थियो । मन्त्रीद्वयले मातृभाषा मैथिलीमा सपथ लिने अडान लिएका कारण ढिलो गरि सपथ ग्रहणको कार्यक्रम सुरु भएको थियो । तर कानून अभावका कारण नेपाली भाषामा सपथ लिनु प...
गण्डकी मुख्यमन्त्रीको उडान : कहिले गोरखा, कहिले मनाङ !

गण्डकी मुख्यमन्त्रीको उडान : कहिले गोरखा, कहिले मनाङ !

देश, राजनीति, समाचार
२ साउन, पोखरा । असारको पहिलो हप्ता मनाङवासीले प्राकृतिक ठूलो विपत्तिको अकल्पनीय सामना गर्नुपर्‍यो । मनसुनको सुरुमै आएको भीषण वर्षाले मनाङमा ठूलो धनजनको क्षति पुर्‍यायो । हजारौं विस्थापित हुनुपर्‍यो । बाढी, पहिरोले क्षति पुर्‍याएको ३ दिनपछिमात्रै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरले )को जम्बो टोली उद्धार गर्न भन्दै मनाङ लागे । तर, मौसममा खराबी आएको भन्दै टोलीउद्धारै नगरी फर्कियो । Advertisement यता, ४ गते संसदमा विश्वासको मत लिने समय घोषणा भइसकेको अवस्थामा मुख्यमन्त्री नेपालीलाई उद्धारमा लाग्नुभन्दा पोखरा फर्किन हतार भयो । नेपाली सेनाको हेलिकप्टरमा मनाङ गएका मुख्यमन्त्री ३ गते नै पोखरा फर्किने प्रयास पटकपटकअसफल भयो । मनाङ पुगेकै दिन पोखराबाट हेली बोलाएर फर्किने योजना मौसममा खराबी आएकै कारण उडेको हेलीसमेत एक्लै पोखरा फर्कियो ।अर...