२०८२ चैत्र १६

राजनीति

काँग्रेसका क्रियाशील सदस्य ४१ देखि ६० वर्ष उमेर समूहका धेरै

काँग्रेसका क्रियाशील सदस्य ४१ देखि ६० वर्ष उमेर समूहका धेरै

देश, राजनीति, समाचार
काँग्रेसको १४ औं महाधिवेशन प्रक्रियामा भाग लिने क्रियाशिल सदस्यहरुमध्ये ४१ बर्षदेखि ६० बर्ष उमेर समुहका धेरै रहेका छन् । देशभरबाट ८ लाख ५४ हजार ७ सय ११ जनाले क्रियाशिल सदस्यता पाएकोमा यो ४१ देखि ६० उमेर समुहका मात्रै ३ लाख २८ हजार ३४४ जना रहेका छन् । Advertisement प्रतिशतका आधारमा यो संख्या ३७ दशमलव ३० हुन आउँछ । त्यसपछि २६ देखि ४० बर्ष उमेर समुहका २ लाख ४९ हजार ७७४ जनाले क्रियाशिल सदस्यता पाएका छन् । तेस्रोमा ६१ देखि ७५ बर्ष उमेर समुहका ८३ हजार १० जना रहेका छन् भने १६ देखि २५ बर्ष उमेर समुहका ४० हजार ४ सय २७ जनाले क्रियाशिल सदस्यता पाएका छन् । ७५ बर्षमाथिका काँग्रेस क्रियाशिल सदस्यहरूमा ११ हजार ७८२ जना रहेका छन् ।  साभार: रातोपाटी ...
उपसभामुखको निर्वाचन यथाशीघ्र गर्न प्रतिनिधिसभामा उठ्यो माग

उपसभामुखको निर्वाचन यथाशीघ्र गर्न प्रतिनिधिसभामा उठ्यो माग

देश, राजनीति, समाचार
प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन यथाशीघ्र गर्न माग उठेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले लामो समयदेखि उपसभामुख पद रिक्त रहेको भन्दै यथाशीघ्र उपसभामुखको निर्वाचन गरियोस् भन्ने माग गरे । उनले संसद बैठक निरन्तर गर्न पनि माग गरे । एउटा बैठक बसेको ५÷६ दिनमा मात्र अर्को बैठक बस्ने गरेको भन्दै उनले बैठकलाई नियमित रुपमा निरन्तर गर्न माग गरे । Advertisement ‘विधेयकहरुमा छलफल हुन सकेको छैन,’ उनले भने, ‘समितिहरुमा छलफल हुन सकेको छैन । संसदलाई बिजनेस दिन सक्दैनौं, काम दिन सक्दैनौं भने किन पुनर्स्थापना गरेको ?’ उनले प्रचलित कानुनले व्यवसायीहरुलाई सांसद बन्न नरोकेको चर्चा गर्दै अहिले र यसअघि पनि व्यवसायको पृष्ठभूमि रहेका व्यक्तिहरु सरकारमा सामेल हुँदा विभिन्न खालको टिप्पणी हुने गरेको चर्चा गरे । व्यवसायीहरु सांस...
प्रधानमन्त्री देउवाले नियुक्त गरे उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री

प्रधानमन्त्री देउवाले नियुक्त गरे उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री

राजनीति, समाचार
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन्। Advertisement प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेर आइतबार श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। कोरोना महामारीका बेला स्वास्थ्यमन्त्री नियुक्त नगरेको भन्दै प्रधानमन्त्री देउवालाई चौतर्फी दबाब थियो। आफूलाई समर्थन गरेका दलहरूबीच मन्त्रालयको भागबन्डा टुंगिन बाँकी रहेकाले देउवाले कांग्रेस सांसद श्रेष्ठलाई राज्यमन्त्रीमात्र नियुक्त गरेको बुझिएको छ।  राज्यमन्त्री नियुक्त भएका श्रेष्ठ भोजपुरका हुन्। उनी कांग्रेसका समानुपातिक सांसद हुन्।  उनी लिटिल एन्जल्स विद्यालयका सञ्चालक हुन्। श्रेष्ठको जग्गा, बैंक र होटल क्षेत्रमा पनि लगानी छ। उनी प्याब्सनको अध्यक्ष...
उच्चस्तरीय राजनीतिक समितिको सट्टा देउवालाई सघाउन बन्यो कार्यदल

उच्चस्तरीय राजनीतिक समितिको सट्टा देउवालाई सघाउन बन्यो कार्यदल

देश, राजनीति
बालुवाटारमा शनिबार बसेको गठबन्धनको बैठक। तस्बिर: प्रधानमन्त्रीको सचिवालय। प्रधानमन्त्री शेरबहादुर देउवालाई सहयोग गर्न विभिन्न दलका नेता सहभागी कार्यदल बनेको छ। देउवालाई सहयोग गर्न बनेको ७ सदस्यीय कार्यदलको प्रमुखमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का छन्। कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टीका दुई-दुई जना नेता कार्यदलको सदस्य छन्। कार्यदलमा संयोजकसहित कांग्रेसको बहुमत सदस्य छन्। Advertisement केन्द्रीय सदस्यद्वय रमेश लेखक र मिनेन्द्र रिजाल कार्यदलमा कांग्रेसबाट सदस्य छन्। महामन्त्री खड्का र लेखक देउवानिकट हुन् भने रिजाल वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट छन्। सरकारलाई सघाउने कार्यदल बनाउँदा पनि देउवाले पौडेल पक्षलाई स्थान दिएका छन्। देउवानिकट एक कांग्रेसका पदाधिकारीका अनुसार यो कार्यदलले मुख्यगरी सरकारलाई सघाउँछ। नेकपा एमालेका ...
संसदीय समिति बैठकमा माधव नेपाल सहभागी, सांसदहरूले गरे प्रशंसा

संसदीय समिति बैठकमा माधव नेपाल सहभागी, सांसदहरूले गरे प्रशंसा

देश, राजनीति, समाचार
नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपाल संसदीय समितिको बैठकमा सहभागी भएका छन् ।  आइतबार संसद सचिवालयमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपाल सहभागी भएका हुन् । समितिको बैठकमा संसद जोगाउन नेता नेपालले खेलेको भूमिकाप्रति सांसदहरूले सम्मान ब्यक्त गरेका छन् । Advertisement दोश्रो पटक संसद पुनःस्थापना भएपछि नेता नेपाल समितिको पहिलो बैठकमा सहभागी भएका हुन् । उनी निर्धारित समयमै बैठकमा सहभागी हुन सिंहदरबार आइपुगेका थिए ।  बैठकमा  सांसद विपिन राजभण्डारीले संसद पुनःस्थापनामा नेता नेपाल सहित २२ सांसदले महत्वपुर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे । उनले संसदको बाँकी समय विधि प्रक्रिया अनुसार अघि बढाउन आग्रह गरे ।  यस्तै सांसद सुदन किराँतीले अघिल्लो सरकारले गरेको कुकर्मको खेद प्रस्ताव पारित गर्न आग्रह गरे ।  सांसद प्रकाशमान ...
नागरिक समूहको अध्यक्षमा सिग्देल  निर्वाचित

नागरिक समूहको अध्यक्षमा सिग्देल निर्वाचित

देश, राजनीति, समाचार
नागरिक समूहको नवौँ साधारण सभाबाट जयराम सिग्देल अध्यक्षमा निर्वाचित भएका छन् । सामाजिक अभियन्ता एवं युवा वक्ता निगम हुमागाइँ संस्थापक अध्यक्ष रहेको नागरिक समूह २०७० सालमा स्थापना भएको हो ।  Advertisement नवनिर्वाचित अध्यक्ष सिग्देलले नागरिक समूहले आम नागरिकको आवाजको प्रतिनिधित्व गर्दै सरकार तथा राजनैतिक नेतृत्वलाई खबरदारी गर्दै आएको तथा आगामी दिनमा सरकारका राम्रा कामलाई साथ दिँदै उद्योग, कलकारखाना, कृषि, पर्यटन, जलस्रोत, जडीबुटीका क्षेत्रमा काम गर्ने सङ्घ संस्थाहरूसँग समन्वय गरी दिगो आर्थिक विकासका पक्षमा पनि आवाज उठाउने सहकार्य गर्ने बताए । समूहका संस्थापक अध्यक्ष निगम हुमागाईँले आफूले करिब नौ वर्षको कार्यकाल पूरा गरेको तथा सक्षम नेतृत्वलाई जिम्मेवारी सुम्पिन पाएकोमा र नेतृत्व हस्तान्तरण आफुहरुले नै सुरु गर्नुपर्ने बताउँदै समूहको गरिमा नयाँ समितिले अझ...
कम्युनिष्ट आन्दोलनमा वैचारिक खडेरी: जनार्दन शर्मा

कम्युनिष्ट आन्दोलनमा वैचारिक खडेरी: जनार्दन शर्मा

देश, राजनीति, समाचार
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले कम्युनिष्ट आन्दोलनमा वैचारिक खडेरी परेको धारणा व्यक्त गरेका छन्।   माक्र्सवादी ज्ञान केन्द्रले बागमती र लुम्बिनी प्रदेशको लागि सुरु गरेको आधारभूत भर्चुअल कक्षा शुभारम्भको अवसरमा बोल्दै नेता प्रभाकरले वैचारिक आदर्शमा स्खलन आएको बताएका हुन्। मन्त्री प्रभाकरले माक्सवादी वैचारिक ज्ञानको धरातल कमजोर हुँदा कम्युनिष्ट आन्दोलन नै विघटन हुने खतरा पैदा भएको टिप्पणी गरे । मूल नेतृत्वमा मार्क्सवादी वैचारिक आदर्श कमजोर हुनुको परिणामस्वरुप नै शक्तिशाली नेकपा विभाजन हुन पुगेको उनको भनाइ छ । केपी ओलीले माक्र्सवादको अध्ययन गर्नुको सट्टा सुख सागर, रामायण महाभारतको अध्ययन बढी गरेको कारण कम्युनिष्ट आन्दोलन कमजोर बनेको टिप्पणी गरे ।  Advertisement कम्युनिष्ट दर्शन भनेको श्रमिक र उत्पीडित...
मन्त्री बनाउन चौतर्फी दबाब छ, त्यसकारण तनावमा छु : प्रचण्ड

मन्त्री बनाउन चौतर्फी दबाब छ, त्यसकारण तनावमा छु : प्रचण्ड

देश, राजनीति
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले त्याग देखाउन सक्नुपर्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ८औँ स्मृति दिवसलाई आज सम्बोधन गर्दै उनले पछिल्ला दिनमा कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता आदर्शबाट विचलित हुँदै गएकामा चिन्ता व्यक्त गरे।  Advertisement मन्त्री पाइएन भने नेतृत्वको आलोचना गर्ने र मन्त्री पाएमात्र काम गर्ने प्रवृत्ति अहिले जबर्जस्त रूपमा विकास भएको उनको भनाइ छ। नेकपाका संस्थापक कर्माचार्य कहिल्यै पनि पदका पछाडि नलागेको सन्दर्भ कोट्याउँदै उनले कम्युनिष्ट नेता कार्यकर्ताले कर्माचार्यको जस्तै आचरण देखाउन सक्नुपर्ने बताए। पद र शक्तिका लागि नेता कार्यकर्ताको होडबाजी चल्ने गरेको उल्लेख गर्दै उनले त्यसले कम्युनिष्ट आन्दोलनलाई नै क्षति पुुग्ने ...
बीस वर्षपछि प्रधानमन्त्री देउवाले सच्याएको एउटा गल्ती

बीस वर्षपछि प्रधानमन्त्री देउवाले सच्याएको एउटा गल्ती

देश, राजनीति
बूढानिलकण्ठमा टेन्ट टागेर बसेको कांग्रेस पदाधिकारी बैठक। तस्बिर: रोशन सापकोटा शुक्रबार बिहान नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निजी निवास बूढानिलकण्ठ गए। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरिसकेका देउवा निजी काम परेर घर गएका होइनन्। उनको बालुवाटारदेखि बूढानिलकण्ठको यो यात्रा सरसर्ती हेर्दा सामान्य देखिए पनि राजनीतिक संस्कारका हिसाबले यसभित्र महत्वपूर्ण अर्थ छ। आज बूढानिलकण्ठ पुगेसँगै देउवाले २० वर्षअघि आफूले गरेको एउटा गल्ती सच्याएका छन्। Advertisement पछिल्लो समय नेपाली प्रधानमन्त्रीहरूका लागि सरकारी निवास बालुवाटार र पार्टी कार्यालय बीचको भिन्नता लगभग मेटिइसकेको थियो। सरकारी खर्चमा चल्ने बालुवाटारमा पार्टीका साना-ठूला बैठक गर्नु उनीहरू प्रधानमन्त्रीको अधिकारजस्तो ठान्थे। आफ्नो पार्टीका लागि नागरिकले ...
घर-जग्गा कारोबारीलाई ब्रोकर लाइसेन्सको व्यवस्था गर्न चेम्बरको माग

घर-जग्गा कारोबारीलाई ब्रोकर लाइसेन्सको व्यवस्था गर्न चेम्बरको माग

देश, राजनीति, समाचार
शुक्रबार नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिमण्डलले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई भेटी बधाई ज्ञापन गरेको छ । अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री शर्मालाई बधाई ज्ञापन गर्दै समग्र मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले चाल्नुपर्ने कदमहरूको बारेमा सुझाव समेत दिएको छ ।  सो अवसरमा चेम्बरले कोभिड–१९ पछिको मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने भन्दै पहिलो प्राथमिकता सोही क्षेत्रलाई दिन अर्थमन्त्रीलाई आग्रह गरेको छ ।    मुलुकको अर्थतन्त्र पहिलेकै लयमा ल्याउन पनि निजी क्षेत्र गतिशीलता अनिवार्य भएको भन्दै चेम्बरका अध्यक्ष मल्लले प्राथमिकताका आधारमा निजी क्षेत्रलाई कूल आयातको न्युनतम १० प्रतिशत कोरोना खोप तत्काल उपलब्ध गराउन शर्मासँग आग्रह गरे । यस्तो खोप प्रदेश, जिल्ला नगर तथा गाउँ स्तरका चेम्बरहरू, समस्त उद्योग...